Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:३५:५९ बिहान
- ADVERTISEMENT -

भृकुटीमण्डपमा क्यान इन्फोटेक

प्रकाशित मिति: २०७९ वैशाख ८, बिहीबार

685
Shares

काठमाडौं, ८ वैशाख २०७९ । सूचना तथा संचार प्रविधि र मनोरञ्जन सम्बन्धी देशको एकमात्र प्रदर्शनी क्यान इन्फोटेकको २७ औं संस्करण काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्यान इन्फोटेकको २७औं संस्करणको उद्घाटन गरेका हुन् । प्रदर्शनी वैशाख १२ गतेसम्म चल्नेछ ।

समुद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले इन्टरनेटमा करको दर पुनरावलोकन, क्यान महासंघलगायतका नीजि क्षेत्रबाट उठाएका मुद्धाहरु, विगतको अनुभव, विगतमा आफूले तयार पारेका नीतिहरु तथा समयअनुरुप बदलिएको सोच अनुसार सूचना तथा संचार प्रविधि नीति ल्याउने गरी कार्य भइरहेको जानकारी दिए ।

समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल,नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, सम्माननिय प्रधानमन्त्रीको सूचना प्रविधि विज्ञ दिपेश बिष्ट, सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्त, नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डे एवं क्यान महासंघका संस्थापक, निवर्तमान तथा पूर्व अध्यक्षलगायत मुख्य प्रायोजक आइएमइ पेका अध्यक्ष हेमराज ढकाल र सह-प्रायोजक एससिटीका प्रमुख कार्यकारी अधिकृत नारायण भुजु लगायत सुचना तथा संचार प्रविधिको क्षेत्रका अग्रजहरुको सहभागिता रहेको थियो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सुचना तथा संचार प्रविधिले विकासको निम्ति ड्राइभरको काम गर्न सक्ने तथा यसको प्रयोगबाट व्यापार गर्ने लागत घटाउन मद्दत पुग्ने र राष्ट्रिय योजना आयोगले सोहिअनुरुप नै कार्य गरिराखेको कुरा राखेका थिए ।

नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले क्यान इन्फोटेकले मुलुकलाई समृद्ध बनाउन नेपालमा रहेका प्रविधिहरुको उपलब्धताको बारेमा जानकारी दिने र सोहि कारण नास्टले क्यानसँग सहकार्य गरिरहेको बताए । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका नौलो प्रविधिहरूको प्रदर्शन गर्ने उद्देश्यसहित प्रदर्शनीको आयोजना गरिएको क्यान महासंघका अध्यक्ष नवराज कुँवरले जानकारी दिए ।

कोभिड १९ का कारण पटक-पटक स्थगित भएको क्यान इन्फोटेक संचालनमा आउन लागेको हो। सूचना तथा संचार प्रविधि र मनोरञ्जनसम्बन्धी देशको एकमात्र तथा सबैभन्दा ठूलो प्रदर्शनी (Exhibition)को यो २७ औं संस्करणको शीर्ष प्रायोजन (Title Sponsor) आइएमइ पेले गरेको हो भने सह-प्रायोजक (Associate Sponsor) एससिटी स्मार्ट क्युआर युनियन पे रहेको छ ।

विगतका वर्षहरुमा साधारणतया पुस/माघ/फाल्गुण (Jan/Feb) महिनामा आयोजना भइरहेको क्यान इन्फोटेक, करिब ३ महिना ढीला गरी आयोजना हुन लागेको हो। यसको आयोजनाले सन् १९९५ मा इन्फोटेकको पहिलो संस्करण सुरु गर्दै गरेको अवस्थामा परिकल्पना गरिएका उद्देश्यहरु पूरा गर्न तथा देशमा सूचना तथा संचार प्रविधिको विस्तार, प्रयोग तथा ठोस विकासमा सहयोग पुग्ने अपेक्षा क्यान महासंघले लिएको छ ।

यो संस्करणको प्लाटिनम प्रायोजक –वर्ल्डलिङ्क कम्युनिकेसन, डायमण्ड प्रायोजक –डिस होम फाइवरनेट, गोल्ड प्रायोजकमा –जेनेरेसन नेक्स्ट र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, सिल्भर प्रायोजकमा –नमस्ते पे, डिजिकम, एस-पावर बिपिइ, ब्रोडवे इन्फोसिस, हुवावे टेक्नोलोजी -In Nepal, For Nepal र टेकमिन्ट रहेका छन् ।

त्यसैगरी, इन्नोभेसन पार्टनर (Innovation Partner) सफ्टवेरिका कलेज, एकाडेमिक पार्टनर (Academic Partner) को रुपमा सनवे कलेज, लजिस्टिक पार्टनरमा एक्सल्याब (x-Lab), इकमर्स पार्टनर (eCommerce Partner) सोचेको डट कम र डिजिटल डिस्प्ले पार्टनर (Digital Display Partner) को रुपमा अल्ट्रा एल.इ.डि. (Ultra LED) रहेका छन् ।

क्यान इन्फोटेकको यो संस्करणमा (www.caninfotech2022.com)मार्फत विश्वव्यापी रुपमा सहभागिता हुनसक्ने गरि भर्चुअल प्रदर्शनी (Virtual Exhibition) समेतको व्यवस्था गरिएको छ । उक्त भर्चुअल प्रदर्शनी (Virtual Exhibition)को निम्ति मण्डला सिस्टमले भर्चुअल एक्जिविसन पार्टनर (Virtual Exibition Partner) को रुपमा क्यान महासंघसँग सहकार्य गरेको छ ।

त्यसैगरी प्रदर्शनीमा गुणस्तरीय खाना तथा नास्ताको प्रवन्ध गर्न रेबान (REBAN) सँग सहकार्य गरिएको छ । यसैगरी प्रदर्शनीको अफिसियल बैंकको रुपमा ग्लोबल आइएमई बैंक, अफिसियल इन्स्युरेन्सको रुपमा आइएमई जनरल ईन्स्युरेन्स रहेका छन । क्यान इन्फोटेकमा सिसिटिभि सर्भेलेन्स पार्टनरको रुपमा टेक वर्ल्ड डिस्ट्रिब्युसन, सोसिएल पार्टनरको रुपमा रुटीन अफ ईडुकेसन, एस एम एस पार्टनरको रुपमा स्पारो एस एम एससँग सहकार्य गरिएको छ ।

इन्फोटेकलाई नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुविसु केवलनेट, भायानेट, रोबोटिक्स एसोसियसन अफ नेपाललगायत अन्तराष्ट्रिय संस्था विट्सा (World Innovation Technology Services Alliances), असोसियो (Asian Ocean Computing Industry Organisation) को प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग एवं समर्थन रहेको छ ।

क्यान इन्फोटेक २०२२ मा १७० स्टलहरु विभिन्न खण्डमा रहेका छन् जसमा ब्राण्डिङ, फिन्टेक, स्टार्टअप र इन्नोभेशन, आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ मुख्य खण्ड रहेका छन । ब्राण्डिङ खण्डमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी ४८ वटा कम्पनी एवं उत्पादनहरुको सहभागिता रहेको छ। फिन्टेक खण्डमा नेपालमा रहेका बैंक तथा वित्तीय एवं सम्बन्धित १२ वटा संस्थाहरुको सूचना तथा संचार प्रविधिको प्रयोगले प्रवाह हुने सेवा तथा यससम्बन्धी उत्पादनहरु रहेका छन् ।

स्टार्टअप र इन्नोभेशन खण्डमा २६ वटा स्टार्टअप र इन्नोभेसनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरु र आइडिया को प्रदर्शनी गर्दैछन् । इन्नोभेशनका निम्ति क्यान महासंघले नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरेको छ भने स्टार्टअपका निम्ति निम्ति क्यान महासंघले सार्वजनिक सूचना निकालेरै सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागी हुन आह्वान गरेर प्राप्त आवेदनहरुबाट छनौट गरिएको थियो । साथै, नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानको मोबाइल कम्प्युटर ल्याब पनि यो इनफोटेकमा आकर्षणको केन्द्र हुने अपेक्षा कम्पनीले लिएको छ।

स्टार्टअप र इन्नोभेशन खण्डमा सहभागिता जनाएका सहभागीलाई क्यान इन्फोटेकमा विभिन्न सुविधाहरु र उत्कृष्टलाई पुरस्कृत गर्ने क्यान महासंघको योजना रहेको छ । सूचना तथा संचार प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरुको प्रवद्र्धन गर्ने आफ्नो योजनाअनुरुप क्यान महासंघले स्टार्टअप र इन्नोभेशनलाई विशेष प्राथमिकतामा राखेको हो । सूचनाप्रविधि सम्बन्धी अध्ययन एवं कार्य गरिरहेका विद्यार्थीहरुको क्षमता विकास गर्नु, उनीहरुको आइडियालाई प्लाटफर्म प्रदान गर्नु, इन्नोभेटिभ आइडियालाई व्यवसायमा बदल्न मद्दत गर्नु र व्यवहारपयोगी शिक्षामा योगदान गर्नु पनि यसको उद्देश्य हो ।

आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ खण्डमा ६५ वटा स्टलहरुमार्फत व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्दैछन् भने यस खण्डमा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

यसबाहेक क्यान इन्फोटेक २०२२ मा रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि, वाइफाइ तथा इण्टरनेटलगायतका कुराहरु रहनुका साथै व्यवसायीहरूले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनी तथा बिक्रीमा राखेका छन् । त्यसैगरी, आर्टीफिसियल इन्टेलिजेन्ससम्बन्धी जानकारी, आइटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहेका छन् ।

प्रर्दशनीमा टिकटक प्याभिलिअन, अम्ब्रेला स्ट्रिट रहनुका साथै यो प्रर्दशनी सूचना प्रविधिसम्बन्धी चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिन सजिलो हुने विश्वास लिएको छ। २ वर्ष अगाडि सम्पन्न क्यान इन्फोटेकको २६ औं संस्करण करिब साढे ३ लाख जनाले अवलोकन गरेकोमा यो संस्करणमा पनि करिब सोहि संख्याको सेरोफेरोमा अवलोकनकर्ता आउने अपेक्षा कम्पनीको छ। यस पटकको इन्फोटेक पेपरलेस एवं क्यासलेस प्रवेश टिकटको व्यवस्था गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -