के पी भट्ट, कनेटिकेट अमेरिका मे २८, २०१९ । वडादेखि गाउँपालिका , प्रदेशदेखी केन्द्रसम्म बजेट निर्माणको तयारीमा जनप्रतिनिधिहरु ब्यस्त छ्न ।
जनमुखी बजेट आउनेमा सबै आशावादी छ्न । हावा बजेट र हावा योजनाले यो पटक स्थान नपाओस । कृषि , शिक्षा , स्वास्थ , सडक लगायत लोककल्याणकारी सिद्धान्तमा आधारित बजेटले मात्रै जनताको मुक्तिको यात्रा तय गर्न सक्छ ।
म सबै जनप्रतिनिधि ज्यु हरुलाई विनम्र अनुरोध गर्दछु । यो पटकको बजेटमा जनताका आधारभुत अत्यावश्यक मागहरुमा ध्यान पुगोस ।
सामुदायिक शिक्षा प्रणालीलाई अधिकतम बजेट बिनियोजित गरियोस । स्थानीय सरकारले सामुदायिक शिक्षा पद्धतिलाई कसरी गुणस्तर र प्राविधिक युक्त बनाउन सकिन्छ यसमा प्रचुर समय खर्च गरोस । मुटु माथि ढुङ्गा राखेर २५ बर्ष , ३० बर्ष , ३५ बर्ष र ४० बर्ष सम्म अध्यापन गराउनु भएका शिक्षक गुरुहरुलाई प्रधानाध्यापक हुनु भएकोमा हार्दिक बधाई हामीले कतिन्जेल दिइ रहने ?
२५ बर्ष भन्दा माथी अध्यापन गराउनु भएका आदरणीय गुरुहरुको स- सम्मान बिदाइ गर्दै युबा दक्ष र तालिम प्राप्त पुस्तालाई अझै गुणस्तर र प्राविधिक शिक्षामा जिम्मेवारी अब कहिले दिने ।
आदरणीय जनप्रतिनिधि ज्युहरु, यो एकदमै महत्त्वपूर्ण विषयमा छिटोभन्दा भन्दा छिटो ऎन, निमावली, कानुन तर्जुमा गरी शिक्षा क्षेत्रमा युबा जोस र दक्ष जनशक्तिलाई परिचालन गर्ने जिम्मा तपाईहरुको काधमा छ । अब ढिला नगरौ ।
शिक्षा ज्ञानको ज्योति हो । यो किरण पुन्जलाई सिमित होइन असीमित गराउ । हाम्रा भाबी पुस्ताहरुलाई दक्ष र प्राविधियुक्त जनशक्ति निर्माण गर्न महत्त्वपूर्ण भुमिका गुरुहरुको हुन्छ । यसलाइ सभ्य मानव जिबनको पहिले खुट्किलो मान्दै यथासक्य कार्यनयन गरौं ।
शिक्षा जस्तैः तर अति महत्त्वपूर्ण विषय स्वास्थ्य समस्या तपाइ हाम्रो छ । आम नागरिकको नैसर्गिक अधिकार, मौलिक हकमा पर्ने स्वास्थयमा खेलबाड नगरौ । जोखिम युक्त रोगहरु तपाई हाम्रो घर आगनमा दिनानुदिन आइसकेको छ । क्यान्सर , हृदयघात मिर्गौला लगायत दीर्घकालीन रोगहरुको बेजोड प्रस्तुतिले हामीलाई घेरी सकेको छ । यसको लागि सामन्य रोगको उपचारको लागि स्थानीय रूपमा नै सेवामुलक पद्धतिको निर्माण गरौ ।
जघन्य र जोखिम युक्त रोगको बारेमा जनचेतनामूलक कार्यक्रमहरु संचालन गरौ । जसले यी रोगलाग्न बाट केही हदसम्म कम हुन सक्छ । खानेपानी अर्को हाम्रो दैनिक जिबनको महत्त्वपूर्ण शत्रु हो । यसको स्थायी सामाधानको निमित्त सबैले सकारात्मक पहल अहिले बाट नै गरौ । एक गाग्री पानीको लागि बुढी आमा हरु को पिडा र पसिनाको धारालाई अब देखी देख्न नपरोस् । यी आमाहरुको मुहारमा खुसीको मुस्कान कसरी देखिन सकिन्छ भरमग्धुर प्रयास गर्नुहोस् । दुशीत र फोहोर खानेपानीले तपाई हामीहरुमा कति असर र नयाँ रोगहरुले आक्रमण गरेको छन । अब यस्ता आक्रमण बन्द गर्ने प्रायास गर्नुस् । एक घर एक धाराको अभियानलाई आफ्नो गाउँ र बस्तीहरुमा कार्यनयन गराउनुस ।
भौतिक पुर्बाधारको नितिमा सडक निर्माणलाई पहिलो प्राथमिकतामा राख्नुहोस । गुणस्तर युक्त सडक, ग्रामीण र कच्ची सडकहरुको स्तर उन्नतिको लागि दीर्घकालीन रुपमा टिकाउ र जन सुबिधा हुने किसिमका सडकहरुलाई पहिलो प्राथमिकता दिनु होस । सबै किसिमका भौतिक पुर्बाधार निर्माणमा गठन हुने स्थानीय उपभोक्ता समितिहरुमा आफ्ना मानिस भन्दा राम्रा मानिस राख्ने परिपाटीको निर्माण अहिले बाट नै शुरु गरौ ।
हिजो राम्रालाईभन्दा हाम्रालाई उपभोक्ता समितिको अध्यक्ष बनाउदा आइ परेका याबत समस्याहरु हामीलाई अबगत नै छ । अब यस्तो गल्ती नगरौं ।
भौतिक पुर्बाधारहरु निर्माण गर्दा सरकारले अंगिकार गरेको संयुक्त रास्ट्रसंघको दिगो बिकास सम्बन्धि घोषणापत्रलाई आत्मसात गरौ । दिगो बिकासको सर्बमान्य (5P) को सिद्धान्तलाई आजैदेखी तपाई हाम्रो बिकासमा अन्तरघुलन गरौ ।
5P बिकास संगै हुने बिनास रोकथामको बिश्वब्यापी अमुक शुत्र हो । पिपुल्स, प्लानेट, प्रोग्रेस, पर्पोटी र पिसको सिद्धान्त नै 5P को अन्तर्राष्ट्रिय सिद्धान्त हो । बिकास निर्माणमा यो सिद्धान्तलाइ फलो गर्ने हो भने हाम्रो भूगोलको बिनाश हुने छैन । कालन्तरमा पछुतो हुनु पर्ने छैन । बिकास सगसगै हुने ठुलो बिनासलाई हामीले अहिलेदेखी रोक्दै जानू पर्छ । यसको बारेमा उचित ध्यान दिनुहोला । यत्रतत्र बिकसित भयको डोजरे सस्कृतिको तत्काल अन्त्य गर्नु होला । यसले बिकराल रुप लियो भने जनप्रतिनिधि लाई मात्रै होइन हाम्रो शासकीय पद्धतिमा नै नकारात्मक बिचार र प्रश्न चिन्ह खडा हुन्छ ।
सामाजिक न्याय र विभेद मुक्त समाज निर्माणको लागि अब कत्ति पनि कसर बाकी राख्नु हुदैन । सबै किसिमका विभेदको अन्त्य र समाबेशी सहभागिताको लागि आवाज बिहिनहरुलाई आवाज बुलन्द गरौ । शिक्षा र सेवासुबिधा मा सबैको पहुँच पुर्याउनु हाम्रो पहिलो प्राथमिकता हो । कुनै पनि बिपन्नहरुले शिक्षा बाट बन्चित हुन नपरोस । स्थानीय स्तरमा यसको अनुसन्धान गरी त्यस्ता बिपन्न बालबालिकाहरुलाई शिक्षा प्रदान गर्न सहयोगी निकायहरुसंग हातेमालो गरौ ।
निमुखाहरुको कानुन अन्धो नहोस । सोझा र निमुखाहरुको कानुनमा समानता रहोस । हामी जातीय कलस्टरमा होइन बर्गिय कलस्टरमा बिश्वास गरौ । बर्गिय उत्थान र बर्गिय सहभागिताको लागि पहल गरौ । जातीय नेता भन्दा बर्गिय नेता बन्ने कोसिस गरौ ।
दिनदिनै बिकराल बनेको बेरोजगारी समस्या हाम्रो प्रमुख शत्रु हो । राजनीतिक बिचार र आस्था को आधारमा हाम्रा कोहि शत्रु छैनन् । हाम्रो शत्रु त गरिबी, बेरोजगारी, अशिक्षा रोग र भोक हुन । यिनिहरुको न्यूनीकरण देखि निर्मुलिकरणको लागि अब हामीले फर्खनु हुदैन । बेरोजगार न्यूनीकरणको लागी स्थानीय रुपमा स्वरोजगार युक्त सीप सिकाइ र “आफ्नो मालिक आफै भन्ने ” अभियान अब किन लागु नगर्ने ? किन अरुको मुख ताक्ने ? अब हामी नै शुरु गरौ ।
नगदेबाली र पशुपालनको निमित्त कृषकहरुलाई अनुदान, सरल र सुलभ ऋण को ब्याबस्था गरौं । १० बर्ष सम्म सुलभ ब्याजदरमा ऋणको ब्याबस्था भयो भने पक्कै केही गरौं भन्ने सोच आउछ । चालु भएका कृषि फार्महरुलाइ अनुदान र प्रबर्द्धन गर्न कुनै कसि बाकी नराखौ । कृषिमा आत्मनिर्भरता अबको हाम्रो संयुक्त क्रान्ति हुनुपर्छ । युरोप र अमेरिकाको समाजबादी क्रान्तिको इतिहास हेर्ने हो भने कृषिमा आत्म रिर्भरताको उपज हो ।
कृषिमा आत्मनिर्भरता बिनाको हाम्रो समृद्धिको नारा तासको घर हो । जो जतिबेला पनि ढाल्न सक्छ । राष्ट्रिय तथ्यांकले पनि यहि पुष्ठि गरेको छ । कृषि प्रधान मुलुकमा वार्षिक खाद्य बस्तुमा आयात असोचनिय छ । मुलुकको वार्षिक ब्यापार घाटा नै हाम्रो बजेट बराबर छ । स्थानीय स्तरबाट नै कृषिमा योगदान राष्ट्रिय आबश्यकत हो । कृषिमा लगानी, उत्पादन र बजारीकरण नै अबको बेरोजगारि समस्याको स्थायी विकल्प हो । यसको अबधारणा अब हामी आफै स्थानीय रुपमा बनाऔ ।
आदरणीय जनप्रतिनिधि ज्युहरु , बिपद ब्याबस्थापन र प्रकोप नियन्त्रण को लागि स्थानीय रुपमा नै सजग र योजना तर्जुमा अर्को महत्त्वपूर्ण विषय छ । बिपदको अबस्थामा कम्युनिटी हलको बैकल्पिक ब्यबस्थापन हामीले गर्न जरुरी छ । युबा र खेलकुद लाई एकै सिक्काको दुइ वटा पाटो मान्नै पर्छ स्थानीय , प्रदेश र निर्बाचन क्षेत्र स्तरमा युबा तरुण युबाहरु लाई खेलकुदमा प्रत्सोहान गर्ने उत्कृष्ट हरुलाई अध्यायनमा सहयोग किन नगर्ने ? स्थानिय स्तरमा कम्तीमा एउटा सुबिधाजन्य खेलकुद मैदानको निर्माण अब किन नगर्ने । रास्ट्रको बहुपहिचान खेलकुदले गर्न सक्छ । अब यसलाई ढिला नगरौ । पहल गरौ ।
आदरणीय जनप्रतिनिधिज्युहरु , महत्त्वपूर्ण कुरा त बजेट बिनियोजितमा छ । भूगोलको हिसाबले र मतदाताको अनुपातमा बजेट बिनियोजित भयो भने तपाईहरु जनप्रतिनिधि हुन सक्नु हुदैन । तपाईहरु भुगोलको नेता हुनुहुन्छ । जनमुखी बजेट दिनु अहिलेको महत्त्वपूर्ण अबसर तपाईंहरुको हातमा छ । जनतालाई जनमुखी बजेट बिनियोजित र पारदर्शी कार्यनयन तपाईंहरुको अग्नि परिक्षा हो । यी सबै विषयको अमुक शुत्र आर्थिक पारदर्शिता र शुसाशन हो ।
स्थानिय स्तरमा संचालन हुने सार्बजनिक सस्थाहरुको मुकाम स्थानीय सरकार हो । सबैभन्दा महत्त्वपूर्ण कुरा उक्त कार्यलयहरुलाई जनताप्रति उत्तरदायित्व बोध गराउदै आर्थिक पारदर्शिता कायम राख्न जनप्रतिनिधिको महत्त्वपूर्ण भुमिका छ । नियमित लेखापरीक्षण र शुन्य बेरुजु तपाईहरुको परिक्षा हो ।
जनताका आबश्यकताहरु असीमित छन । एकै पटकमा कुनै जादुगरले जसरी पुरा गर्न सक्ने अबस्थामा हामी छैनौं । हाम्रो स्रोत र साधन हरु सिमित छ्न ।त्यही सिमिततालाई असिमितमा अन्तरघुलन गर्न जरुरी छ । केही अनुपातमा केही सुरुवात भयो भने हामीले आशाको श्वास फेर्ने अबसर पाउन सक्छौ । यो अबसरबाट हामीलाई बन्चित नगर्नु होला । नमुना बनाउने र समृद्ध बन्ने चाहना आम नागरिकहरु सबैको छ । यो चाहनालाई निमोठ्ने प्रयास नगर्नु होला । आफ्नै समाज नमुना बनाउनु भन्दा पहिले हाम्रा सम्रचना र शासकीय खम्बाहरु नमुना बनाउन जरुरत छ ।
हामी नमुना बन्ने हो भने हाम्रा पाइला हरु पनि नयाँ हुनुपर्छ ।सोच र कर्म सधै सकारात्मक हुनुपर्छ । तपाईहरु मात्रै नमुना होइन हामी र हाम्रो समुदाय , समाज सबै नमुना बनौ । धन्यवाद ।









































