Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२८:३६ बिहान
- ADVERTISEMENT -

अति दुर्गम स्थानमा जिएसएम टुजी र फोरजी सेवा प्रवाह

प्रकाशित मिति: २०७८ मंसिर १३, सोमबार

819
Shares

काठमाडौँ, सोमबार, १३ मङ्सिर २०७८ । नेपाल टेलिकमले अति दुर्गम र विकट आठ स्थानमा जिएसएम टुजी र फोरजी सेवा प्रवाह गरेको छ । सोलुखुम्बुको लुक्ला, स्याङबोचे (एयरपोर्ट), नाम्चेबजार र ताक्सिन्दु, गोरखाको छेकम्पार, बिही (गज्र्याङ डाँडा) र न्याक तथा मनाङको ओडार भ्यु–प्वाइन्ट हेलिकप्टरबाट उपकरण ढुवानी गरी नयाँ टावरबाट सेवा सञ्चालन गरेको हो ।

ती टावरबाट कम्पनीले सेवाग्राहीलाई टुजी र फोरजी सेवा उपलब्ध गराएको छ । सोलुखुम्बुको लुक्ला साइटबाट खुम्बु पासाङल्हामु गाउँपालिकाका–२ र ३ का लुक्ला, सुर्के, मुसे, नाजिपाङ, चौरीखर्क, स्याङमा र सगरमाथा पदमार्गलगायतका क्षेत्रमा टुजी र फोरजी सेवा उपलब्ध भएको नेपाली टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए । स्याङबोचे एयरपोर्ट साइटबाट सोही गाउँपालिकाको–४ का वस्ती र नाम्चेबजार साइटबाट वडा नम्बर ३ र ५ का नाम्चे, कोङदे, जोरसल्लोलगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ ।

त्यसैगरी, टाक्सिन्दु साइटबाट वडा नम्बर १ का नुनथला, खरिखोला, थामडाँडा, बुप्सा, पान्गोम र सगरमाथा पदमार्गलगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ । गोरखाको छेकम्पार साइटबाट चुमनुब्री गाउँपालिका–४ अन्तर्गतका छेकम्पार, छोकाङसहित छिमेकी राष्ट्र चीनसँग जोडिएका पर्यटकीय क्षेत्रमा सेवा उपलब्ध भएको छ । गोरखाकै बिही (गज्र्याङ डाँडा) नयाँ साइटबाट सोही गाउँपालिका–५ अन्तर्गत क्वाकडाँडा, बिही गाउँ, सराङ गुम्बा ल्हो, प्रोक, सामा, लार्केपाससहित मनास्लु ट्रेकिङ रुटलगायतका क्षेत्र र न्याक साइटबाट वडा नम्बर ३ अन्तर्गत न्याक, लिक्पा, डेंग, सिर्दिबास फिलिम, भान्सिङ र मनास्लु ट्रेकिङ रुटलगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ ।

मनाङको ओडार भ्यु प्वाइन्ट साइटबाट न्यासो गाउँपालिका अन्तर्गत ओडार, नाचे, थोंचे, धारापानी, तिल्चेलगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ । त्यसैगरी अन्य तीन (तीन) दुर्गम र विकट स्थानमा हेलिकप्टरबाटै सामान ढुवानी गरी निकट भविष्यमा नेपाल टेलिकमले टुजी र फोरजी सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको फाक्दिङ र नाचिपाङ र दार्चुला जिल्लाको व्यास गाउँपालिकाको छाङरु साइटमा टावर स्थापना गरी सेवा सञ्चालन गरिनेछ ।

हाल यी स्थानमा संरचना निर्माण भइरहेको छ र निकट भविष्यमै टुजी तथा फोरजी सेवा सञ्चालनमा आउने छ । सेवा सञ्चालनमा आए पश्चात यी क्षेत्रका सेवाग्राहीले गुणस्तरीय भ्वाइस तथा डाटा सेवा प्रयोग गरी लाभ लिन सक्नेछन् । तुलनात्मकरुपमा लगानी बढी हुने तर व्यावसायिकरुपले प्रतिफल प्राप्त नहुने यस्ता अति दुर्गम र विकट स्थानसमेतसमेतमा नेपाल टेलिकमले दूरसञ्चार सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । मुलुकका अत्यन्त दूर्गम र विकट स्थानमा रहेका वस्तीमा दूरसञ्चार र सूचना प्रविधिको पहुँच पुर्याउन नेपाल टेलिकमले दशकौं अगाडिदेखि नै परिवहनका विभिन्न उपाय अपनाउँदै आएको थियो ।

पहाडी भीरपाखा छिचोल्दै अति आवश्यक घरायसी सामग्री डोकामा बोकेर लग्नुपर्ने अवस्थामा दूरसञ्चारका ठूला र गहङ्गा उपकरण कम्पनीले हेलिकप्टरबाट ढुवानी गनुपर्ने वाध्यता रही आएको छ । विगतमा जस्तै यस वर्षपनि हेलिकप्टरबाट उपकरण ढुवानी गरी कम्पनीले यस आर्थिक वर्षमा अति दुर्गम र विकट आठ आठ स्थानमा जिएसएम टुजी र फोरजी सेवा प्रवाह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -