काठमाडौँ, बुधबार, २४ मङ्सिर २०७७ । नेपाल टेलिकमले कम्पनीको नाम दुरुपयोग गर्दै भ्रामक सामग्री शेयर गरिएको भन्दै आफ्ना ग्राहकलाई सचेत रहन आग्रह गरेको छ ।
मंगलबार एक सूचनामार्फत कम्पनीले टेलिकमको नाम, लोगो तथा अन्य सामग्री प्रयोग गरी विभिन्न सामाजिक सञ्जालमा अनधिकृत पेजमार्फत भ्रामक जानकारी प्रकाशित भैरहेकोमा ध्यानाकर्षण जनाउँदै त्यस्ता सम्प्रेषण भएका सामग्रीको भर नपर्न आग्रह गरेको हो ।
टेलिकमले कम्पनीको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल पेजबाट मात्र आवश्यक जानकारी लिन आग्रह गरेको छ ।
‘नेपाल टेलिकमको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल पेजबाट मात्र आवश्यक जानकारी लिनुहुन तथा यस्ता अनाधिकृत पेजमा आफ्ना कुनै विवरण, सूचना उपलब्ध नगराउनुहुन समस्त ग्राहवर्गलाई आग्रह गर्दछौं ।’ सूचनामा भनिएको छ ।









































