गोरखा, २३ कात्तिक २०७६ । राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम अन्तर्गतको दोस्रो ब्याच गोरखामा दीक्षित कार्यक्रम सम्पन्न सम्पन्न भएको छ । अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल, क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिस, स्वीस सरकार विकास सहयोग र काठमाडौंस्थित लिडरशिप एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित एक वर्षे कार्यक्रमको सन् २०१९ को चौथो सत्र तथा दिक्षान्त कार्यक्रम हिमाली जिल्ला गोरखामा सम्पन्न भएको हो ।

दिक्षान्त समारोहमा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्मा, नेपाल प्रहरीका पूर्व महानिरीक्षक तथा नेपाल ओलम्पिक कमिटीका मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधान, गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लमिछाने, युनिभर्सिटी अफ सान डिएगो अन्तर्गत आईपीजेका कार्यक्रम अधिकृत ड्यानियल ओर्थ, नेपालस्थित स्वीस राजदूतावासका राजनीतिक सल्लाहकार प्रतिज्ञा सिंखडा बास्कोटा, आईपीजेको नेपाल साझेदार लिडरशीप एकेडेमीका अध्यक्ष सन्तोष साह लगायत गोरखाका राजनीतिक दल, सुरक्षाका प्रमुखहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधि, नागरिक समाज तथा बुद्धिजिबीको बाक्लो उपस्थिति रहेको थियो ।उक्त कार्यक्रममा सहभागी महानुभाबहरुलाई प्रमाणपत्र तथा ब्याच वितरण गरिएको थियो ।

कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा ऐतिहासिक स्थल गोरखामा आयोजित राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमले नेपालको भूगोल, संस्कृति, भेषभुषालाई एकआपसमा जोडेको बताउनुभयो । यसले राष्ट्रियताको प्रवद्र्धनमा पनि सकारात्मक भूमिका खेलेको धारणा उहाँले व्यक्त गर्नुभयो ।

नेपाल प्रहरीका पूर्व महानिरीक्षक तथा नेपाल ओलम्पिक कमिटीका मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधानले युवा नेताहरुमा नेतृत्व क्षमताको विकास गर्नुपर्नेमा जोड दिन आग्रह गर्दै उहाँले युवा नै भविष्य भएको धारणा ब्यक्त गर्नुभयो । भिन्न भिन्न, भूगोल, आस्था, वर्गका व्यक्तिहरुबीचको अन्तरक्रिया नै राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम भएको बताउँदै कार्यक्रम सार्थक भएको बताउनुभयो ।
आईपीजेका कार्यक्रम अधिकृत ड्यानियल ओर्थले आईपीजे नेपालको शान्ति प्रक्रियामा सुरुवातदेखि नै काम गरिरहेको जानकारी दिँदै राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम पनि त्यसैको निरन्तरताको रुपमा सञ्चालन गरिएको बताउनुभयो । दुई वर्षमा ४५ भन्दा बढी जिल्लाका ५२ जना युवा नेतृत्व दीक्षित भइसकेको जानकारी दिनु हुदै उहाँले सन् २०२० मा पनि कार्यक्रम निरन्तर रहने बताउनुभयो ।

नेपालस्थित स्वीस बिकास सहयोगबाट प्रतिनिधित्व गर्नु भऐको राजनीतिक सल्लाहकार प्रतिज्ञा सिंखडा बास्कोटाले नेपाल केन्द्र शासित शासन व्यवस्थाबाट संघीयतातिर गइरहेको बेला सञ्चालित राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम समयसापेक्षित रहेको बताउनुभयो । “जनतासँग सीप, ज्ञान र आफ्नो कामप्रति लगाव भएको खण्डमा सफलताको सम्भावना बढेर जान्छ । परिवर्तन चाहने नेताका लागि त यो कुरा झन् बढी सान्दर्भिक हुन्छ । यो कार्यक्रमले त्यो सीप र ज्ञान तपाईहरुलाई दिएको छ । एउटा नेताको रुपमा तपाईहरुले दुर्गम र पहुँच नभएका सिमान्तकृत वर्गहरुप्रति अझ बढी जिम्मेवार हुनुपर्छ । तपाईको समाजमा रहेका संरचनागत बाधा व्यवधान तोड्न र द्धन्द्धको श्रृंखलासँग जुध्न यो कार्यक्रम एउटा बलियो माध्यम बन्न सक्छ,” उहाँले भन्नुभयो ।

सहभागीहरुको तर्फबाट गण्डकी प्रदेशबाट बेदबहादुर थापा, प्रदेश नम्बर दुईबाट गुञ्जनकुमारी राय, प्रदेश नम्बर तीनबाट रोविन लामा र गण्डकी प्रदेशबाट पूजा पौडेलले आफ्नो अनुभव सुनाउँदै कार्यक्रमको माध्यमबाट विभिन्न क्षेत्रको कला संस्कृति, भेषभुषा, रहनसहन आदि सिक्ने अवसर मिलेको र सकारात्मक सोच, विवाद समाधानका सूत्र तथा नेतृत्व विकासका अन्य थुप्रै विषयहरु सिक्ने अवसर मिलेको बताउनुभयो ।
यस शैक्षिक सत्रको शुभारम्भ प्रदेश नम्बर ५ को नेपालगन्जमा भएको थियो भने तीन–तीन महिनाको अवधिमा काठमाडौं, कास्की र गोरखामा शैक्षिक कार्यक्रम सञ्चालन गरिएको थियो ।
लिडरशिप एकेडेमी गैरनाफामूलक शैक्षिक संस्था
काठमाडौंको गौतमबुद्ध मार्ग, अनामनगरमा रहेको लिडरशिप एकेडेमी गैरनाफामूलक शैक्षिक संस्था हो । लिडरशीप एकेडेमीले युवाहरुलाई मुलुकको आर्थिक तथा सामाजिक विकासमा योगदान पु¥याउन सक्ने गरी प्रतिस्पर्धी र क्षमतावान बनाउन कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम काठमाडौंस्थित लीडरशिप एकेडेमी र अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल र क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिस र स्वीस सरकार विकास सहयोगको संयुक्त आयोजनामा सञ्चालित एक वर्षे कार्यक्रम हो ।
सन् २०१८ मा सुरु भएको यस कार्यक्रममा देशका सातवटै प्रदेशबाट यूवा नेताहरु सहभागी हुनुहुन्छ । विभिन्न राजनीतिक पार्टीका युवा नेता, स्थानिय तहका प्रमुख तथा अन्य जनप्रतिनिधिहरु, सामाजिक अभियन्ता, अधिकारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु यसमा छनोट हुनुभएको छ । देशको पूर्वदेखि पश्चिम तथा पहाड, हिमाल र तराई तीनै क्षेत्रबाट २५ देखि ४० वर्षसम्मका सहभागी छनोट गरिएको छ ।
प्रशिक्षार्थीहरुलाई सहयोग तथा मार्गदर्शनका लागि अनुभवी नेता तथा विशेषज्ञ मार्गदर्शकहरुकोे एक टिम पहुँचमा हुनेछ । साथै युवा नेता–नेतृहरुको कामलाई अझै प्रभावकारी बनाउन सुरक्षा विशेषज्ञ पूर्व आईजीपी ध्रुवबहादुर प्रधान, कानुनी विशेषज्ञ वरिष्ठ अधिवक्ता अवधेशकुमार सिंह र सञ्चार विशेषज्ञ निरञ्जन अधिकारी रहनुभएको छ ।

नेपालका युवा नेतृत्वलाई अझै प्रभावकारी बनाउन र उनीहरुमा विकसित भइरहेको नेतृत्व क्षमताको विकास, विस्तार र अभिवृद्धिका लागि यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यस प्रशिक्षणात्मक कार्यक्रमले युवा नेतृत्वको अग्रसरतामा गाउँ तथा समाज परिवर्तनका लागि भइरहेका प्रयासहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तथा समुदायमा यी कार्यक्रमको ठूलो प्रभाव सिर्जना गर्न मद्दत गर्दछ । यस कार्यक्रमले समुदाय तथा सरकारी निकायसँग अझै प्रभावकारी रुपमा काम गर्नका लागि युवा नेतृत्वलाई मिडियासँग संलग्नता, सामुदायिक समस्याहरुको वकालत, तथा सम्बोधनजस्ता विविध विषयमा तालिम प्रदान गर्छ ।
व्यवसायिक दुनियाँमा सफलता प्राप्त गर्न हरेक विद्यार्थीले आफ्नो नेतृत्व क्षमतामा वृद्धि गर्नु जरुरी रहेको छ । अझ भनौँ, आजको प्रतिस्पर्धी युगमा नेतृत्व क्षमतामा विकाससम्बन्धी अध्ययन गर्न तथा व्यावहारिक रूपमा त्यसको अभ्यास गर्न विद्यार्थीकालीन जीवन अत्यन्त महत्वपूर्ण हुन्छ । धेरै मानिस जो व्यवसायिक दुनियाँमा असफल हुन्छन्, उनीहरूमा सबैभन्दा ठूलो कमजोरी नेतृत्व क्षमता नै देखिएको छ ।
उक्त शैक्षिक संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा वैकल्पिक शैक्षिक पाठ्यक्रम निर्माण गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । विद्यार्थीलाई प्रतिस्पर्धी बन्न र प्रभावकारी नेतृत्व दिन महत्वपुर्ण भूमिका निर्वाह गरेको छ । विद्यार्थीहरुलाई वैकल्पिक शिक्षाको रूपमा नेतृत्व तथा क्षमता विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । सञ्चार तथा कार्यालय व्यवस्थापन, टेलिभिजन कार्यक्रम उत्पादन, क्षमता विकास, पत्रकारिता आदिका लागि तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेक छ । त्यसैगरी, नेतृत्व विकास कार्यक्रमअन्तर्गत युथ फोरम, लिडरशीप एन्ड स्किल डेभलपमेन्ट कार्यक्रम, अर्ली लर्निङ स्किल कार्यकक्रमहरु पनि सञ्चालन भइरहेका छन् ।
त्यसैगरी लिडरशीप एकेडेमीले युवा लक्षित टेलिभिजन कार्यक्रमहरु पनि निर्माण गरिरहेको छ, जुन एनटिभी प्लसबाट प्रशारण भइरहेको जानकारी गराउन चाहन्छौ ।









































