Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०५:२८ बिहान
- ADVERTISEMENT -

टेलिभिजन परीक्षण गर्दै टेलिकम

प्रकाशित मिति: २०७७ कात्तिक १८, मंगलबार

721
Shares

काठमाडौँ, मंगलबार, १७ कात्तिक २०७७ । आफ्ना केबल इन्टरनेट प्रयोगकर्तालाई टेलिभिजनको समेत सुविधा दिने लक्ष्य राखेको नेपाल टेलिकमले अहिले यसको परीक्षणको तयारी गर्दैछ ।

कम्पनीले उपलब्ध गराइरहेको फाइबर टु दि होम (एफटीटीएच)मा इन्टरनेटमा आधारित टेलिभिजन प्रसारणको परीक्षण भइरहेको कम्पनीले जनाएको हो । अहिले कम्पनीकै केही कर्मचारी र सीमित सङ्ख्यामा मात्र यसको परीक्षण भइरहेको छ, कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले भन्नुभयो ।

उहाँका अनुसार अब परीक्षणको दायरा विस्तार गरेर छिट्टै व्यावसायिक रूपमै टेलिभिजन प्रसारण हुनेछ । टेलिभिजन प्रसारणसँगै यसको बिलिङ प्रणाली व्यवस्थापनको काम पनि कम्पनीले गरिरहेको छ । दशैँ अगाडि नै कम्पनीले बिलिङ प्रणालीको पहिलो चरणको परीक्षण पनि गरिसकेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिनुभयो ।

उक्त परीक्षण पनि सफल भइसकेको छ, उहाँले भन्नुभयो । कम्पनीले हाल उपलब्ध गराइरहेको एफटीटीएच इन्टरनेटमा ग्राहकलाई ल्यान्डलाइन नम्बरसहित राउटरमा टेलिभिजन ‘पोर्ट’ समेत उपलब्ध गराएको छ । कम्पनीले व्यावसायिक रूपमा टेलिभिजन प्रसारण सुरु गरेपछि ग्राहकले सोही पोर्टमा जडान गरेर टेलिभिजन हेर्नसक्ने छन् ।

टेलिकमले उपलब्ध गराइरहेको फिक्स्ड इन्टरनेटमा तुलनात्मक रूपमा गुणस्तरीय मानिएको एफटीटीएच विस्तारलाई समेत कम्पनीले प्राथमिकतामा राखेको अधिकारीले जानकारी दिनुभयो । साउनसम्म टेलिकमका दुई लाख १३ हजार एफटीटीएच ग्राहक रहेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक छ ।असोजमा मात्रै एकैपटक १३ हजारभन्दा बढी एफटीटीएच प्रयोगकर्ता थपिएको अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कुनै एक महिनामा थपिएका एफटीटीएच प्रयोगकर्तामध्ये यो अहिलेसम्मकै उच्च हो ।

पछिल्लो समय इन्टरनेट सेवा प्रदायकमाझ पनि इन्टरनेटमा आधारित आईपीटीभी सुविधा उपलब्ध गराउने क्रम जारी छ । नेपालका प्रमुख इन्टरनेट सेवा प्रदायकले उपलब्ध गराइरहेको फिक्स्ड इन्टरनेटमा विभिन्न नाममा टेलिभिजन सुविधा पनि दिँदै आएका छन् । इन्टरनेटमार्फत नै टेलिभिजन प्रसारण हुने भएकाले ग्राहकले त्यसका लागि छुट्टै अन्य उपकरणको व्यवस्था गर्नुपर्ने झन्झट यसले कम गरिदिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -