Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४२:४२ बिहान
- ADVERTISEMENT -

खतरनाक हुन सक्छ फेस एप

प्रकाशित मिति: २०७६ साउन ३, शुक्रबार

840
Shares

बिबिसी, वाशिङटन, ३ साउन २०७६ । अहिले सामाजिक सञ्जालमा फेस एपको चर्चा व्यापक रुपमा भइरहेको छ । एपमार्फत् मानिसहरुले आफ्नो बृद्धावस्थाको तस्बिर अहिले सार्वजनिक गरिरहेका छन् । सामाजिक सञ्जालमा यसको प्रयोग अन्धाधुन्द भइरहेको देखिन्छ ।

यो एपले कुनै पनि व्यक्तिको तस्बिरलाई कृतिम तरिकाबाट बृद्ध अनुहारमा परिणत गरिदिन्छ । तपाईँलाई आफ्नो बृद्धाबस्थाको तस्बिरले जति रोमाञ्चित गरिरहेको छ त्यसबाट तपाईँलाई खतरा पनि छ ।

यो रुसले बनाएको एप हो । जब तपाईंको तस्बिर बदल्नका लागि पठाउनुहुन्छ त्यतिबेला यो फेस एप सर्भरसम्म जान्छ । फेस एपले त्यतिबेला तस्बिरलाई छानेर अपलोड गर्छ ।  कृतिम इन्टेलिजेन्समार्फत् यसको परिवर्तन गरिन्छ । यसमा सर्भरको पनि प्रयोग हुने गर्छ । एपमार्फत् नै तपाईँले फोटो खिच्नुपर्ने हुन्छ । तर, यो एपबाट तपाईँले आफ्नो एक फोटो मात्रै होइन धेरै कुरा दिइरहनु भएको हुन्छ । तपाइँको यो तस्बिरको निजी प्रयोग मात्रै भइरहेको लाग्न सक्छ । तर, त्यति मात्रै होइन ।  यसको सार्वजनिक रुपमा प्रयोग पनि हुन सक्छ । यो एपले तपाईँको फोनको सूचना प्राप्त गर्न सक्छ । र, यो सूचना विज्ञापनमा प्रयोग गर्न सकिन्छ । यो एपले आदत र रुची समेत बुझ्ने प्रयासमा लाग्न सक्ने बीबीसीले जनाएको छ ।

यसो भएमा त्यसलाई विज्ञापनमा प्रयोग गर्न सकिन्छ । यसलाई मार्केटिङ्गको हतियारको रुपमा पनि प्रयोग गर्न सकिन्छ । कैयौं मानिसले यो कुरामा चिन्ता पनि जनाइरहेका छन् । यो एप फोनको सबै तस्बिरसम्म पुग्न सक्छ ।

कैयौै मानिसको दाबी कस्तो पनि छ भने यो एप खोल्नासाथै इन्टरनेटमा सबै तस्बिर अपलोड पनि हुन थाल्छन् । यद्यपि आइओएस र आइफोनमा कुन फोटो अपलोड गर्ने र कुन नगर्ने भन्ने सुविधा छ । फेस एपलाई लिएर अमेरिकी माथिल्लो सदन सिनेटमा पनि चिन्ता व्यक्त गरिएको छ ।  सिनेटमा अल्पसंख्यक नेता चुक सुमेरले यो फेसएपको जाँचको माग गरेका छन् । उनले ट्विटरमा एउटा चिठी नै हालेर भनेका छन्,‘‘यो ज्यादै चिन्ताजनक कुरा हो । अमेरिकी नागरिकको निजी डेटा विदेशी शक्तिले हासिल गरिरहेका छन् ।’’

ट्विटरमा एक पत्र प्रस्तुत गर्दै सुमेरले यो कामलाई गहिरो चिन्ताको विषय भएको बताएका छन् ।  यसबाट कुनै पनि अमेरिकी नागरिकको व्यक्तिगत तथ्यांक विदेशी शक्तिमा जाने उल्लेख गरेका छन् । गोपनीयताको चासो भएको भन्दै उनले संकेत गरेको सो एप अहिले विश्वव्यापी रुपमा भाइरल भइरहेको छ । फेस एपले यसअघि आफूमाथि लगाइएको आरोप खण्डन गरेको थियो । रसियाको सेन्ट पिटसवर्गमा रहेको वायरलेस ल्याब कम्पनीले आफूले स्थायी रुपमा नै तस्बिरहरु भण्डारण नगर्ने बताएको छ ।

यसैगरी डाटाहरु पनि संकलन नगर्ने जनाएको छ । प्रयोगकर्ताले अपलोड गरेको फोटोलाई आफूले अपलोड मात्रै गर्ने समेत सो कम्पनीले जनाएको छ ।  कम्पनीको आर एण्ड डी टिम रसियामा रहे पनि डाटा रसियालाई उपलब्ध नगराइने कम्पनीको वक्तव्यमा दाबी गरेको छ ।  यद्यपि सुमेरले एफबीआई र फेडरल ट्रेड कमिसनले फेस एपको छानबिन गर्नुपर्ने माग गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -