Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:३०:५१ बिहान
- ADVERTISEMENT -

बंगलाभित्र सजिएको भूतघरकोे राज

प्रकाशित मिति: २०७७ साउन ३१, शनिबार

1096
Shares

डा. उत्तम खनाल

चुम्से स्याल र रतुवा नामको ब्वाँसो आफूलाई निकै शक्तिशाली ठान्थे । एक दिन ति दुवैमा को शक्तिशाली भन्ने विषयमा विवाद प¥यो । उनीहरुको मुद्दा टुंगो लाग्ने वातावरण देखिएन । धेरै लामो छलफल र बहस पछि आपसी समझदारी अनुसार ति दुबै उम्लान गाँउको क्षितिजतिर बरालिए । स्याल आफूलाई निकै होसियार र बुद्धिमानी ठान्ने स्वभावले गर्दा अलि बढी आक्रामक झैं देखिन्थ्यो ।

स्यालको तुलनामा वाहिरबाट हेर्दा ब्वाँसो अत्यन्तै सरल देखिए तापनि उसको भित्रि आशय अनुमान लगाउन सहज थिएन । दुबैले दुबैलाई आफू अत्यधिक चतुरो हुनुको साथै शक्तिसम्पन्न भएको कुरा साबित गराउन चाहान्थे । बाहिरबाट हेर्दा कतिले उसलाई डरवान पनि भन्थे । तर, दुवैले आफ्नो परीक्षा दिन गाँउ नगई नहुने थियो । गाउँको वातावरण आफूले चाहे अनुसार नरहेको कुरा दुबैलाई थाहा थियो । तैपनि स्याल अलि बढी आक्रामक हुनाले बाख्राको बथानमा पस्यो । उसले दायाँ वायाँ नजर लगाउदै सबैभन्दा सानो पाठोलाई ताकेर झम्टियो । विचरा पाठो फुत्किने दाउ गर्दा गर्दै कालको मुखबाट म¥यो । संयोगले गर्दा त्यहाँ गोठालाहरुले स्याललाई छेकाटो हाली घेरामा पारे अनि सबैले मिलेर त्यसको अगाडीको खुट्टा काटिदिए । स्याल दगुर्न सकेन र लडीबुडी गरेर रुन थाल्यो ।

केहि समय पछि ब्वाँसो त्यही स्यालको समिप हुँदै बाख्रा भएको ठाउँतिर गयो । जाँदा जाँदै उसले स्यालले मारेको पाठो पनि भेटायो । उसले मरेको पाठोलाई त्यहाँबाट बोकेर बाख्राको बथान भएको ठाउँमा राखिदियो । त्यसपछि आफ्नो आँखाबाट बलिन्द्र आँसुका धारा बगाउँदै मरेको पाठालाई सुम्सुम्याउन थाल्यो ।

गोठालाहरुले ब्वाँसोको चर्तिकला देखेर दंग परे । उसलाई लखेट्न गएनन् । उ त्यहाबाट नभागी पहिलाकै कृयाकलाप गरिरह्यो । उसको त्यो हृदय स्पर्षी भावना देखेर गोठालाहरु पनि लिप्त भए । उसलाई कसैले पनि गाली गरेनन् र जाई लागेनन् पनि । उसले दिन भरी मरेको पाठोलाई कुरेर बस्यो र जता बाख्राको माउ जान्छ उतै ठाउँ सारेर बोकिरह्यो । यस्तो अचम्मको स्वभाव देखे पछि गोठालाहरुको मन पनि पग्लियो । बाख्रा चर्दै गोठालाहरु भएतिर पुग्थे त्यति नै मरेको पाठोलाई काँधमा च्यापेर त्यो ब्वाँसो उसैको अघि अघि सरेर आयो । त्यसरी नै त्यो दिन बित्यो ।

भोलिपल्ट सदा झै, त्यही ठाँउमा बाख्राहरु चराउन लगियो । बाख्राको गोठालोको रुपमा ब्वाँसोले पनि मानिसलाई सहयोग ग¥यो । उसको त्यस्तो कृयाकलाप देखेर गोठालाहरु पनि दंग परे । त्यहि कारण अबका हरेक दिन मनिसको साथ रहने मौका ब्वाँसोले पाएको थियो ।

एक दिन गोठालाहरु गाई चराउन गए वनतिर गए । डाँठ, झिंगा, तथा भुसुनाले सताएकाले गाईहरु चर्न मानेनन् । अनीहरुको भागादौड सुरु भयो । गाईको व्यवहारबाट आजित भएका गोठालाहरु ज्यादै रुस्ट देखिन्थे । त्यहि मौकामा ब्वाँसोले गाईलाई मुसारी मुसारी कन्याउन थाल्यो । ब्वाँसोको सुम्सुम्याईबाट गाई भाग्न छोड्यो र ओकार्न थाल्यो । आफूले तह लगाउन नसकेको गाई उसले सजिलै बहसमा लिएको देखेर उसको काम प्रति गोठालाहरु आभारी भए । त्यस दिन देखि जब गाई, बाख्रामा कुनै समस्या आउँथ्यो तब गोठालाहरुले ब्वाँसोको खाजिमा हिड्ने गर्थे । यहि क्रममा तीन महिना त्यहि गाउँमा बित्यो । उम्लान गाउँमा रतुवा नामको ब्वाँसोले त्यसरी सजिलै सबैको मन जितेको खबर चारैतिर फैलियो ।
उसको माग हरेक गाँउ गाँउसम्म पुग्न थाल्यो । यदि कुनै गोठमा कुनै दिन रतुवा पुग्न बिर्सियो भने त्यस दिन ति गोठका चौपायाहरुले घाँसपानी समेत खान छोडिदिन्थे ।

गोठमा पालेका चौपाया पशुको आँखाको आँसुले जो कोहि मानिसको मन रुन्थ्यो । प्रत्येक घरका चौपायाले रतुवाको नजरबाट प्यारमा मुछिएको अनुभूति देखाउँदै खुसी भएको देखिन्थ्यो । फस्वरुप हरेक मानिसले कोही गोठालाका लागि कोहि घर रेखदेखका लागि त कसैले गाई गोठमा पालो बस्नका लागि रतुवालाई खोज्न थाले । त्यसपछि गाउँमा स्याल र गिद्धको आक्रमण घटेर सुन्य जस्तै भयो । त्यो अदभूत रतुवा नामको ब्वाँसोको प्रवेशबाट केहि समयका लागि गाउँ पुरै शान्त र सौम्य भयो । यात्रामा सँगै गएका स्याल र रतुवाको चर्तिकला देखेर यमराज छक्क परे । उनलाई लागेको थियो रतुवाले गाउँ सखाप पारेर चौपाया मारिदिन्छ । अनि मरेका चौपायाले सजिलै यमलोकमा नाम लेखाउँने छन् । तर उनको अनुमान फेल खायो । उनको दिमागले काम गरेन । त्यसपछि उनी रिसले चुर हुँदै ब्रम्हलोक पुगेर बिन्ति गरेः प्रभु यो के हो ? हिंस्रक ब्वाँसो कसरी आम मानिसको लोकप्रिय भयो र चौपाया गोठालो पनि । के त्यो ब्वाँसो साकाहारी भएको हो ? यमराजका कुरामा ब्रम्हाजीले केवल मौनता मात्र प्रकट गरे । आफ्नो अपमान गरेको गरेको ठानी त्यसको बदला लिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकमा ब्रम्हाजीको सृष्टि उल्टा भयो रतुवालाई पक्रनु भन्दै यमराजको संदेश फैलियो । उनले यो पनि हुकुम दिए कि जसले रतुवा पक्रेर हाजिरी गराउला उसका लागि म स्वयम चित्रपट प्रदान गर्ने छु र उ त्यहाँको राजा हुने छ ।

यो आवाज देवेन्द्रले सर्वप्रथम नेपाल मण्डलमा पु¥याउँदा उचित छ भन्ने विचारले वायुलाई डाकी हुकुम दिए । उनको हुकुम मुताविक मत्र्यमण्डलको नेपाल खण्डमा रतुवा नामको ब्वाँसो खोज्ने चक्करमा सारा मानिसहरु आन्दोलनमा लागे । रतुवा कसरी चिन्न सकिन्छ आन्दोलनकारी कसैलाई थाहा थिएन । बरु सबैको ध्यय थियो अर्कोले चिन्यो भने वित्यास पो हुन्छ । कारण पहिलो पटक आफै रतुवा चिनेर समाउन चाहेका थिए । तर त्यो रतुवा कस्तो थियो उनीहरुले कदापी आँखाले देखेका थिएनन् । एकजना कमाण्डरले अरुलाई जोक्कर बनाउने विचारले भनि दियो, त्यो रतुवाले गाई बाख्रा खादैन रे जान्नु भो । उसको कुरा सुन्नासाथ सबैले आ–आफ्ना भएका सारा चौपाया दाम्लो काट्दै छोडेर वनमा लखेटे । घर घरमा आगो लागाईयो । दुला दुलामा छापा मारियो । जसले सक्छ उसले काटमार मच्चाए, जाई लाग्न नसक्नेहरु शोकाकुलमा डुबे । यस्तै परिघटनाले शान्त भूमि कोलहालमय बन्यो । यहाँका मानिसलाई विश्वास थियो कि रतुवा भेटियो भने मेरो राज चल्छ । म राजा हुन्छु र अरु सबैलाई शासन गर्छु । तर त्यो सपना साकार भैरहेको थिएन ।

घना जंगलको विचमा पुगेका घरपालुवा चौपाया मानिसलाई नदेखे पछि डराउँदै जंगली जनावरको आक्रमणबाट मृत्युवरण गरे । केहि मानिसले आफ्ना चौपायाहरु ब्वाँसोको आहार बनेकोे कुरा अरुलाई सुनाए । तर, ब्वाँसोले चौपाया खाएको उसको कुरामा कसैले स्विकार गरेनन् । बरु उसलाई दिमागी हालत ठिक नभएकाले उपचार गरिदिने आश्वासन ब्यक्त गरे ।

उन्माद आन्दोलनमा हौसिएका मानिसहरुको मृत्युको खबरले यमलोकमा उमंग छायो । यमराज कालपास लिएर रमाउँदै रक्तविजको होलीमा सामेल भए । यता शान्त शहरमा कोलाहल मच्चिरह्यो । कोही मानिसल आफ्ना चौपाया फिर्ता नआएको झोकमा यसको हल्कारा कसले गरेको हो त्यसलाई पाता कसेर सुलिमा चढाउने उद्घोष गरे । भिडमा सबैले सबैलाई खोजी गरे तर को थियो चिनेनन् । उन्माद शहरको हुल बढेर गाउँ गाउँमा पस्यो र जे भेट्यो त्यसैलाई सखाप बनायो ।

हराएको भिडमा भरिएको नेपालमण्डलको प्रचण्ड तापिलो क्रियाकलाप देवेन्द्रका लागि अति रोचक र रहस्यमय बन्दै गयो । प्रकारान्तः रक्तविजको होलीमा रमाउने यमराजलाई यो ठाउँ छोड्न मन लागेन । उनी पनि त्यो मानिसको खोजीमा रहे जसबाट उनले नगराएको काम सम्पन्न भयो ।

यहि चक्करमा समय बितेको पत्तो भएन । उन्माद आन्दोलनको भेल रोकिने अवस्थामा पनि रहेन । निर्दोष प्राणीको पोलेको आत्माले स्वयम सृष्टिकर्ता ब्रम्हाजीको उपस्थिति आवस्यक देखियो । ब्रम्हाजीको भेषमा आउँदा समस्या होला भन्ने ठानेर उनले रतुवा ब्वाँसोको स्वरुपमा भेष धारण गरी स्वयम यमराजको नजिकै आएर हाजिर भए । उनलाई विश्वास थियो, यस पटक यमराजले पक्का चिन्ने छन् । तर यमराजले ति भेषधारी ब्रमहाजीलाई चिन्नै सकेनन् । त्यसपछि आन्दोलनको कुनै कमाण्डरले साहेद समात्ला भन्ने डर उनमा थियो । तर कमाण्डर उनकै समिप आयो र ठम्याउन सकेन । त्यसले रतुवा नामको ब्वाँसो समातेन । बरु अलि पर पुगे पछि भन्यो समात् रतुवा यतै कहि छ ।

हो, अहिले नेपालमा राजनैतिक दल विशेष गरी सरकार संचालन गरेको नेकपाको हालत यस्तै रहेको छ । आफूले ल्याएका समस्याहरु रतुवा नामको ब्वाँसो झै हुँदै गएको छ । आन्दोलनको कमाण्डरमा व्यवस्थापन गर्ने ढंग नपुग्दा जनताका लागि यस्तै काडेवार बन्दै छ भन्ने गुनासोे चारैतिर छ । कोभिडको आक्रान्त र संक्रमण झन बढ्दो क्रममा छ । कोरोना संक्रमित आम जनताले अब जय पशुपतिनाथ भन्ने बाहेक अस्पतालमा उपचार पाएर बाँच्ने अवस्था छैन । सरकारका अंगहरु छन् भनिन्छ तर प्रदेश सरकारले कोरोनाको सवालमा काम खासै गरेको देखिदैन । हिजोका दिनमा ति नेपाली जसले आफ्नै सन्तानको आहुति दिए र रगतमा होली खेले । तिनका घर उजाडियो, दाजुभाई गुमाए अनि उनका लागि दिईने उपहार भनेको उदारो फोस्रा नाराहरुमा सिमित रह्यो ।

डा. उत्तम खनाल
ना.न.पा ८, काठमाण्डौ ।

प्रतिकृयाः [email protected]

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -