Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४४:१६ बिहान
- ADVERTISEMENT -

नेपालको जातीय विविधता: समस्याको जरो कि सकारात्मक स्रोत ?

प्रकाशित मिति: २०७७ माघ ७, बुधबार

966
Shares

प्रदिप खड्का

“जुन राष्ट्रको आधारशीला नै जातीय विविधतामा खडा छ, त्यसका जनताले यसबाट तर्सिने वा आत्तिने कुनै कारण छैन । बरू यस यथार्थलाई आत्मसात् गर्नाले अघि बढ्ने बाटो पैल्याउन  सहिजो हुन्छ।”

हाम्रो देशमा भविष्यमा कुनै दिन हिंसापूर्ण जातीय वा साम्प्रदायिक भिडन्त हुन सम्भव छ कि छैन भन्ने प्रश्न गर्नु भनेको भविष्यमा कुनै दिन हाम्रो देशमा भुकम्प आउला कि नआउला भनेर प्रश्न गर्नु जस्तो कुरो होइन । किनभने भुकम्प हाम्रो नियन्त्रणमा हुँदैन । यो त दैवसंयोगले हुने कुरा हो ।  जाति, धार्मिक समूह र सम्प्रदाय भनेको चाहिँ हामी आफै नै भएको हुनाले आपसमा झै-झगडा र भिडन्तचाहिँ हामी सबै मिलेर कोसिस गरेमा टार्न पनि सक्छौं ।

त्यसैले, त्यस्तो स्थिति आउला कि नआउला भनेर जोखना हेर्नुभन्दा कस्तो बोली व्यवहार गरेमा र कस्तो आर्थिक, सामाजिक र सांस्कृतिक बनोट भएको समाजको निर्माण गर्ने नीतिको अवलम्बन गरेमा भिडन्तको सम्भावना बढ्छ अथवा घट्छ र विविधतालाई कसोगरी स्याहारेमा यस देशको आकर्षक र सकारात्मक पक्ष अगाडि आउँछ तथा सबै नेपालीलाई बढी उदार सहयोगशील र सहिष्णु बन्न मद्दत पुग्न सक्छ भन्ने विषयमा चिन्तन गर्नु चाहिँ हामै चाहना र पौरखभित्रको कुरा हो ।

चाहना र पौरख पनि यथार्थको सीमाभित्र रहेर गर्नुपर्ने वास्तविकता चाहिँ सबैले राम्रोसँग बुझनु पर्दछ । हाम्रा पुर्खाले आर्जेर छोडेको देश जस्तो भए पनि यही हो । हामीले यसैलाई स्याहार-सम्भार गरेर समुन्नत तुल्याएर तथा सबै जनाले एक आपसमा सद्भाव राखेर शान्तिपूर्वक बस्ने परम्परा बसालेर नेपालका भावी सन्ततिका लागि राम्रो, रमाइलो र समृद्ध नेपाल छाडेर जाने पौरख गर्न थाल्नुपरेको छ ।

त्यसो गर्न सकेमा यो देशको सांस्कृतिक, धार्मिक, जातीय र भाषिक विविधता भविष्यमा आकर्षक गहना बनेर देखा पर्न सक्छ । संसारलाई यस्तो उदाहरण देखाएर सबैको सम्मान र आदर पाउनसक्ने परम्पराको शुरुवात गरिदिएमा पछिल्ला पुस्ताका नेपालीबाट आजको परिपक्व पुस्ताले श्रद्धा र सम्मान पाउन सक्नेछ ।  त्यसैले, यस्तो बेलामा राष्ट्रभक्त, भविष्यमुखी र उदार मन भएका मानिसहरू बीच छलफलहरू हुनु समयोपयोगी हुनेछ । साथै,  ऐतिहासिक यथार्थको खोजी गरेर लेखिएका अनुसन्धानात्मक लेख तथा ग्रन्थहरूको प्रकाशन गर्नुपर्ने टड्कारो आवश्यकता पनि छ ।

“ हाम्रा पुर्खाले आर्जेर छोडेको देश जस्तो भए पनि यही हो । हामीले यसैलाई स्याहार-सम्भार गरेर समुन्नत तुल्याएर तथा सबै जनाले एक आपसमा सद्भाव राखेर शान्तिपूर्वक बस्ने परम्परा बसालेर नेपालका भावी सन्ततिका लागि राम्रो, रमाइलो र समृद्ध नेपाल छाडेर जाने पौरख गर्न थाल्नुपरेको छ । ”

समाधानको खोजी कसबाट ?

आज हामीलाई अरू कुनै देशको धार्मिक र सांस्कतिक परम्पराको बुई चढेर आफ्नो रित्तोपन देखाउने हुतिहाराहरूको भन्दा आफ्नै देशका मानिसका बारेमा बढी चासो र माया लिएर अध्ययन, अनुसन्धान, लेखन र समाजसेवा गर्नाले मात्र शान्ति कायम गर्न सकिन्छ र देशको छिटो विकास हुन्छ भन्ने सोचाइ राख्ने बुझकी र उदार छाति भएका  युवाहरूकै बढी आवश्यकता परेको छ । यस्तो कार्यमा संलग्न हुने चाहना राख्ने थुप्रै उत्सुक युवाहरू देखा परिसकेका पनि छन् ।

संस्कृत भाषामा लेखिएका महत्वपूर्ण  ग्रन्थरत्नहरूको अध्ययन, अनुसन्धान तथा विश्लेषण गरी नेपाली समाजको धर्म संस्कृतिको सम्बर्द्धन तथा रक्षा गर्ने उपायको खोजी गर्नु आजको आवश्यकता हो । आँखा चिम्लेर ती सबै ग्रन्थलाई पवित्र, अकाट्य र अपौरुषीय ठानेर अक्षरसः पालन गर्ने लिंडे ढिपी गर्नाले हाम्रो सम्पूर्ण नेपाली समाजको साझा संस्कृति र सभ्यताको विकास तथा सम्बद्र्धन हुन सक्दैन भन्ने कुरा बुझ्न कसैलाई पनि धेरै गाह्रो नहुनु पर्ने हो । तर, यो तथ्यलाई बुझने सबै चेष्टा नगरी संस्कृत भाषाको सुगा रटाइमा सम्पूर्ण बालबालिकालाई अनिवार्य रूपमा धकेल्ने अति सशक्त आधुनिक सञ्चार माध्यमलाई समेत समाजोपयोगी विषयवस्तुको प्रचारप्रसार गर्ने काममा उपयोग गर्न छाडेर संस्कृत भाषाको समाचार प्रसार गर्दै राजनीतिक फाइदा लिन खोज्ने प्रवृत्ति यहाँ देखिएको छ। शुरवीर भनेर विश्वमा प्रसिद्धि कमाउने जनजातिहरूको उदारताको महत्वलाई राजनीतिज्ञहरूले बुझ्न नसक्नु दुःखको कुरा भएको छ।

“ सबैलाई पौरखद्वारा आफ्नो भविष्य निर्माण गर्ने शिक्षा दिनु नै आजको प्रमुख आवश्यकता हो । बिहानीको घाम झुल्किसकेपछि पनि सुतेको मानिसका आँखा छोपिदिएर अँध्यारै छ भनेर जिद्दी गर्नु नैतिक व्यवहार कदापि मान्न सकिदैन। ”

उनको यो व्यक्तिगत धारणा हो ।

मिति २०७७ साल माघ ७ गते बुधबार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -