जिन्दगीमा एउटा समय हुन्छ । प्रदेशीहरु आफ्नो जिन्दगी बेचेर पैसा कमाउँछन । जब पैसा कमाइन्न तब जिन्दगी पनि रहन्न ।
आफ्नो बाबा आमा हुन्न, बाल्बच्चा हुन्नन । आफ्नो श्रीमती बुढी हुन्छे । साथीहरु टाढा हुँदै जान्छन । आफ्नो ठाउँ, खुसी सबैबाट टाढा हुँदै जान्छन ।
हाम्रो जिन्दगी पैसा कमाउने ATM मेशिन जस्तो हुन्छ । प्रदेशी महिनै पिच्छे पैसा निकालेर घर पठाउँछन । यहि हाम्रो जिन्दगी हो । प्रदेशी जो एक/दुई बर्ष पछि छुट्टिमा घर फर्कन्छ बच्चा जवान हुन्छ ।
जवान बुढा भैसक्छन । बल्ल बल्ल घर फर्कँदा पनि आफ्नो खुशीले जान पाइदैन । जब प्रदेशी छुट्टिमा जान्छ । घरमा पनि विशिष्ट पाहुनालाई झै आदर सम्मान गर्छन् ।
हाम्रो सहि कुरा होस या गलत सबै जना भनेको मान्छन् । १०/१५ दिनको लागि त हो नि भनेर । कयौँ प्रदेशीहरु २५/३० बर्ष पछि मात्र आफ्नो भुमी फर्कन्छन अनि आफ्नै बच्चाहरु बिरानो हुन्छन ।
केही समयपछि फेरि सोच्न थाल्छ कि यहाँ भन्दा त बाहिर नै ठिक किनकी बच्चाहरु भनेको मान्दैनन । श्रीमती आफ्नै बर्चस्व जमाउन खोज्छिन । मान सम्मान पनि गर्दिनन किनकी अब बूढो भैसकेको हुन्छ र पैसा कमाउन पनि सकिन्न ।
यी सारा चिज पाच्य हुँदैनन । प्रदेशबाट घर आउँदा प्रधानमन्त्री लाई जसरी मान सम्मान गरिन्थ्यो । केही समय पश्चात मैले यसो गरें उसो गरें तिमिहरुको लागि के के गरिन भनिन्छ । तर, अहँ सुन्दैनन कसैले र सबैले भन्छन कि हाम्रो लागि तैंले केही गरिनस ।
यस्तो हुन थाले पछि एकान्तमा बस्ने, सोच्ने, आखिर मैले जिन्दगी किन खेर फालें ? के का लागि ? तर अब सुनिदिने कोहि हुन्नन । यस्तै सोचमा मान्छे पागल हुँन थाल्छ र आँफै सजाएँ पाइन्छ।यहि नै प्रदेशिको कथा ।
प्रदेश छाडेर घर देश आएपछी ४०/५० को उमेरमा पनि केहिन केही गरेरै बस्नु पर्छ । जिन्दगी गुजार्नलाई । प्राकृतिक सौन्दर्य र जल बनले ढाकेको देश प्यारो नेपालमा सबै एक जुट भएर लाग्ने । हाम्रालाइ होइन राम्रालाइ पदमा पुर्याउने भ्रष्टाचारिलाई चार पाटा मुडेर नौ डाँडा कटाउने गरेर युबा शक्ति स्वदेशमा नै उपयोग गरे प्रदेशीको पीडा सुन्नु पर्थेन कि ?
ओम पाण्डे
गोरखा









































