Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:०३:०० बिहान
- ADVERTISEMENT -

जनवरी १ देखि आईपी टिभी सञ्चालनमा ल्याउँदै नेपाल टेलिकम

प्रकाशित मिति: २०७७ पुस ६, सोमबार

524
Shares

काठमाडौं, सोमबार, ६ पौष २०७७ । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले यही पुस १७ देखि आईपी टिभी सेवा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले आवश्यक प्राविधिक तयारी पुरा गरी आफ्नो फाइबर टु द होम इन्टरनेटसँगै आईपी टिभी सेवा दिने भएको हो ।

कम्पनीले गत फागुनमा पहिलो चरणको परीक्षण प्रशारण गरेको थियो । प्रारम्भिक परीक्षण सकारात्मक भए पनि कोभिड १९ को महामारीसँगै सुरु भएको लकडाउन र क्लिन फिड नीतिका कारण ढिलोगरी सञ्चालनमा आउन लागेको हो ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीका अनुसार हाल क्लिन फिड नीति अनुरुप आईपी टिभीका लागि कन्टेन्ट व्यवस्थापनको कार्य भइरहेको छ । हाल परीक्षणकालमा रहेको आईपी टिभी सेवामार्फत अहिले टेलिकमका केही कर्मचारीले फ्री टु इयर (प्रसारणका लागि शुल्क नलाग्ने च्यानल) प्रयोग गर्दै आएका छन् ।

‘क्लिन फिडको नीतिका कारण विदेशी च्यानलहरुसँग छुट्टै किसिमको सम्झौता गर्नुपर्ने अवस्था बनेको छ,’ प्रबन्ध निर्देशक अधिकारीले टेकपानासँगको कुराकानीमा भने, ‘फ्री टु इयरका लागि भने अहिले कुनै समस्या छैन ।’

बिलिङ र सीआरएम (कस्टमर रिलेसनशिप म्यानेमेन्ट) साइड सबै तयार भइसकेको अधिकारीले जानकारी दिए । ‘अहिले प्याकेज तयार पार्ने काम भइरहेको छ । यो अबको दुई चार दिनमै फाइनल हुन्छ,’ अधिकारीले भने, ‘संभवतः हामी जनवरी १ देखि यो सेवालाई व्यवसायिक रुपमा नै सञ्चालनमा ल्याउने लक्ष्य छ ।’

कम्पनीले पछिल्लो समयमा एफटीटीएच (फाइबर टु द होम) इन्टरनेट सेवालाई आक्रामक रुपमा विस्तार गरिरहेको छ । जसमा इन्टरनेट तथा ल्याण्डलाइन टेलिफोन सेवा दिँइँदै आएको छ ।

अब निकट भविष्यमा सञ्चालनमा आउने आईपी टिभी सेवा समेत त्यसैमा जोडिनेछ । हालैमात्र कम्पनीले २० एमबीपीएस गतिको एफटीटीएच प्याकेज लिने ग्राहकलाई मोबाइलमा प्रति दिन ३०० एमबी डेटा निःशुल्क रुपमा उपलब्ध गराउने प्याकेज ल्याएको छ । हाल करिब ९६ हजार ग्राहकले टेलिकमको एफटीटीएच इन्टरनेट सेवा जडान गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -