कनेक्टिकट,अमेरिका, बिहिबार, ८ असोज २०७७ । आज विश्वका केही राष्ट्रहरुले आफुलाई थेग्न नसक्ने गरी बिकाश गर्न सफल भएका छन । र, आफुलाई संसारकै बिकसित सर्बश्रेष्ठ र शक्तिशाली राष्ट्रको पगडी भिरेका छन ।
आखिर ! यो सबै कसरी सम्भव भयो भन्ने प्रश्नको उत्तर प्रस्टै देख्न किन्छ कि यि देशहरुले आफ्नै देशमा भएका प्राकृतिक स्रोत र साधनलाई बेलैमा चिन्नसके र तिनीहरुको उपभोग गरी आत्मनिर्भर हुने प्रयास गरे ।
जसका लागि कडा निती-नियमका साथै सभ्य, व्यवस्थित, भ्रस्टाचार मुक्त सरकार र कर्मचारीतन्त्रको आवश्यकता महसुस गरी सोही अनुसार जनताले उपभोग गरेको सुबिधा वापत तिरेको करबाट विकास निर्माणका कामहरु सम्पन्न गरे तर, अर्कोतिर विश्वका धेरै देशहरुमा दुर्भाग्यवस अहिलेसम्म पनि सरकारले देश बिकासको लागि आवश्यक कदमहरु चाल्न सकेको छैन ।
बिभिन्न शिर्षकमा जनताले तिरेको करका साथै देशका अन्य साना-ठुला आम्दानीहरु चुहावट र भ्रस्टाचारले आवश्यक ठाउँमा सहि तरिकाले लगानी गर्न नसक्दा देशका बहुसंख्यक जनताहरु अझैपनि गरिवी, महँगाई र अशिक्षाको भुमरिमा बाँच्न वाध्य भएका छन ।
बिकसित देशहरुमा प्रबिधीको विकाससँगै सरकारले उपलब्ध गराउने सेवा-सुबिधा ,रोजगारिको सहजता र भौतिक पुर्बाधारको सुबिधाले गर्दा जनताहरुले गुणस्तरीय,सुख , सुबिधा र खुशी जीवन जिउन पाएका छन र जुन कुरा नेपालजस्ता विकासको दृष्टिले पछीपरेका देशहरुले सिक्नुपर्ने जरुरी देखिन्छ ।
जसरी कस्तुरी मृगले आफुभित्रबाटै आइराखेको सुगन्ध चिन्ननसकेर चारैतिर भौतारिई राखेको हुन्छ, त्यसैगरी आफ्नो देशमा नै भएका उपलब्ध प्राकृतिक श्रोत साधन, माटो, हावा-पानीको महत्व र प्रयोग गर्न नजानेर नेपाल अहिलेसम्म आत्मनिर्भार हुन सकेको छैन । नेपाल प्राकृतिक श्रोत र साधनले भरिएको सुन्दर र रमणिय देश हो । अझ झनै विश्व मै जलश्रोतको दोस्रो धनी देशमा दिनहुँ घन्टौ जनताहरु बिधुत बिहिन भएर बच्नेकुरा साह्रै अशोभनिय र दु:खद छ ।
जलबिधुत र कृषि क्षेत्रमा उत्पादन बढाई स्वदेश तथा बिदेशमा निर्यात गर्नसके देशले छिट्टै कोल्टे फेर्नेमा दुईमत छैन जसका लागि सरकारले ठोस निती नियम र योजनाहरु बनाउनुका साथै, ति योजनाहरु परिचालन र रेखदेख गर्न भ्रस्टाचारमुक्त र पारदर्शी कर्मचारीतन्त्रको निर्माण गर्न सक्नुपर्छ । तर, दु:खको कुरा आजभोलि संसारभरिनै केहि खराब मानसिकता भएका मान्छे तथा गिरोहहरु शिक्षा ,जागिर, इन्सुरेन्स, कारोवार , सामाजिक सन्जाललाई माध्यम बनाएर भ्रस्टाचार, जालझेल,ठगी र अपराध गर्नेजस्ता बिकृति र बिसङतिमा सक्रिय छन ।
हामीहरु सबैजना बेलैमा सजक र सचेत हुनुपर्ने देखिन्छ । साथै, आफ्नो घरमा होस या सामाजिक सस्था वा सरकारी कार्यालय ठुलासाना प्रोजेक्टहरु सम्पन्न गर्दा सानो र सजिलो कामलाई ठुलो र झन्जटिलो बनाइ पैसा असुल्ने, कम मुल्य पर्ने समान र सेवालाई बढि मुल्यको देखाउने तथा बिचमा बसेर कमिशनको धन्दा गर्ने ब्यक्तिहरुबाट टाढै बसेर आर्थिक हिनामिना तथा ठगी धन्दाबाट जोगिन सकिन्न्छ ।
संसारकै शक्तिशाली बिकसीत मानिएकाअमेरिकाजस्तो देशपनि यसबाट अछुतो रहन सकेको छैन । दिनहुँजसो गाडीको कम्पनी, वारेन्टि, इन्सुरेन्स, बिभिन्न उपहार, चिठ्ठा, छुट दिने बहानामा आउने फोन कलका साथै व्यक्तिगत विवरण चोरी गरी गलत तरिकाले प्रयोग गर्ने तथा जालझेल,दलाली गररी फसाउन खोज्नेहरुबाट हामी सबै सजक हुनुपर्ने जरुरी देखिन्छ ।
आजभोलि यो धर्तीका मान्छेहरु म मात्रै खाउँ र म मात्रै सुख सयल गरूँ भन्दै सत्य हराउँदै स्वर्थी र मतलवी हुँदै गरेको भएपनि थोरै मात्रै मान्छेहरु यस्ता भेटिन्छन् , जो आफुभन्दा पनि देश र समाजको हित र बिकासको लागि ज्यानको बाजिराखेर संघर्ष गर्दैछन । जसका प्रबल उदाहरण हुन “सादा जीवन उच्च बिचार” का धनि कुलमान घिसिङ र डा.गोबिन्द के सी नेपालमा औंलामा गन्न मिल्ने सरकारका केही कर्मचारीहरु मध्ये कुलमान घिसिङ मात्रै यस्ता कर्मचारी हुन जसले वर्षौदेखि घाटामा चल्दै डुब्नलागेको नेपाल बिधुत प्राधिकरणलाई छोटो समयमा नै नाफा दिन सफल भएका छन ।
साथै, घरघरमा २४ घण्टा झिलिमिली उज्यालो बत्ति बाल्न सफल हुनुभयो जसका लागि प्राबिधिक ज्ञान सँगसँगै नितीनिर्माण र योजनाहरुको सहि ढंगले परिचालन, काम गर्न फिल्डमा खटिने हरेक कर्मचारीको राम्रो अनुगमन, मर्मत सम्भार, खरिद बिक्रीमा पारदर्शिता, फजुल खर्च कटौती र शक्ति सन्चय गर्ने तरिकाको अबलम्बनबाट मात्रै सम्भव भएको हो ।उनले दिनरात नभनी, भोक-निन्द्रा त्यागी, उज्यालो नेपालको सपना साकार पारेरै देखाए ।
नेपाल बिधुत प्राधिकरणमा चार बर्षसम्मको प्रबन्ध निर्देशकको भूमिकामा आफ्नो सस्था सम्झेर बिभिन्न सुधार गर्दै उज्यालो नेपालको सपना साकार पार्न सफल कुलमान घिसिङसँग थुप्रै ज्ञान र अनुभवहरु छन र प्राधिकरणको उतरोतर प्रगतिसँगै सम्पूर्ण देश बिकासको लागि राज्यले एकपल्ट उहाँलाई अझै प्रबन्ध निर्देशकको रुपमा सेवा गर्ने अवसर दिनुपर्छ ।
त्यस्तै, चिकित्सा क्षेत्रमा बिधमान माफियातन्त्र, घुसखोरी र कमिसन धन्दाको अन्त्य हुनुपर्ने र चिकित्सा शिक्षा सुधार गर्दै सबै जनताले स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा पाउनु पर्ने माग राख्दै आएका डा गोबिन्द के सी को मागहरु पनि सरकारले छिट्टै सुनि दिओस । यसरी नै संसारभरि का सबै मान्छेहरुमा निस्वार्थ भावनाले सहयोग र सेवागर्ने भावना जागोस ।
दुर्गम, पिछडीएका गाउँ बस्तिदेखि शहर बजारसम्म जतात्यतै उज्यालो छाओस । देशमै नयाँ नयाँ कलकारखाना खोली रोजगारी सिर्जना होऊन ,अबका दिनदेखि नेपालीहरु बिदेशिनु नपरोस सफल र सबल नेपाल देख्न पाइयोस भन्ने बिदेशमा रहनुहुने सबै नेपालीहरुको चाहना छ ।
जय देश !
दिर्घराज जोशी
कर्मथलो – केन्टकी अमेरिका
जन्मथलो – बैतडी, नेपाल ।









































