Opens in a new tab
२०८३ मंसिर १, सोमबार
६:२२:०९ बिहान
- ADVERTISEMENT -

‘साइबर हमलाको कडा असर’

प्रकाशित मिति: २०७७ असार १९, शुक्रबार

684
Shares

काठमाडौँ, शुक्रबार, १९ असार २०७७ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस रोग (कोभिड–१९) को समस्यालाई अनलाइन स्रोत समेतको प्रयोग गरी रोकथाम र नियन्त्रण गर्न नेपाल सरकार सक्रिय रहेको बताउनुभएको छ ।

एस्टोनिया र सिङ्गापुरद्वारा आयोजना गरिएको कोभिड–१९ मा डिजिटल माध्यमको उपयोगितासम्बन्धी मन्त्री स्तरीय भर्चुअल सम्मेलनलाई सम्बोधन गर्नुुहुुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशलाई ज्ञानमा आधारित समाजमा रूपान्तरण गर्ने कार्य भइरहेको बताउनुभयो । कम विकसित देशले गलत सूचना र साइबर हमलाको सबैभन्दा कडा असर भोग्नु परेको भन्दै उहाँले यी देशको क्षमता अभिवृद्धि गर्र्नुपर्नेमा जोड दिनुभयो । सुरक्षित, दिगो र न्यायसङ्गत डिजिटल पहुँच सुनिश्चित गर्नका लागि अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

विद्युतीय सुशासन र साइबर सुरक्षा ग्रुप अफ फ्रेन्ड्सका सहअध्यक्षका रूपमा मन्त्री ज्ञवालीले सम्बोधन गर्नुभएको थियो । यस सम्मेलनले देश कसरी नवीन र डिजिटल माध्यमकोे प्रयोग गरेर कोभिड–१९ सङ्कटको सामना गर्न अझ सक्षम र सुसज्जित हुनसक्छ भन्ने विषयमा जोड दिइएको थियो ।

सम्मेलनमा ६० भन्दा बढी देशको सहभागिता थियो । ‘क्लोज्ड द डिटिल डिभाइड : द डिजिटल रेस्पोन्स टु कोभिड–१९’ अवधारणामा भएको सम्मेलनका सहभागी राष्ट्रका मन्त्रीले आफ्ना राष्ट्रिय अनुभव साटासाट गर्ने जनाएका छन्  ।

साथै, समावेशी डिजिटल रूपान्तरण, क्षमता निर्माण र कनेक्टिभिटीको विस्तारका लागि सहकार्य गर्न वचनबद्धता व्यक्त गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनले विश्वव्यापी घोषणापत्र समेत सार्वजनिक गर्नेछ । गोरखापत्रका साथमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -