Opens in a new tab
२०८३ मंसिर १, सोमबार
१२:२०:११ राति
- ADVERTISEMENT -

मोबाइलमा ब्यालेन्स घट्यो ? नघट्न यसो गर्नुस्

प्रकाशित मिति: २०७७ वैशाख ३१, बुधबार

656
Shares

काठमाडौं, ३१ बैशाख २०७७ । के तपाईंको एनसेल र एनटीसी सिमको ब्यालेन्स थाहै नपाईकन घटिरहेको छ ? धेरैजसो मोबाइल प्रयोगकर्ताको एउटै गुनासो हुने गर्छ– पैसा त्यत्तिकै सकिन्छ । उमेर ढल्केकाहरू बच्चाले ट्रान्सफर गरेको सोच्छन् भने अधिकांशले ख्यालै गर्दैनन् ।

सोमबार सामाजिक सञ्जालमा एनसेलले जानकारी नदिईकन नै दैनिक १५ रुपैयाँभन्दा बढी ब्यालेन्स काटिरहेको पोस्ट भाइरल भएपछि धेरैले यो कुरा याद गरे । एनसेलले हुवावे गेम कन्टेन्ट र बिजनेस ह्यान्डलिङ शुल्कको नाममा दैनिक १५ रुपैयाँ ३२ पैसासम्म ब्यालेन्स काट्छ ।

यसैगरी, नेपाल टेलिकमको मोबाइल डेटामा ब्यालेन्सबाट पटक–पटक नौ पैसा काटिएको स्क्रिन सट सामाजिक सञ्जालमा पोस्ट गरिएको छ ।
ग्राहकले नै विभिन्न अनलाइन विज्ञापन क्लिक गर्दा यो अटोमेटिक रूपमा एक्टिभ हुने गर्छ । फेसबुक, एन्ड्रोइड ह्यान्डसेटको एपीपी वा गुगल पेजमा डिजिटल विज्ञापन पेज क्लिक गरेपछि थर्ड पार्टी पार्टनरको सब्सक्रिप्सन पेज खुल्छ । पार्टनरको पेजमा सेवाग्राहीले कन्फर्मेसन गरेपछि एनसेलको सहमति प्राप्त पेज खुल्छ र त्यहाँ प्रयोगकर्ताको सब्सक्रिप्सन एनसेलले रि–कन्फर्म गरिदिन्छ । त्यसरी रि–कन्फर्म गर्दा त्यस्ता पेजमा प्रयोगकर्ताको निश्चित शुल्कमा निश्चित सेवा सब्सक्राइब हुन जाने गर्छ ।

होसियारीपूर्वक ती विज्ञापन हेरी सब्सक्राइब गर्दा पूर्ण रूपमा पढेको भए पैसा लाग्ने वा नलाग्ने यकिन हुन जान्छ । तर, अधिकांशले यस्तो गर्दैनन् । अन्तर्राष्ट्रिय डिजिटल विज्ञापन एजेन्सीले प्रयोगकर्ताको ह्यान्डसेटमा डिजिटल विज्ञापन पठाउँछन् । यस्तो सब्सक्रिप्सनबाट बच्न विज्ञापनको नोटिफिकेसन राम्ररी पढ्नुपर्छ । सब्सक्रिप्सन बटन क्लिक राम्ररी नपढी कुनै पनि विज्ञापनलाई कन्फर्म नगर्ने हो भने यस्तो समस्या हुँदैन ।

यस्तो समस्याबाट पीडित ग्राहकले एनसेलको आधिकारिक फेसबुक पेजमार्फत र कलसेन्टरमा सम्पर्क गर्न सक्ने व्यवस्था रहेको छ ।
लगातार रूपमा पैसा काटिरहेको छ भने अंग्रेजीमा ‘एसटीओपी’ लेखेर १७७२४ मा एसएमएस पठाउनुपर्ने हुन्छ । यसो गर्दा पनि भएन भने एनसेल कल सेन्टरमा कल गरेर वा एनसेलको फेसबुकमा रिपोर्ट गर्नुपर्ने हुन्छ ।

मोबाइलको ब्यालेन्स कटौटी भए–नभएको जानकारी एनसेलको एपमार्फत जाँच गर्न सकिन्छ ।

नेपाल टेलिकममा काटिने ९ पैसा भने डेटा अन गरेपछि ब्याक ग्राउन्ड एप चलिरहँदा काटिएको हो । टेलिकममा अर्को डेटा अन गर्नेबित्तिकै उसले सेसन सेटअप गर्न खोज्छ । सेसन सेटअप मोबाइलअनुसार फरक–फरक हुन्छ ।

कुनै स्मार्टफोनमा ब्राउज गरेपछि मात्रै सेसन सेटअप सुरु हुन्छ भने कुनैमा डेटा अन गर्नेबित्तिकै आफैं सेसन सुरु हुन्छ । एनटीसीमा १ सय किलोबाइट बराबर ९ पैसा लाग्छ । जस्तो कलमा १० सेकेन्डलाई एक पल्सका रूपमा लिइन्छ । सुरुमा डेटा खोल्दा मात्रै पनि सेसन सेटअप हुँदा सय किलोबाइटभन्दा कम वा एक किलोबाइट नै किन प्रयोग नहोस्, त्यति नै पैसा काटिने हुन्छ ।

इन्टरनेट चलाउँदा ब्याक ग्राउन्ड डेटा अन गरिएको छ कि छैन, राम्रोसँग ख्याल गर्नुपर्छ । हरेक स्मार्ट मोबाइलको डाटा अन गर्दा ब्याक ग्राउन्ड डेटा अफ गरेको खण्डमा बिनासित्तिमा पैसा काटिँदैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -