भगिरथ चलाउनेको
पछिल्लो समय एक पछि नेपाली सांगीतिक बजारमा एक पछि अर्को गरि लगातार गीतहरु आइरहेका छन्। यसैक्रममा भगिरथ चलाउनेको “पाउदिन म छोरी” बोलको तीज गीत सार्वजनिक भएको छ। गीतमा माया पिरतीका कुराहरुलाई पर्दा मार्फत गीतको भाब व्यक्त गरेका छन्। केहि समय यता हेर्ने हो भने माया प्रेमका गीत सर्बाधिक चर्चामा रहन सफल भएका छन्।
भगिरथ चलाउनेको शब्द/संगीत रहेको “पाउदिन म छोरी” बोलको तीज गीतको यती बेला व्यापक चर्चा छ। गीतमा सुमधुर आवाजकी धनि सुनिता बुढा छेत्री र भगिरथ चलाउनेको सुमधुर आवाज रहेको छ भने लोमश शर्मा, स्मारिका ढकाल, अर्जुन न्यौपाने र प्रमोद चापागाईं फिचरमा छन्।
लोमश शर्माको निर्देशन मुकेश नेपालीको कोरियोग्राफी अजय रेग्मीको छायांकन र मनोज कार्कीको सम्पादन रहेको छ।
भगिरथ चलाउनेको अफिसियल युटुबमा भिडियो हेर्नुहोस।








































