हरेक देशमा परिवर्तन को लागि क्रान्तिको आबश्यकता पर्छ । जुन अनिवार्य शर्त पनि हो ।
बिश्वमा बिरलै हुने क्रान्तिकारी परिवर्तन मध्य नेपाल मा हामीले छिटै र सहजै धेरै परिवर्तन गरेका छौ । तर, यो भित्र को एउटा घाउ सधैं बिझाइरहेको छ जुन हामिले कहिल्यै अनुभुती गरेका छौ त ? यसको फेरिस्त छ त कसैसँग ? हरेक क्रान्तिको अग्र मोर्चामा रहेर काम गर्नेहरुको अवस्था के छ? कसैले मुल्यांकन गरेको छ त ?
२००७ सालको आन्दोलन को लागि हजुरबुबा ले थाप्नुभएको गोलिको छर्रा ननिक्लिएर हजुरबा त्यसैको पिडाले हजुरबाको निधन भयो तर त्यही छर्रा को बलमा देशमा प्रजातन्त्र को स्थापना भयो हजुरबा ले के पाए ? त्यही पीडा होइन ? बा ले कुनै नेतृत्व गर्ने अबसर पाए न हजुर बा ले जुन जगमा उभ्भिएर आन्दोलन गर्ने त्यसको प्रत्याभूत गर्न पाए देशमा उनीहरुको नै हाबी भयो जो राणाहरुको आसेपासे थिए । यस्तैमा कतिपय मान्छेहरू लाई सत्ता को मोह बढदै गयो फेरि जनताहरुमा एउटा भ्रम छरियो र सत्ता परिबर्तन को लागि सडकमा उतार्ने प्रयास गरियो । बा लाई हजुरबाको कहानी थाह हुँदा हुँदै पनि घरमा रहेका लालाबाला छोडेर आन्दोलनमा हुम्मिनु भयो तारन्तारको सत्तापक्षको धडपकड ले गर्दा घरमा बस्ने बाताबरण नै थिएन ती अबोध बालमनस्थिती मा बम बारुद र हत्या हिंसा सिबाय केही भर्न सकिएन त्यही आन्दोलन को बिच बाउ ले पनि गोलि खाए शरीर अंगभंग भयो |
त्यो अपाङ्ग शरीर समाल्न आमालाइ कति गार्हो भयो त्यो भोग्ने लाई मात्र थाह छ । त्यही जगमा देशमा बहुदलीय ब्यवस्था को उदय भयो । र धेरै स्वतन्त्रता पाए । जुन स्वतन्त्रताको यति दुरुपयोग भयो कि सडकमा बस्ने हरु महलमा पुगे यो त राम्रो कुरा थियो तर महल पुग्ने हरुले कहिल्यै पछाडी फर्किएर हेर्दै हेरेनन आफू महलमा पुग्दा सङै युद्ध को मैदानमा होम्मिएका हरु उपचार को खोजिमा भौतारिएको परिदृश्यले मानबताको पराकाष्ठा को हद पार गरेको छ ।
सत्ता यस्तो चिज रहेछ जुन स्थानमा अरु बस्दा कहिल्यै राम्रो देखिदैन जुन स्थानमा आफुलाइ मात्रै सुहाउछ । सायद बहुदल आएपछि त्यस्तै भयो । केही सत्ता चुम्न थाले सत्ताको मात ले अन्धाधुन्ध बरालिन थाले जनताको स्तर सुधार्ने कुरा एकादेशको कथा जस्तै भयो यी सब आन्दोलन को लागि मसला मात्रै थियोे अब अर्को टोलिलाइ पनि के चाहियो र नारा जति पनि छदै थिए गरिबिको जीवन उकास्ने देखि जातिय नाराहरुले पाना भरियो ।
गरिबि अशिक्षा भोकमरी बेरोजगार ले आक्रान्त समाजमा फगत झुठो यी शब्दहरू ले स्थान नपाउने कुरै भएन र फेरि हाम्रो उमेर समुहको एउटा झुन्ड त्यतै तिर लाग्यो जसले हजुरबुबा को गोलिको छर्रा अनि बाबुको नक्कली खुट्टा राख्दा भएको पीडा र आमालाई भएको सारा सास्ती एकै पल मा भुलिदियो र उ पनि देश परिवर्तन गर्न तर्फलाग्यो निकै लामो संघर्ष पछि ब्यबस्था परिवर्तन त भयो तर सत्ताको हालिमुहाली तिनै भए जो यो ब्यबस्थाको घोर बिरोधि थिए संघर्ष सकेर घर फर्किएको उ आज भोकै छ ब्यबस्था परिवर्तनको लागि हजारौं माइल यात्रा गरेको उ आज थकित हुँदै घरमा फर्किएको छ तर त्यही जोश र जागर ले आएको परिवर्तन ले मालिक बन्नेहरु अझै पनि त्यही लडाइँमा लडने हरु माथी कर माथी कर थुपारिरहेका छन |
राज्य बाट ब्रहमलुट मच्च्याइरहेका छन फगत परिवर्तनको नाम दिएर आफू परिवर्तन भएका छन हामी सबै पीडा भुलेर फेरि पनि उनिहरुलाइ नै साथ दिइरहेका छौ आखिर यी सब ब्यवस्था परिवर्तन आएर हामिले के पायौं ? आखिर यी सब परिवर्तन कसका लागि थियो ? कहाँ छ समाजबाद ? कहाँ छ साम्यवादी ब्यबस्थाको झल्को ? अब के ल्याउन आन्दोलन गर्ने ? अब कसलाई प्रधानमन्त्री बनाउने हामीले रगतको खोलो बगाउने त्यसैले म र म जस्तै युवाहरु सवैले हाम्रा ३ पुस्ताको हिसाबकिताब नपाएसम्म कुनै पनि आन्दोलन मा सहभागी नबनौ ।









































