चितवन, २८ असार, २०७६ । कालिका मिडिया र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा आज देखि नारायणगढ–मुग्लिन सडक खण्डको सूचनाका एसएमएस सेवा प्रवाह गरेको छ । मुग्लिन, नारायणगढ क्षेत्रका हरेक सूचना उपलब्ध हुने गरी एसएमएस सेवा प्रवाह गरिएको कालिका एफ।एमका स्टेसन म्यानेजर ओमप्रकाश आचार्यले जानकारी दिनुभयो ।
यसका लागि मोबाइलको म्यासेज बक्समा गएर एनएमटी टाईप गरी ३४८४८ मा एसएमएस गरेपछि तुरुन्तै मोबाइलमा सन्देश आईपुग्ने आचार्यले बताउनुभयो ।घटनाको अपडेट हुने बित्तिकै सूचनाको पनि अपडेट हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख चन्द्रराज गिरीले जानकारी दिनुभयो ।
यसअघि कालिका टिभी र रेडियोले प्रयोग गर्दै आएको एसएमएस कोड ३४८४८ को नयाँ युजर नेम र पासवर्ड उपलब्ध गराएर सार्वजनिक हितका लागि ट्राफिक प्रहरीलाई उपलब्ध गराईएको छ । यस सेवा बाट यात्रुले सडको बारेमा जानकारी लिन सक्ने उहाँले बताउनुभयो ।
नारायणगढ–मुग्लिन सडक कति बेला बन्द हुने र खुल्ने थाहा नहुने भएकाले यो सेवा बाट सर्वसाधारणलाई फाईदा पुग्ने विश्वास लिईएको छ । गत वर्ष देखि कालिका मिडियाले गत वर्ष देखि सूचनाका एसएमएस सेवा प्रवाह गर्दै आएको थियो ।









































