Opens in a new tab
२०८३ मंसिर १, सोमबार
८:२०:५३ बिहान
- ADVERTISEMENT -

टिकटकले नेपालमा तीन महिनामा हटायो २४ लाख ७६ हजार भिडियो

प्रकाशित मिति: २०८२ कात्तिक ९, आइतबार

183
Shares

टिकटकले सन् २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ ।

यस रिपोर्टमा २०२५ अप्रिलदेखि जुन (तीन महिना)सम्मको तथ्यांक समेटिएको छ । जसमा टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने कन्टेन्टहरू पहिचान गर्ने र हटाउने क्रममा अपनाएका सक्रिय कदमहरूको विवरण दिइएको छ । जसले टिकटकको ग्लोबल कम्युनिटीलाई सकारात्मक अनुभवका लागि आश्वस्त गराउने टिकटकको विश्वास छ ।

२०२५ को दोस्रो त्रैमासिकमा, टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लंघनका लागि नेपालमा कुल २४ लाख ७६ हजार ३४५ भिडियो हटाएको थियो । नेपालमा टिकटकले सक्रियरूपमा हटाएका भिडियोहरूको अनुपात ९९.८ प्रतिशत रहेको छ । जसमा ९८.४ प्रतिशत भिडियोहरू २४ घण्टाभित्र हटाइएका थिए ।

विश्वव्यापी रूपमा, टिकटकले यस त्रैमासिकमा कुल १८९ मिलियन (१८९,५७८,२२८) भिडियोहरू हटाएको छ । जुन प्लेटफर्ममा अपलोड भएका सबै कन्टेन्टको करिब ०.७ प्रतिशत  हो । हटाइएका भिडियोहरूमध्ये १६३,९६२,२४१ भिडियोहरू अटोमेटेड डिटेक्सन प्रविधिबाट पत्ता लगाइएका थिए भने ७,४५७,३०९ भिडियोहरू रिभ्युपछि पुनःस्थापित गरिएका थिए ।

टिकटकको विश्वव्यापी सक्रिय हटाउने दर ९९.१ प्रतिशत रहेको छ र ९४.४ प्रतिशत फ्ल्याग गरिएका कन्टेन्टहरू पोस्ट भएको २४ घण्टाभित्रै हटाइएका थिए । यस अवधिमा टिकटकले प्लेटफर्मको विश्वसनीयता कायम राख्नका लागि ७६,९९१,६६० नक्कली खाताहरू र १३ वर्षभन्दा कम उमेरका शंकास्पद २५,९०४,७०८ खाताहरू पनि हटाएको छ ।

रिपोर्ट अनुसार, हटाइएका कुल भिडियोहरूमध्ये ठूलो हिस्सा, ३०.६ प्रतिशत भिडियोहरूमा संवेदनशील वा वयष्क थिमहरू थिए । जसले टिकटकको कन्टेन्ट पोलिसीहरू उल्लंघन गरेका थिए । थप १४.० प्रतिशत भिडियोहरूले सुरक्षा र सभ्यता मापदण्ड तोडेका, ६.१ प्रतिशत ले गोपनीयता र सुरक्षासम्बन्धी गाइडलाइन्स उल्लंघन गरेका थिए ।

साथै, ४५.० प्रतिशत लाई गलत सूचनाका रूपमा फ्ल्याग गरिएको थियो भने २३.८ प्रतिशत भिडियोहरू सम्पादित वा एआई-जेनेरेटेड कन्टेन्टका रूपमा पाइएको थियो ।

यस किसिमको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट नियमितरूपमा प्रकाशन गरेर टिकटकले पारदर्शिताप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ । प्रतिवेदनको विस्तृत जानकारी र टिकटकको कन्टेन्ट पोलिसीहरू, टुलहरू र पारदर्शिताबारे थप जान्नका लागि प्रयोगकर्ताहरूले टिकटकको ‘ट्रान्सपरेन्सी सेन्टर’ भ्रमण गर्न सक्नेछन् ।

टिकटक छोटा भिडियोहरूका लागि अग्रणी मोबाइल प्लेटफर्म हो । टिकटकको विश्वव्यापी मुख्यालय लस एन्जलस र सिंगापुरमा रहेको छ । यसका कार्यालयहरू न्युयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जकार्ता, सियोल र टोकियोमा रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -