नयाँ बर्ष का शुभकामना र रङगि विरङगी फोटाहरु फेसबुकका वालभरि छरपस्ट देखिरहदा कतै केहि नलेखि बस्न सकिन है ,
मेरा योजनाहरु आफै रङगिन लाग्न थालिसकेका छन् । हो जीबनको उकाली ओराली भन्जाङ चैतारी गर्दै गन्तव्य प्रति आतुर यि मेरा पाइलाहरु प्रिय नया बर्ष तिम्रो आगमनको खबर पाएर नाचिरहेछन् ।
मन यसै प्रफुलित छ, मानौ पुतली झै आशा र भराेसा काे दियाे वरिपरि सपना बाेकेर घुमिरहेछ ।
केहि प्रश्नहरु छ्न उतिकै मनमा तिम्रो आगमन सङै उतर दिनु है प्रिय नयाँ बर्ष । तिमिलाई नै पछाइरहेकाे ( काेराेना कहर) बाट
कति पनि हतास र वेचैन नहुनु है ।
बुलन्द हौसला बनि यि बिचलित मन हरुमा थप जोस जागरको धरोहर बनि आउनु है नया बर्ष ।
बसौदेखिका पुरा हुन नसकेका केहि सपनाहरु पनि प्रिय तिम्रो आगमन सङै पुरा गर्दै जानु है नया बर्ष जिवनकाे भाेगाइ र मेराे बुझाइ प्रतिकाे दृष्टिकोण पनि प्रिय तिम्रो आगमन सङै पारदै लानु है नयाँ बर्ष
एकान्त र सुनसान गल्लिमा सलबलाउने हातहरुलाइ पनि
अलिकति मानवता र चेतनाकाे पटि पढाउनु है नया बर्ष
कोरोना कहर भ्न्दै थकित र त्रासित मनहरुलाइ पनि
काेराेना कहर मात्र होइन चुनौती र अबसर पनि हाे
भनेर समझाइ दिनु है प्रिय नयाँ बर्ष ।
भन्जाङकाे चैतारिमा लोलाउदै र टाेलाउदै बसेका थकित मनहरु लाइ पनि धैर्यता र गतिशीलताकाे परिभाषा दिएर जाउ है नया बर्ष फुल्दै गरेका सपनहरु गन्तव्यका कोपिलमा प्रिय ।
तिमि सबै इच्छा र आकाङ्क्षा समेटने उपहार बनेर आउनु है प्रिय नयाँ बर्ष साचै तिमि आफैमा पुर्ण भएर आउ ।
२०७७ साल पौष १७ गते शुक्रबार









































