Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
६:५८:२२ बिहान
- ADVERTISEMENT -

मौसममा सुधार आउने

प्रकाशित मिति: २०७५ माघ १३, आइतबार

927
Shares

काठमाडौँ, माघ १३ गते । पश्चिमी वायुको प्रभावका कारण हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातका साथै पहाडी क्षेत्रमा भइरहेको हल्का वर्षामा आइबारबाट आंशिक सुधार आउने भएको छ । यद्यपि पश्चिमी उच्चचापीय प्रणालीको प्रभावले नेपालमा मौसम प्रभावित भइरहेका कारण पहाडी क्षेत्रमा आइतबार पनि मौसम बदली भइरहने छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविज्ञ सुवास रिमालका अनुसार, आइतबार दिउँसो देशका पहाडी भेगहरूमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भेगका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली हुनेछ । पश्चिमी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

सोमबार पनि देशका पहाडी भेगहरूमा आंशिक बदली हुने जनाइएको छ । बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रिमालका अनुसार, सिरिया आसपास भूमध्य सागरको उच्च वायुमण्डलबाट उठेको न्यून चापीय प्रणाली भारतको उत्तरपश्चिम भाग हुँदै नेपालको पश्चिमी भागमा प्रवेश गरेको थियो ।

राजधानीको तामक्रम स्थिर रहे पनि उपत्यकामा बिहानैदेखि बद्ली रहेका कारण विहान बढी चिसो महसुस गरिएको छ । काठमाडौँको न्यूनतम तापक्रम ७.८ र अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहेको छ ।

काठमाडौँमा चार मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी पोखरामा २८, भैरहवामा २६, दाङमा २४, वीरेन्द्रनगरमा २३, डडेल्धुरामा २२ र दीपायलमा १५ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, जुम्लामा १२, सिमरामा चार र ताप्लेजुङमा एक मिलिमिटर वर्षा भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -