। राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामवलीमा नाम दर्ता गर्न सुरु गरे पनि अनलाइन सिस्टममा समस्या आएको छ ।
बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामवलीमा नाम दर्ता गर्न थालिएको थियो । तर एकैपटक धेरै सेवाग्राहीले आवेदन दिँदा सिस्टममा समस्या आएको आयोगले जनाएको छ ।
‘सेवाग्राहीको धेरै चाप भयो । सिस्टममा ह्याङ भएको छ,’ आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले भने, ‘आईटी विज्ञको टोलीले काम गरिरहेको छ ।’



















