काठमाडौं, १९ बैशाख २०७८ । नागरिक एपको प्रधानमन्त्री ओलीद्वारा औपचारिक उद्घाटन गर्नु भएको छ ।
चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्रीले उक्त एपको उद्घाटन गर्नु भएको हो ।
उक्त एप हालसम्म करिब ५ लाख २५ हजारले उक्त एप डाउनलोड गरिसकेका छन् । जसमध्ये १ लाख९१ हजारले आफ्नो परितचय दर्ता गरेका छन्। ३ हजार बढीले प्रहरी क्लिरेनेन्स सेवा प्राप्त गरेका छन् भने १० हजारभन्दा बढीले स्थायी लेखा नम्बर प्राप्त गरेका छन्।
अधिकांश सरकारी सेवा दिने उद्देश्यले सरकारले विस २०७७ माघ २ गते नागरिक एपको बेटा भर्सन सार्वजनिक गरेको थियो। डिजिटल नेपालको परिकल्पनाअनुसार पछिल्लो समय सार्वजनिक तथा सरकारी सेवाहरू अनलाइनबाट सुचारु भएको छ।









































