Opens in a new tab
२०८३ मंसिर १, सोमबार
५:१८:१७ बिहान
- ADVERTISEMENT -

कांग्रेस र नेपाली जनताकोबीच टुटाइएको सामीप्यतालाई पुनः जोड्नका निम्ति कोसेढुंगा

प्रकाशित मिति: २०७७ चैत १, आइतबार

520
Shares

हेमराज भट्ट

काठमाडौँ, आइतबार, १ चैत्र २०७७ । खड्गप्रसाद ओलीमा व्याप्त पद लोभको आशक्ति अनि पुष्पकमल दहालमा निहित आत्माकेन्द्रित प्रवृत्ति र सोचबाट अभिप्रेरित भई व्यक्तिगत स्वार्थलाई मुख्य आधार बनाई तीन वर्षभन्दा अघि दुई कम्युनिस्ट पार्टीबीच वाम गठबन्धनको नाममा गरेको चुनावी तालमेलबाट नेपालको संघीय संसद् (प्रतिनिधिसभा) मा प्राप्त झन्डै दुई तिहाइ हाराहारीको संख्यामा रहेको नेकपा डबलको बहुमत अब छिन्नभिन्न भएको छ ।

पार्टीको आन्तरिक कलह, सत्ता संघर्ष र पदको खिंचातानीको परिणाम सत्ता शक्तिको उन्माद र अहंकारको दम्भमा उम्लिएका प्रधानमन्त्री खड्गप्रसाद ओलीले संबैधानिक अधिकार र लोकतान्त्रिक व्यवस्थाको धज्जी उडाउँदै असंवैधानिक कदम चाल्दै संघीय संसद् बिघटन गरिदिए ।

उनको यो अलोकतान्त्रिक, असंवैधानिक र अराजनीतिक कदमको विरुद्ध सोही दिन नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीहरूको बैठकबाट उक्त कदमको कडा शब्दमा घोर भत्सना र निन्दा गर्दै यसको विरुद्धमा एकजुट हुन सम्पूर्ण लोकतन्त्रबादी दल र शक्तिहरूलाई आह्वानसमेत गर्‍यो ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लिने निर्णयको सम्बन्धमा बाहिरी सतही अड्कलबाजी, ब्याख्या, अनुमान र विश्लेषण जे जस्तोसुकै भएता र गरिएता पनि यो घटनाक्रमलाई उनले आफ्नो राजनीतिक जीवनको लामो यात्राबाट प्राप्त अनुभवहरूको आधारमा, सुझबुझपुर्ण तबरबाट राजनीतिक परिपक्वता देखाउँदै, संयमता र धैर्यका साथ भरपुर गम्भीरता अपनाउँदै, दूरगामी प्रभाव र महत्व राख्नेनुसारको बिरोध र विभिन्न स्वरूपको आन्दोलनको कार्यक्रमहरू घोषणा गर्दै सिंगो पार्टीलाई अगाडि बढाए । नेपाली कांग्रेस पार्टीले आफ्नो तलदेखि माथिसम्मको सबै तह, भ्रातृ संस्थाहरू र शुभेच्छुक संस्थालाई असंवैधानिक र अलोकतान्त्रिक ओली कदमको विरुद्ध सक्रियता साथ परिचालित हुँदै आन्दोलनको बिगुल फुक्न निर्देशन दियो ।

नेपाली कांग्रेसले गाउँ नगरका वडाहरू, जिल्ला क्षेत्र र पालिकाहरूमा आयोजना गरेको चरणबद्ध आन्दोलनहरूको कार्यक्रमहरूले द्वन्द्वकालको समयदेखि नेपाली कांग्रेस र नेपाली जनताहरूको बीच जबर्जस्त टुटाइएको सामीप्यतालाई पुनः जोड्नको निम्ति कोसेढुंगा नै सावित भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -