Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३८:५१ बिहान
- ADVERTISEMENT -

१६ औ बार्षिक उत्सब तथा रेडियो पर्यावरण अवार्ड २०७६ सम्पन्न

प्रकाशित मिति: २०७६ माघ २२, बुधबार

1406
Shares

ललितपुर, २०७६ माघ २२ गते । युवा जागरण पर्यावरणीय मन्चद्वारा स्थापित “विश्वको पहिलो वातावरण रेडियो” रेडियो पर्यावरण १०४.२को १६ औं वार्षिकोत्सब तथा रेडियो पर्यावरण अवार्ड २०७६ एक बिशेष समारोहका बिच सम्पन्न गरिएको छ ।

रेडियो पर्यावरणको प्रांगणमा सम्पन्न गरिएको उक्त कार्यक्रममा स्वास्थ्य, शिक्षा, वातावरण, सामाजिक सेवा, सहकारी, लोक गायन, संगीत सूचना, मनोरञ्जन, विज्ञापनका क्षेत्रमा उत्कृष्ट, नवप्रवेशी देखि वरिष्ठ अनुभवीसम्मलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवम् नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले रेडियो पर्यावरणले जस्तै सबै सञ्चार माध्यमले वातावरण संरक्षण र सम्बर्द्धन अभियानमा अनिवार्य रूपमा लाग्नु पर्ने बताउनु भयो ।

त्यसैगरी,शताब्दी पुरुष सत्यमोहन जोशीले पर्यावरणलाई सबैले प्राथमिकता राख्नु पर्ने भन्दै लोकसंस्कृति संरक्षणमा पर्यावरणको भुमिका सशक्त रहने बताउनु भयो ।

कार्यक्रममा सहकार्य गर्दै गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले १६ औं वार्षिकोत्सबको अवसरमा वातावरणको क्षेत्रमा रेडियोको भुमिकाको प्रसंसा गर्दै आफुले सामाजिक कार्यका लागि सञ्चार माध्यममा सदैव सहकार्य गर्ने वताउनु भयो ।

त्यसैगरी, कार्यक्रममा नेकपा प्रवक्ता एवम् पूर्व उप-प्रधानमन्त्री, तथा रास्ट्रिय सभाका सदस्य नारायणकाजी श्रेष्ठ, शताब्दी पुरुष सत्यमोहन जोशी ,पूर्व मन्त्री माननीय पम्फा भुसाल, ललितपुर क्षेत्र नम्बर १ माननीय नवराज सिलवाल, प्रदेश सांसदहरु माधव पौडेल, चेतनाथ सञ्जेल, राजकाजी महर्जन, गोदावरी प्रमुख गजेन्द्र महर्जन, राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्र बहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, अन्तरास्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) अध्यक्ष डा.ॠषी शाह, सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडा ,गोदावरी प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी, चलचित्र अभिनेत्री करिष्मा मानन्धर, वन, कृषि, सुरक्षा क्षेत्रका प्रमुख लगायतको आतिथ्यता रहेको कार्यक्रममा नेपालको पहिलो वातावरण टेलिभिजन “पर्यावरण टेलिभिजन एच डी” को समुदघाटन समेत गरिएको थियो ।

उक्त टिभी नेट टिभीको च्यानल १५९ र प्रभु टिभीको १४५ मा हेर्न सकिन्छ ।

कार्यक्रम युवा जागरण पर्यावरणीय मन्चका अध्यक्ष डा अष्टमान किसी महर्जनको अध्यक्षता, दिपेन्द्र श्रेष्ठको स्वागत मन्तव्य र कार्यक्रम संयोजक नवराज सञ्जेलको सन्चालनमा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -