Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४८:०२ बिहान
- ADVERTISEMENT -

इन्टरनेट ‘स्पिड’ को स्पष्ट जानकारी दिनुपर्ने

प्रकाशित मिति: २०७७ असार ८, सोमबार

771
Shares

काठमाडौँ, सोमबार, ८ असार २०७७ । सम्झौतामा उल्लेख भएअनुसारको इन्टरनेट ‘स्पिड’ नपाएको गुनासो बढेपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेड ब्यान्डविथको स्पष्ट जानकारी दिने व्यवस्था गर्न सेवाप्रदायकलाई निर्देशन दिएको छ ।

कुन समयमा के कति इन्टरनेट प्रयोग भएको हो, त्योबारे प्रयोगकर्ता आफैँले हेर्न मिल्ने व्यवस्था गर्न प्राधिकरणको निर्देशन छ । यस्तो व्यवस्थापछि प्रयोगकर्ता आफैँले आफूले जडान गरेको इन्टरनेटको गुणस्तर र प्रयोग भइरहेका डिभाइस सङ्ख्याका बारेमा जानकारी लिन सक्ने प्राधिकरणका निर्देशक विजय रोयले जानकारी दिनुभयो । ‘राउटर अथवा धेरै डिभाइसमा कनेक्ट भएका कारणले इन्टरनेट स्पिड कम हुँदा पनि गुनासो आइरहेको छ, उहाँले भन्नुभयो, यस्तो व्यवस्थापछि प्रयोगकर्ताले वास्तविकता थाहा पाउने र बुझेर मात्र गुनासो आउने अपेक्षा छ ।

प्राधिकरणका अनुसार यस्तो व्यवस्था गर्न सेवाप्रदायकलाई अतिरिक्त भार भने पर्ने छैन । अहिले पनि वल्र्ड लिङ्क, सुबिसुलगायतका सेवाप्रदायकले यस्तो व्यवस्था गरे पनि प्रयोगकर्ताको तहसम्म भने त्यसको व्यापक प्रयोग भएको छैन । प्राधिकरणको अनुगमनका क्रममा केही सेवा प्रदायकले यस्तो व्यवस्था गरे पनि प्रयोगकर्तालाई भने जानकारी नभएको पाइएको रोयले बताउनुभयो । सेवाप्रदायकले उपलब्ध गराउने युजर आईडी र पासवर्डको आधारमा लग इन गरेपछि विभिन्न समयमा प्रयोग भएको इन्टरनेट ब्यान्डविथका बारेमा ग्राफसहित प्रयोगकर्ताले सजिलै हेर्न सक्ने उहाँको भनाइ छ ।

प्राधिकरणको यो निर्देशन मोबाइल इन्टरनेट सेवा उपलब्ध गराइरहेका दूरसञ्चार सेवाप्रदायकलाई पनि लागू हुने उहाँले जानकारी दिनुभयो । मोबाइल सेवाप्रदायकले एप्स अथवा अन्य कुनै माध्यमबाट प्रयोग भएको इन्टरनेटको वास्तविकता उपलब्ध गराउनुपर्ने छ । प्राधिकरणको तत्काल यस्तो व्यवस्था गर्न निर्देशन दिएकोले यो लागू नभए कारबाही गरिने जनाएको छ ।

यो व्यवस्था लागू भएपछि प्रयोगकर्ता, सेवाप्रदायक र नियामक तीनै पक्षलाई फाइदा पुग्ने प्राधिकरणले जनाएको छ । प्रयोगकर्ताले इन्टरनेटको वास्तविकता जान्न नपाउने, सेवाप्रदायकलाई इन्टरनेट स्पिडबारेमा गुनासो कम हुने र नियामकलाई वास्तविक गुनासो मात्र आउने अवस्था यसले सिर्जना गर्ने निर्देशक रोय बताउनुहुन्छ । इन्टरनेटबाहेक दूरसञ्चारसँग सम्बन्धित अन्य गुनासो प्राधिकरणले अहिले अनलाइनबाटै लिने सुविधा उपलब्ध गराइरहेको पनि उहाँले जानकारी दिनुभयो । त्यस्तै अनलाइनबाटै अनुगमनको काम पनि सुरु भएको उहाँले बताउनुभयो ।

सेवाप्रदायकले आयात गरिरहेको ब्यान्डविथलगायतका विषयको अनुगमन अहिले प्राधिकरणले आफ्नै कार्यालयबाट गर्न सक्ने गरी अटोमेसनमा लगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -