मानिसले माया गर्ने आमा , बा , छाेराछारी , श्रीमती / श्रीमान् पछि केही छ भने त्याे जन्म भूमि हाे । मातृभूमिकाे प्यारकाे उभार त्यतिबेला महसुस हुन्छ जतिवेला मानिस विदेशमा रहन बाध्य हुन्छ ।
घुमफिर , रमाइलोका लागि विदेश गएकाे बखत त्यति महसुस नहाेला । जतिवेला आफ्नाे देशले राेजगारी दिन सक्दैन । अाफ्ना लालाबालाकाे लागि चकलेट , नयाँ कपडा किन्न , पाेषिलाे खाना खुवाउन नसकेर मनमा पीडा लिएर वाँच्नु पर्छ अनि त्यतिबेला नेपाल जस्ताे कमजाेर मुलुकका नागरिकले देश छाड्न बाध्य हुनु पर्छ । अाफ्नाे देशकाे माटाे , पानी , घाम , हावा , जंगल , खाेंच , वेंशी , हिमाल , झरनाकाे सम्झनाले मानिसलाई अबश्य सताउछ ।
अाफन्त विछाेडकाे पीडा त छँदैछ । यसरी देशकाे मायालाई मुटुमा वाेकेर विदेशीन बाध्य नेपाली दाजुभाइ दिदिबहिनीका ईच्छा धेरै छैनन् । उनीहरूले देशकाे निकम्मा शासकलाई पनि गाली गरेका छैनन् । यति धेरै प्राकृतिक स्राेत भएकाे , जनशक्ति भएकाे , साँस्कृतिक ऐतिहासिक सम्पदाले सम्मन्न भएर पनि प्रगतिपथमा देशलाई लैजान नसकेर देश भ्रष्टाचारमा चुर्लुम्व डुवाउदा पनि यी विदेशमा पसिना वगाउने नेपालीले गाली गरेका छैनन् ।
विदेश भूमिमा वगेकाे पसिनाकाे हिसाब , पाेतिएकाे रगतकाे मूल्य र वितेकाे समयकाे क्षतिपूर्ति विदेशमा वस्ने नेपालीले मागेका छैनन्। उनीहरुले देशकाे माटाेसंग जाेडिन चाहेका छन् । देशकाे प्रगतिपथकाे सहयात्री वन्न चाहेका छन् । परिवन्दले विदेशमा रहन परे पनि प्रत्येक ५ — ५ वर्षमा अाउने निर्वाचनमा अाफ्नाे मताधिकार प्रयाेग गर्न देउ भनेका छन् । याे प्रविधिकाे समयमा सुचना प्रविधिको प्रयाेग गरेर अाफ्नाे देशकाे नेतृत्व छान्न पाउने अधिकार दिलाई देउ भनेका छन् । वाध्यता र विवशताले विदेशीन पुगेका नेपाली अाफ्नै जन्मभूमि प्रतिकाे माया र श्रद्वा अाफुलाई सहि लागेकाे नेतृत्व छनाेट गर्ने अधिकार प्रयाेग गरेर व्यक्त गर्न चाहन्छन् ।
राज्यले अाफ्नाे कर्तव्य पूरा किन नगर्ने ? राज्यले संसारभर वस्ने नेपालीको भावना र चाहना वुझेर सहि नेतृत्व दिन सक्नु पर्छ ।नेपालकाे संविधानले प्रत्याभूत गरेकाे मताधिकारकाे अधिकार सुनिश्चित गर्न सर्वाेच्च अदालतले समेत निर्देश गरिसकेकाे अाजकाे सन्दर्भमा सुचना प्रविधिकाे विश्वासिलाे प्रयाेग मार्फत विदेशमा बस्ने नेपाली नागरिकले अाफ्नाे मत दिन पाउने व्यवस्था लाेकतान्त्रिक राज्यले गर्नै पर्नेछ । अबकाे निर्वाचनमा त्यसकाे कार्यान्वयनले विश्वका मुलुकहरुमा नेपाली प्रजातान्त्रिक पद्धतिले एक हद सम्म सम्मान र विश्वसनियता समेत प्राप्त गर्नेछ भन्ने तथ्यमा दुई मत देखिदैन ।
यहि महत्त्वपूर्ण कार्यभार पूरा गर्न बिदेश तथा स्वदेशमा रहेर लाेकतान्त्रिक मूल्य र मान्यताकाे स्थायित्व काे अभियानमा लागेका हामी काँग्रेसजनकाे एउटा महत्त्वपूर्ण कार्यभार हाे । यसका लागि अगाडि वढ्नु जरुरी छ ।
युवराज बास्टाकोटि ( लेखक नेपाली काँग्रेस संघिय मामिला तथा प्रदेश समन्वय केन्द्रीय विभागका सदस्य हुन् )









































