पछिल्लो समय एक पछि नेपाली सांगीतिक बजारमा एक पछि अर्को गरि लगातार गीतहरु आइरहेका छन्। यसैक्रममा अन्जली अधिकारीको “म हिरोनी झैँ छैन र” बोलको गीत सार्वजनिक भएको छ। गीतमा माया पिरतीका कुराहरुलाई पर्दा मार्फत गीतको भाब व्यक्त गरेका छन्। केहि समय यता हेर्ने हो भने माया प्रेमका गीत सर्बाधिक चर्चामा रहन सफल भएका छन्।
नेत्र अर्यालको शब्द खेम सेन्चुरीको संगीत रहेको “म हिरोनी झैँ छैन र” बोलको गीतको यती बेला व्यापक चर्चा छ। गीतमा सुमधुर आवाजकी धनि अश्मिता अधिकारी र खेम सेन्चुरीको सुमधुर आवाज रहेको छ भने बिमल अधिकारी, अन्जली अधिकारी र करिश्मा ढकाल फिचरमा छन्।
मौसम हिमालीको निर्देशन/कोरियोग्राफी नवराज उप्रेतीको छायांकन र बिकाश ज्ञवालीको सम्पादन रहेको छ।
अन्जली अधिकारीको अफिसियल युटुबमा भिडियो हेर्नुहोस।
Video Link:








































