बागलुङ, ९ बैशाख २०७८ । बागलुङ जिल्ला गण्डकी प्रदेशमा अवस्थित एक पहाडी जिल्ला हो ।
यो जिल्लाले झोलुङ्गे पुलको जिल्लाका रूपमा पनि अर्को चिनारी बनाएको छ। नेपाल भित्रको सानो नेपाल नामले परिचित बागलुङ जिल्ला गण्डकी प्रदेशमा पर्ने प्राकृतिक रूपले चिटिक्क परेको सुन्दर पहाडी जिल्ला हो। यहाँ समुन्द्र सतहको करिब ७०० देखि ३००० मिटर उचाइ सम्म खेती गरिरहेको देखिन्छ। जैमिनि नगरपालिका वडा ७ बेलबगर देखि लियर बरेङ गाउपालिका ,गलकोट नगरपालिका ,ढोरपाटन नगरपालिका ,तमानखोला गाउँपालिका को माथिल्लो भागमा आफ्नो जिविकापार्जन गर्नको लागि धान,मकै,कोदो,फापर जस्ता खाध्य बाली लगाउने गरिन्छ। नेपालको सबै भन्दा बढी रेमिटान्स भित्रीने जिल्ला भनेर चिनिने बागलुङ अहिलेको तत्कालीन अबस्थामा रेमिट्यान्स ले पनि ओरालो लागेको छ। यहाँ विभिन्न जातजाति ,धर्म सस्कृती र परम्परा लाई अगाल्ने मान्छे हरुको बसोबास छ। बागलुङ जिल्ला प्रकृतिक सौन्दर्यता ,जैविक बिबिधतामा पनि अरु जिल्ला भन्दा अगाडि नै रहेको छ। नेपाल सरकारको उपल्लो निकायको सरकारी जागिर जस्तै सचिब,उपसचिव देखि दिजभर काम गरेर बिहान बेलुका हातमुख जोड्न नसक्ने अवस्था भयको समुदाय पनि यहि ठाउमा पाइन्छ।
बागलुङ नगरपालिका ,जैमिनी नगरपालिका र काठेगाउपालिका को तल्लो भेगमा खाद्य बालिको प्रचुर संभावना देखिन्छ,यहाँ धेरै मात्रामा धान ,मकै र गहुँ गरेर बर्षको ३ बालि लाई भित्राउने गरिन्छ।
सिचाइको अरु भेगमा हन्दा केही मात्रमा राम्रो सुबिधा भयको हुदा धानको उत्पादन अरुको तुलनामा प्रत्येक बर्ष वृद्धि भयको छ। जिल्लाको मध्य भागमा मकै को खेती धेरै नै भयको देखिन्छ जसले उत्पादक लाइ आफुले चाहे भन्दा बढी निर्यात गरेर राम्रो आम्दानी पनि भयको देखिन्छ।
बरेङ गाउपालिला ,जमिनी ३ ,ताराखोला ढोरपाटन, बडिगाड,तमानखोलाको माथिल्लो भागहरुमा कोदो र फापर को उत्पादन धेरै रहेको छ सुहाउँदो तापक्रम,उचाइ र त्यही रैथाने बालिलाइ संरक्षण गरेर उत्पादन गरिरहदा त्यसबाट उत्पादन हुने रह सामाग्री पनि निर्माण भयको छ। यता गलकोट नगरपालिका लाई हेर्ने हो भने खाद्य बाली,नगदेबाली ,तरकारी त्यही मात्रमा भयको देखिन्छ। दश वटै स्थानीय तह आफू आफैमा विभिन्न कृषि क्षेत्रलाई अगालेको देखिन्छ ,तरकारिलाइ हेर्यौ भने मैसमी तथा बेमौसमी सबै खालको उत्पादन भयको छ । हिउँद र बर्खामा मात्र सिमित लगाइने तरकारी मात्र नभयर टनेल हरु प्रयोग गरेर आउलाइ आबस्यक सबै किसिमको तरकारी उत्पादन भयको देखिन्छ ।
टमाटर ,काउली ,बन्दा,खुर्सानी,आलु,काक्रो देखि बढी मूल्य भयका तरकारि पनि यहि ठाउमा उत्पादित छन। फलफुल खेतिलाइ हेर्ने हो भने तल्लो भेगमा आँप केरा, सुन्तला ,कागती,अम्बा,अङ्गुर ,ड्रागन फ्रुट त्यस्तै मध्य भागलाइ अबलोकन गर्यौ भने सुन्तला , नासपति , आरु,किवि, एभोगाडो लगायतका फल हरु उत्पादन भयको देखिन्छ। हामिले यस ठाउका कृषि चुनौती हरुलाइ सामधान गरेर र स्थानित तह ,प्रदेश सरकार तथा संघीय सरकार बाट पनि प्राथमिकता को आधारमा कार्यनीति बनायर गर्ने हो भने हामिले बागलुङ जिल्लाका ८५ वटा वडालाइ नै विभिन्न भागमा पकेट बनायर उत्पादन बढाउन सकिने सम्भावना देखिन्छ।
चुनौती हरु
क) कुन ठाउमा कुन किसिमको बाली लगाउन उपयुक्त छ भनेर जानकारी नहुनु।
ख) माटोमा भयको अम्लियपन,प्रङ्गारिक मात्रको जानकारी शून्य
ग) कृषि ज्ञान केन्द्र तथा स्थानीय तह लगायत सम्बन्धित निकाय ले मागमा आधारित कार्यक्रम कार्यनयन गर्न नसक्नु
घ) बसाइँसराइ ले खेतबारी बाझो हुँदै जानू र विभिन्न किसिमका झारहरुको उत्पादन हुनु जसले अरु बालिलाइ पनि असर पार्नु
ङ) सरकारी अनुदानमा राजनीति खिचातानी हुनु
च) जोन र पकेट को अबधारणा आयपनी त्यसलाइ उपलब्धता तर्फ लान नसक्नु
छ) खाद्य ,नगदे,तरकारी,बेमौसमी लगायत अन्य बिधामा आबस्यक तालिम को कमि हुनु।
ज) भौगोलिक रुपमा बिबिधता भयको हुदा एकै किसिमको कार्यक्रम सबै ठाउमा लागू नहुनु
यो लगायत सम्बन्धित ठाउमा दक्ष जनशक्ति नहुनु,बजारीकरण को समस्या ,व्यावसायिक रुपमा खेती गर्नको लागि आर्थिक श्रोत को कमि हुनु, धेरै जसो मान्छे हरु बिदेशीनु जस्ले जग्गामा बाझोपन आउनु ।
समाधानका उपायहरू ।
क) कृषकको मागमा आधारित कार्यक्रम तह हुनुपर्दछ।
ख) स्थानिय तहको मातहतमा माटो परिक्षण कार्यक्रम तह गरेर त्यसको आधारमा जोन र पकेटको निर्धारण गरिनुपर्दछ
ग) सरकारी अनुदान प्रत्यक्ष कृषक सग पुग्ने गरि संघीय ,पदेश,ज्ञान केन्द्र तथा स्थानीय तहको कार्यबिधी तह हुनुपर्छ।
घ) किसानलाई सम्बन्धि रुपमा निर्बाहमुखी तथा व्यावसायिक खेती सम्बन्धि निरन्तर तालिम आबस्यक पर्दछ।
ङ) बाझो खेतिमा उत्पादन बढाउन त्यसलाइ समेटेर अनुदान मुखि कार्यक्रम तर्जुमा गर्नु पर्दछ
च ) उत्पादन भयको चिज बजारीकरण उपयुुक्त मुल्य मा स्थानीय तहले नै गर्ने गरि जिम्मा लिनुपर्दछ।
बागलुङ जिल्लाको धेरै ठाउको माटोमा बढी अम्लिय पन भयको देखिन्छ कृषकले कतै पनि कृषि चुनाको त कुरा छाडौ पोटास को पनि प्रयोग गरेको देखिदैन ,जसले उत्पादन घट्दै गयको देखिन्छ।
कृषि उर्बराशक्ती भयको जग्गा हुदाहुदै पनि उपयुक्त समयमा सहि तरिकाबाट खेतिपाती गर्न सकेनौ भने पनि त्यसको उत्पादन घट्दछ। बागलुङ जिल्लाको हावापानी ,सिचाइ,तापक्रम ,उचाइ सबै क्षेत्रबाट कृषिक्रान्ति को बाटो लाई अगाडि बढाउन सकिने सम्भावना देखिन्छ तर त्यसको लागि सम्पुर्ण स्थानीय तह,कृषि ज्ञान केन्द्र ,प्रदेश तथा संघीय मन्त्रालय कार्यक्रम ,अनुदान,पकेट तथा ब्लक ,जोन निर्धारण जस्ता कुराहरुमा कृषक को मागलाइ मध्यनजर गरेर कार्यनयन गर्नुपर्नेछ।
सुजन सापकोटा
कृषि तथा बन बिज्ञान बिश्वबिद्धालय
Msc Ag प्रथम सेमेस्टर









































