Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५३:३६ दिउँसो
- ADVERTISEMENT -

नेपालमा कोरोना संक्रमणको अवस्था भयाबह छैन : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

प्रकाशित मिति: २०७७ वैशाख २३, मंगलबार

862
Shares

डा. रवीन्द्र पाण्डे

आजसम्म नेपालमा ८२ जना कोरोना संक्रमित पत्ता लागेका छन् । एक हप्ता पहिले उदयपुर इपिसेन्टर देखिएको थियो भने अहिले नेपालगंज देखिएको छ । यसले आम मानिसमा चिन्ता बढाएको छ । जनस्वास्थ्य विज्ञ, डा. रवीन्द्र पाण्डेको अध्ययन अनुसन्धान अनुसार नेपालको स्थितिका बारेमा बताउनु भएको छ ।

डा. रवीन्द्र पाण्डेको अध्ययन अनुसन्धान अनुसार

– नेपालमा कोरोना संक्रमणको पहिलो केस देखिएको साढे ३ महिना भयो । यो अबधिमा ६ बर्षको बालिकादेखि ८१ बर्षकी हजुरआमा संक्रमित भएका छन् । ६५ बर्षकी दीर्घ रोग भएकी बाग्लुंगकी आमा पनि संक्रमित हुनुभएको छ । खुसीको कुरा के छ भने एक जना संक्रमितलाई पनि आइसीयुमा राख्न परेको छैन । भेन्टिलेटर प्रयोग गर्नुपरेको छैन । कसैको पनि मृत्यु भएको छैन ।

– २-३ वटा केस बाहेक अरु संक्रमितमा कुनै पनि लक्षण देखिएको छैन । कोहि पनि गम्भीर भएका छैनन् ।

– बिरामी भएर तथा अस्पताल पुगेर जांच गर्दा कोरोना संक्रमण देखिएको छैन । विदेशबाट आएका केहि संक्रमित आफै कोरोना संक्रमण टेस्ट गर्न अस्पताल गएका थिए भने अधिकांश संक्रमितलाई स्थानीयको उजुरीको आधारमा, क्वारेन्टाइनमा बसेका मध्ये परिक्षण गर्दा तथा कन्ट्याक्ट ट्रेसिंगको आधारमा रोग पत्ता लगाइएको छ ।

– एकै परिवारमा कोहि संक्रमित छन्, कोहि संक्रमित छैनन् ।

– कोरोना संक्रमण भित्रभित्रै भुसको आगो भएको छ कि भन्ने शंका ब्यापक छ । तर यो सत्य होइन । संक्रमण धेरै फैलिएको भए उपचार खोज्ने, अस्पताल जाने, आइसीयुमा भंर्ना हुने तथा मृत्यु हुनेको संख्या बढ्ने थियो । यसबाट भन्न सकिन्छ कि संक्रमित छन्, तर ठूलो संख्यामा छैनन् ।

– नेपालमा देखिएको कोरोना संक्रमण अरु देशमा भन्दा फरक छ । हामीकहाँ आएको कोरोना भाइरसको स्ट्रेन निकै कमजोर छ । हाम्रो हावापानी, खानपिन, परम्परा आदिको कारण पनि यहाँको कोरोना भाइरस घातक नदेखिएको हुनसक्छ ।

– नेपालका अनुसन्धानकर्ताले हामीकहाँ देखिएको कोरोना भाइरसको जिनम टेस्ट गर्न बाहिर पठाउनु पर्दछ । यसबाट थाहा हुन्छ कि अमेरिका, बेलायत, युरोप आदि देशमा फैलिएको कोरोना भाइरस र नेपालमा देखिएको कोरोना भाइरस एकै प्रजाति हो कि फरक हो ? भन्ने तथ्य थाहा हुन्छ ।

– उदयपुर, बिरगंज र नेपालगंजमा एकै समुदायमा धेरै संक्रमित छन् । यसको कारण सामाजिक दुरी कायम नभएकोले मात्र हो कि अन्य कुनै जेनेटिक कारण छ ? यसको अनुसन्धान हुनु जरुरी छ ।

– विश्व तथ्यांक हेर्ने हो भने, WHO, CDC आदिको रिपोर्ट हेर्ने हो भने एकजना संक्रमितले २ देखि ३ जनालाई मात्र संक्रमण सार्न सक्दछ ।चीन को बुहानमा कोरोना संक्रमण पिकमा पुग्दा एक संक्रमितले औसतमा ५ जनालाई सारेको बताइएको थियो । केहि समयपछि बुहानमा एक संक्रमितले ४ जना, ३ जना हुँदै सार्ने डर घटेको थियो । तसर्थ, एकजनाले हामीले कल्पना गरेजस्तो धेरै व्यक्तिलाई संक्रमण सार्न सक्दैन ।

– नेपालमा संक्रमित अधिकांश विदेशबाट आएका व्यक्तिलाई देखिएको छ । लकडाउन, क्वारेन्टाइन आदिको कारण उनीहरु समुदायमा निस्किन पाएनन् । कोरोना भाइरस मान्छेलाई लाग्ने बित्तिकै र १५ दिनभित्र जति अरुलाई संक्रमण सार्न सक्छ, १५ दिनपछि सार्ने क्षमता घट्दै जान्छ । त्यसैले बाहिरबाट आएका व्यक्तिहरुबाट स्थानीयमा त्यति धेरै सर्न पाएको छैन ।

– संक्रमित मध्ये ८५ % लाई आफै निको हुने र १५ % मा गम्भीर लक्षण देखिने, ८-१० % लाई आइसीयु / भेन्टिलेटर चाहिने, ३ % को मृत्यु हुने विश्वव्यापी तथ्यांक तथा दावी नेपालमा लागु भएको छैन । यहाँ ९० % लाई लक्षण देखिएको छैन । १० % लाई हल्का देखिएको थियो । आइसीयु, भेन्टिलेटर र मृत्यु अरु देशमा जस्तो यहाँ आबश्यक भएको छैन ।

– अन्य देशमा मलेरिया, एचाइभी, इबोला, जापानिज इन्फ्लुएन्जा आदिमा प्रयोग गरिने औषधि चलाइरहेका छन् । हामीकहाँ ती औषधि चलाउनु परेको छैन । सामान्य पारासिटामोल, खोकीको औषधि, सास फेर्न सजिली हुने औषधि र २-३ हप्ता अस्पताल बसेर निको भएका छन् ।

– अन्य देशमा जनसंख्या धेरै भएका सहरमा हजारौं / लाखौँ संक्रमित भएका छन् । तर नेपालमा जनसंख्या धेरै भएका सहरमाभन्दा सिमाबर्ती क्षेत्रमा संक्रमित धेरै छन् । बोर्डर १०० % शिल गर्ने हो भने हाम्रो आन्तरिक अवस्था बलियो छ ।

तसर्थ, कोरोना संक्रमणको कारण हामी आत्तिनु पर्दैन । सामाजिक दुरी कायम गर्ने हो भने हामी अझै सुरक्षित हुन्छौं । अर्को कुरा संक्रमित पत्ता लाग्नु राम्रो कुरा हो । परिक्षण जति बढायो, संक्रमित पता लाग्ने अनि उनीहरुलाई आइसोलेसनमा राख्ने अवसर मिल्छ । उनीहरुले समुदायलाई रोग सार्न पाउंदैनन् । सरकारले PCR परिक्षण ब्यापक रुपमा गर्नु जरुरी छ ।

२०७७ साल बैशाख २३ गते मंगलबार ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -