Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२०:४३ बिहान
- ADVERTISEMENT -

एसएमएसबाटै कागजपत्रबारे जानकारी : महाशाखा फ्रि-वाईफाई जोन

प्रकाशित मिति: २०७८ असार ३१, बिहीबार

325
Shares

काठमाडौं, बिहिबार, ३१ असार २०७८ । के तपाई, ट्राफिक प्रहरीको कारबाहीमा परेका कागजपत्रको बारेमा जानकारी लिन चाहानुहुन्छ ?

त्यसो हो भने आजदेखि ट्राफिक प्रहरी महाशाखाले शुरुवात गरेको एसएमएसबाटै जानकारी दिने सेवाको प्रयोग गर्नुहोस ।

बिभिन्न ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरे पश्चात नियन्त्रणमा लिएका कागजपत्रहरुको बारेमा जानकारी लिनको लागी जानकी टेक्नोलोजीले तयार पारेको Document Tracking System (DTS) मोबाइल एसएमएस मार्फत जानकारी लिन सकिने सेवा आजदेखि शुरु गरेको हो ।

ट्राफिक महाशाखाले दिदै आएको सेवालाई थप प्रभावकारी, सहज एव सरल बनाई आम सेवाग्राहीको सुबिधालाई ध्यानमा राखी प्रबिधीको प्रयोग मार्फत अबदेखी ट्राफिक कारवाहीमा परेर सवारीको कागजपत्रहरू लिन कहाँ जाने ? कसरी लिने? भन्ने द्वुबिधाबाट मुक्त हुने ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराईले बताउनुभयो ।

उहाँले यी सवै जानकारी लिन सेवाग्राहीले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर अंग्रेजीमा Echalan स्पेस आर्थिक वर्ष स्पेस Chit Number टाईप गरी ३४००१ मा म्यासेज पठाएर तुरुन्त जानकारी प्राप्त गर्न सकिने गरि व्यवस्था मिलाएको समेत जानकारी दिनुभयो ।

डकुमेन्ट ट्र्याकिङ्ग सिस्टमले मोवाईल एसएमएस मार्फत तुरून्त पुस म्यासेज सेवाग्राहीलाई पठाउने गर्दछ, सोही अनुसार आफ्नो कागजपत्र भएको कार्यालयको जानकारी सजिलै उपलब्ध हुनेछ, कतिपय अवस्थामा ट्राफिक प्रहरीको हटलाईन १०३ ब्यस्त हुने हुनाले समेत समस्या हुने गरेको थियो, तर आजदेखी भने एसएमएस सिस्टमले सहज हुने हाम्रो बिश्वास रहेको जानकारी दिनुभयो ।

उपत्यकाको ४५ वटा ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघनकर्ताको कागजपत्र नियन्त्रणमा लिने गरेतापनि १७ ट्राफिक कार्यालयबाट मात्र नियमानुसार कागजपत्र लिन सकिने व्यबस्था भएका कारण कतिपय टाढाबाट आउने चालकहरुलाइ पर्ने गरेको असुबिधालाई सहज बनाउन यो सेवा प्रभावकारी हुने बिश्वास महाशाखाले लिएको छ ।

कार्यक्रममा बोल्दै जानकी टेक्नोलोजीका सहायक प्रबन्धक सनम दिप शाक्यले ट्राफिक प्रहरीले प्रबिधीको बिस्तार गरि सेवाग्राहीलाई दिने सुबिधा क्रमश बढाउदै लगेको र यस एसएमएस सेवाले सेवाग्राहीलाई थप सहजता प्रदान गर्ने बिश्वास गरेको जानकारी दिनु भयो ।

अबदेखी महाशाखा फ्रि-वाईफाई जोन

वर्ल्डलिंक कम्युनिकेशन प्रा.लि.ले सामाजिक उतरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा हाताभित्र फ्रि-वाईफाई जडान गरेको छ । फ्रि वाईफाई जडान भएपछि महाशाखामा आउने सेवाग्राहीले अनलाईन भुक्तानी, अनलाईन सचेतना कक्षा, अनलाईनबाटै आफ्ना परिचय पत्रहरूको विवरण सजिलै लिन फाईदा पुगेको एसएसपी भट्टराईले बताउनुभयो ।

सेवाग्राहीले वर्ल्डलिंकको फ्रि वाईफाई प्रयोग गरि एक डिभाईसमा कनेक्ट गरि २४ घण्टामा १ जिबी डाटा निशुल्क प्रयोग गर्न सकिने वर्ल्डलिंकका निर्देशक कर्पोरेट एफयर्स लक्ष्मण यादवले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -