Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५९:४८ दिउँसो
- ADVERTISEMENT -

सोह्रखुट्टेको उकालो नतानेपछि फिर्ता भए सेरेसका ईभी– सस्तो भनी उपभोक्ता ठगेको आरोप

प्रकाशित मिति: २०८१ असार १६, आइतबार

279
Shares

नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष विष्णु अग्रवालको स्वामित्वमा रहेको मोरङ अटो वर्क्स (एमएडब्ल्यू)ले चीनबाट भित्र्याएको सेरेस मिनी ईभीमा गम्भीर समस्या देखिन थालेको छ ।

गत सालको भदौमा नेपाली बजारमा सार्वजनिक भएको सेरेस कम्पनीको मिनी ईभीमा ब्रेक, रेन्ज, पिकअप र स्टेरिङमा समस्या देखिएपछि कम्पनीले ७ वटा गाडी फिर्ता लिएको छ

सम्पर्कमा आएका २ जना ग्राहकले गाडी किनेको केही दिनमै स्टेरिङ हल्लिन थालेको बताए । राम्रोसँग ब्रेकसमेत नलाग्ने समस्या देखिएको उक्त ईभीले सामान्य उकालो पनि तान्न नसकेको उनीहरूको गुनासो छ ।

‘सोह्रखुट्टेकै उकालो तानेन,’ एक ग्राहकले भने, ‘काठमाडौंमा राम्रोसँग चलाउँला भनेर किनेको गाडी सामान्य खाल्डाखुल्डी र उकालोमै चल्न नसकेपछि त हामी के गर्ने ?’

नाम उल्लेख नगर्ने शर्तमा उनले थपे, ‘कम्पनीका चिनियाँ प्रतिनिधि नै आएर हाम्रो गाडी हेरिरहेका छन् । अहिलेसम्म गाडी शो-रूममै छ । लिन बोलाएका छैनन् । हामीले गाडीभन्दा पनि पैसा रिफन्ड मागिरहेका छौं ।’

कम्पनीले गाडी फिर्ता लिएको विषयलाई बाहिर नल्याउन अनुरोध गरेको उनको भनाइ छ ।

‘बाहिर गयो भने यसले कम्पनीको रेप्युटेसनमा हान्छ, तपाईंलाई नयाँ गाडी अथवा अन्य कुनै विकल्पमा हामी सघाउँछौं भनेका छन्,’ उनले भने ।

गाडीको पैसा रिफन्ड नगरे कानूनी उपचार खोज्ने उनीहरूको भनाइ छ ।

- ADVERTISEMENT -

सम्बंधित समचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -