Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
५:०४:३७ बिहान
- ADVERTISEMENT -

जसरि एक असल अभिभावक का कारण परिवार सुन्दर हुन्छ त्यसैगरि असल नेता भएमात्र देशको भविष्य रचिन्छ।

प्रकाशित मिति: २०८१ असोज ७, सोमबार

468
Shares

 सरस्वती भट्ट 

देश सोचले विकशित हुने हो नकि स्रोतले । स्रोत कै कुरा गर्ने हो भने सिंगापुरका पुर्वाधार कसरि तयार भए होलान्? 

नेपाल सधैं अल्पविकशित वा विकाससोन्मुख देश भनेर कहिले सम्म भनिरहने मैले त्यहि वाक्यांश पढे छोरा पुस्ताले त्यहि पढे हुदाहुदा नाती पुस्ता त्यहि पढ्दैछन् ।

नेता भनेको देशको परिचय हो! देशको परिचय दिने व्यक्ति दोहोरि खेलेर हिडेको देख्दा अचम्म लाग्छ। 

खै तार्किक वहस? 

खै सत्यपरक तर्क?

के लाग्छ जनता भेडा नै हुन्?

हुन त नेपाली जनता भेडा नै हुन् । मार्क जुकर वर्ग ले फेसवुकको आविष्कार गरेर विश्व अर्थतन्त्र को एउटा हिंसा नै ओगटे हामी नेपाली ले त्यसैको दुरुपयोग गरेर आफ्नो र आफ्ना संततीको भविष्य विगार्दै छौं। विकास संगै विनास जोडिएको हुन्छ भने झैं दश वर्ष यता नेपालले सुचना संचार शिक्षा र स्वास्थ्यको क्षेत्रमा अगाडी वढेकै हो तर जतिवेला घरघरमा इन्टरनेट र हात हातमा मोवाइल को नारा दिइयो त्यसको आवश्यकता र उपयोगीताको ज्ञान सुन्य रह्यो ।

अल्पशिक्षा भयंकर भने झैं यसको दवाव यस्तो रह्यो यो वाहेक अन्य कुनै संचार वा संसार नै छैन। 

त्यो युग कति विश्वसनीय र सभ्य थियो वर्षौ मा पाएको चिठि को खोस्टोमा सम्वन्ध वलियो थियो। आइरन चक्कि र स्वास्थ्य स्यंमसेविकाको भरमा स्वस्थ्य शिशु जन्मन्थ्यो । आजको जस्तो वेवी सावर र चुम्मनको टावर भन्दा मिठो सम्बन्ध भित्रभित्रै रसिलो र कसिलो थियो। 

प्रसंग त्यहि सामाजिक संजाल हो। प्राय जसो अल्पविकशित देशमा प्रविधि को सदुपयोग कमै हुन्छ अझ त्यसको उपयोगिता जानिएन भने दुर्घटना निम्तन्छ नै। हो जीवन अति पारदर्शी वनाउनु पर्दछ मर्दा लैजाने दुई मिटरको कात्रो मात्र हो, नैतिकता र इमानदारिता वेच्नु भन्दा मानव जीवन नपाएकै राम्रो।

देशको मेरुदंड राजनीति हो। त्यसैले राजनिति लाई उत्कृष्ट निति पनि भनिन्छ। तर राजनिति कर्मि त्यसमा पनि नेपालका राजनितिकर्मि हेर्दा यस्तो लाग्छ यो कुनै दोहोरी प्रतियोगिता हो जसमा कुनै मापदंड छैन उद्देश्य जित्नु मात्रै । शव्द प्रस्तुती वा प्रसंग जे भए पनि हुने! सडक, सदन होस् या संजाल ।

देश सिस्टमले चल्नुपर्दछ । जसभित्र पुर्वाधार, साधन र स्रोत आवश्यक पर्दछ नकि धेरै शव्द भण्डार। 

जसरि एक असल अभिभावकको कारण परिवार सुन्दर वन्दछ त्यस्तै राज्यसंचालकको दृष्टिकोण ले राज्यको भविष्य रचीन्छ ।

वादप्रतिवाद वाट सकरात्मक नतिजा निस्कन्छ भने राम्रै हो तर नावालक केटाकेटि पनि हास्ने गरि भएको नेपाली नेताहरुको सामाजिक संजालको दोहोरि राजनिति लाई फोहोरी भन्नेहरुको लागी प्रसस्त खुराक हो।

मानव जीवनको महत्वपूर्ण समय भाग्यले पाएको ओहोदाको ख्याल गरि कर्ममा समर्पित गरि नतिजा दिन नलागेर जीजु वुवा जीजु मुवा उमेर समुहका नेतागणको प्रस्तुति हेर्दा लाग्छ तपाई हरुको जन्म झुट वोल्न कै लागी भएको हो र आज जहाँ हुनुहुन्छ वोलेकै भरमा हुनुहुन्छ । होइन भने राज्यसंचालक सरकार प्रमुख मन्त्रि तथा सांसदको प्रस्तुती देख्दा लाग्छ राजनिति चरम असंतुलित असंयमित र मर्यदा विहिन कर्म हो जस्तै देखिन्छ राजनितिमा भाग लिनु खराव लाई पनि सहि भन्नु र सहि लाई पनि खराव भन्नु हो वा कर्मले होइन वोलीले जित्नु नै राजनीति जस्तै हो?

अव चिन्ता त यो गर्न जरुरि छ कि भावि संतति के वुझेर राजनितिमा प्रवेश गर्लान् र देशको वागडोर संहाल्लान् ।

एकथरि नेताहरु समय र माइकको दुरुपयोग गर्दै दिनभर कुनै व्यक्ति प्रति क्षलित अभिव्यक्ति दिन्छन् केहिवेर पश्चात विकसित सामाजिक संजालका अति विकशित साइवर प्रयोगकर्ताको व्यंग्यात्मक प्रस्तुति आउछ । अझ अचम्म त यो छ लाइक कमेन्ट र फलोर्सको होड!

अचम्म त यो छ तपाई राजनिति गर्नुहुन्छ किन गर्नुहुन्छ तपाई लाई नै थाहा छैन। राजनीति सामाजिक प्रतिष्ठा हो?

सामाजिक प्रतिष्ठा सोच हो कर्म हो र दृष्टिकोण हो। सांप्रदायिकता परिवारवाद चाकडिवाद र सम्वन्धवाद वाट माथि उठेर समाजमा योगदान गर्न देशको वर्तमान अवश्थाको मुल्यांकन गरि विगत र भविष्य संग जोड्ने र जोडिने खाका विहिन चरित्र राजनीति चरित्र हुन सक्दैन।

राजनीति चरित्र योजनामुखि र समान वितरणमुखि हुन आवश्यक छ। राजनीति कर्मि स्वावलंबी स्वविवेकि र सामाजिक हुनु पर्दछ। आजको समाज अति पारदर्शी छ तपाई एक पटक एक जनालाई झुक्याउन सक्नुहोला अर्को पटक धेरैलाई सक्नुहोला तर पटक पटक कसैलाई पनि सक्नुहुन्न त्यसैले एथार्थवाद पनि राजनीति कर्मिको प्राथमिकता हुनुपर्छ। जव तपाई संग यी गुण छ वल्ल तपाई परिवार वाट वाहिरको संसार मा लाग्नुस् होइन भने तपाईको कारण समाज र देशले धोका वाहेक अरु पाउदैन। 

कर्म राम्रो गर्नलाई सामाजिक संजाल नै चाहिदैन । तपाई राम्रो कर्म गर्नुस् आजका समयमा आफैं सर्वत्र चर्चा हुन्छ नराम्रो गर्नुस् त्यो पनि लुक्ने छैन।

सामाजिक संजाल सामाजिक र मर्यादित वनाउनु हाम्रो दायित्व हो। हात हातमा मोमाइल दिनु अगाडी यसको सहि प्रयोग र दुरुपयोग पनि जान्न जरुरी छ। राज्य संचालक हरु संग यो विनम्र निवेदन छ कि राजनीति भाषण र शासन मात्र होइन समाजको ऐना पनि हो। जे गर्नुहुव्छ त्यति मात्र वोल्नुहोस्, तपाइहरुको समय राष्ट्र निर्माणमा खर्च गर्नोस् । सदन सडक र सामाजिक संजाल लाई मर्यादित वनाइदिनोस् भान्छामा भात पकाउदै गर्दा नेताले गरेको कर्मको समाचार सुन्दा नेतृत्व मा जान मन लागोस्। वालवालिकाले भनुन् म नेता वनेर देशको सेवा गर्नेछु। समाज रूपान्तरण यो परिवेशमा हुनै सक्दैन आर्थिक परिवर्तन प्रविधि र यसको विशिष्ट प्रयोग वाट हुने हो नकि वादप्रतिवाद वाट। जनता लाई कर्मजिवि वन्नोस् परिश्रम र क्षमता मा विश्वास गर्नुस् भन्नुस् नकि साइवर सेनामा भर्ति । देश वेरोजगारको केन्द्र वनाएर जनतालाई फेसवुक वहसमा र क्रिया प्रतिक्रिया मा उतार्ने नेता वाट जनता सजग हुन जरुरि छ। आज तपाइलाई भरिया वनाउने हरुले तपाइको आमा दिदि वहिनी श्रीमतीको फरिया फेर्न होइन फाटेको रमिता हेर्ने छन्। सक्षमता संग समय पनि डराउछ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -