Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२८:२० बिहान
- ADVERTISEMENT -

इन्टरनेटको मूल्य चाडै घटाउँदै छौं : सञ्चारमन्त्री गुरुङ

प्रकाशित मिति: २०७७ फागुन १६, आइतबार

498
Shares

काठमाडौं, आइतबार, १५ फागुन २०७७ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारले इन्टरनेटको मूल्य घटाउने आवश्यक अध्ययन गरिरहेको बताउनु भएको छ । शनिबार काठमाडौंमा आयोजित क्यान महासंघको २७ औं साधारणसभामा बोल्दै उहाँले निकट भविष्यमा इन्टरनेटको मूल्य कम गराउने विषयमा सरकारको प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

‘ इन्टरनेट सेवा महँगो हुँदा प्रभावकारी हुन सकेको छैन । त्यसलाई कम खर्चिलो र प्रभावकारी बनाउने विषयमा सरकारले गृहकार्य गरिरहेको छ,’ सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले भन्नुभयो । ईकमर्श, ईएजुकेशन, ईहेल्थ लगायत सबैको विकासका लागि डिजिटल नेपाल फ्रेमवर्क ल्याइएको उल्लेख गर्दै उहाँले त्यसको प्रभावकारी कार्यान्वयनले देश विकासको नयाँ खाका कोर्ने बताउनुभयो ।

‘नागरिक एप त्यसैको एउटा कडी हो । हामी कागजरहित कार्यालय र भौतिक उपस्थितिरहित सेवाको लक्ष्य लिएर अघि बढिरहेका छौं,’ उहाँले भन्नुभयो ।

मन्त्री गुरुङका अनुसार आर्थिक अनियमितता र भ्रष्टाचारको अन्त्य, समय वचत तथा सेवाग्राही तथा आमजनतालाई सुविधा दिनका लागि पनि डिजिटल विकासको विकल्प छैन । दूरसञ्चार सेवालाई प्रभावकारी बनाउने, गुणस्तरीय इन्टरनेट जस्ता कुरालाई सरकारले प्राथमिकतामा राखेको उहाँको भनाई थियो ।

दूरसञ्चार र इन्टरनेटको विकाससँगै सूचना प्रविधिका अन्य आयामहरु दुरदराजका गाउँसम्म पनि पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । ‘अप्टिकल फाइबरलाई दुर्गम जिल्लामा पुर्‍याउने कुरामा सरकारले हालै नीतिगत निर्णय गरेको छ,’ उहाँले अगाडि भन्नुभयो, ‘हरेक स्थानीय निकायका वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकीहरुलाई जतिसक्दो चाँडो इन्टरनेट सञ्जालमा जोडने हाम्रो नीति हो ।’

यसले हरेक प्रकारका विकासका लागि पूर्वाधार खडा गर्ने र पहाडी तथा हिमाली जिल्लामा पनि लगानी तथा व्यवसाय विस्तारका संभावनाको ढोका खोल्ने उहाँको भनाई थियो । व्यवसायी तथा जनप्रतिनिधिहरुलाई कम्प्युटर, इन्टरनेटलगायत विषयमा गहन तालीमको आवश्यकता रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

क्यान महासंघले यस्ता तालिमको योजना र कार्यक्रम बनाएर प्रस्ताव गर्ने हो भने त्यसमा सघाउन सञ्चार मन्त्रालय तयार रहेको मन्त्री गुरुङको भनाई थियो । दूरसञ्चारका क्षेत्रमा सरकारकै पैसाले पूर्वाधार तयार गरी त्यसलाई निजीजस्तै गरी प्रयोग गर्ने प्रवृत्ति समेत देखिएको भन्दै उहाँले त्यसलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । ‘टेलिफोन नटिपेमा टावरलाई दोष दिन्छौं । सेवा प्रदायकको नियत वा प्रविधिमा प्रश्न उठाउँदैनौं । त्यसैले उपभोक्ताहरुलाई जागरुक बनाउन जरुरी छ,’ उहाँले भन्नुभयो ।

त्यसमा भुगोलको नभएर व्यवसायीको दोष भएको मन्त्री गुरुङको बुझाई छ । ‘जनताका यस्ता समस्या क्यान फेडेरेशनले उठाइदिनु आवश्यक छ,’ उहाँले भन्नुभयो ।

साधारणसभाको अवसरमा क्यान महासंघले संस्थाका उत्कृष्ट जिल्ला कमिटिहरुलाई सम्मान गरेको थियो । जसमा पर्सा प्रथम, झापा दोस्रो र रुपन्देही तेस्रो हुन सफल हुनु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -