Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:३४:३६ दिउँसो
- ADVERTISEMENT -

फेसबुकमा अब कमेन्ट पनि एआईले नै लेखिदिने !

प्रकाशित मिति: २०८१ वैशाख ७, शुक्रबार

271
Shares

 फेसबुकमा अब कमेन्ट पनि आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले नै लेखिदिने भएको छ । मेटाले ल्याउन लागेको एआईको नयाँ भर्सनमा यस्तो सुविधा हुनेछ ।

मेटाका मालिक मार्क जुकरबर्गले बिहीबार एक भिडिओ पोस्ट राख्दै ‘मेटा एआई’ को नयाँ भर्सन सबै प्रयाेगकर्ताका लागि चाँडै नै सार्वजनिक हुन लागेको जानकारी दिए । 

जुकरबर्गका अनुसार फेसबुक, मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएपमा एआई इन्टिग्रेट हुनेछ । यी एपकाे सबैभन्दा माथि एआईको अप्सन देखिनेछ । त्यहीँ ट्याप गरेर प्रयोगकर्ताले आफूले चाहेका प्रश्न सोध्न सक्नुका साथै त्यसलाई चाहेअनुसार निःशुल्क प्रयोग गर्न पाउनेछन् ।

उक्त फिचर आएपछि प्रयोगकर्ताले फेसबुकमा राख्ने कमेन्ट पनि एआईबाटै तयार पार्न सक्नेछन् । हुन त अहिले पनि कुनै फोटो वा पोस्ट‍को कमेन्ट सेक्सन हेर्ने हो भने त्यहाँ पहिले नै तयार पारिएका कमेन्टहरू देख्न सकिन्छ । तर, अब भने ती कमेन्ट आफैंले एआईको सहायताले तत्कालै तयार पार्न सकिनेछ । 

यो फिचर पाइसकेका प्रयोगकर्ताका अनुसार कमेन्ट स्पेसमा ‘कमेन्ट विथ एआई’को अप्सन राखिएको छ । त्यही अप्सनमा ट्याप गरेर कमेन्ट लेख्न सकिने बताइएको छ । 

मेटाको एललामा (LLaMA) टु जेनेरेटिभ मोडेलमा आधारित यो टुलले मानव शैलीमै कमेन्ट लेख्न सक्नेछ । विशेषगरी फोटो, पोस्टको अवस्था हेरेर त्यसका लागि कस्तो कमेन्ट आवश्यक पर्छ भन्ने विश्लेषण गर्छ र त्यसैका आधारमा कमेन्ट तयार पार्छ ।

कतिपयले फेसबुकमा निराश हुने किसिमका पोस्ट राखेका हुन्छन् । त्यस्तोमा एआईले प्रेरणादायी कमेन्ट लेख्न सघाउनेछ । 

अहिले यी फिचर घोषणा गरिएको भए पनि सबै प्रयोगकर्ताले कहिले प्रयोग गर्न पाउँछन् भन्ने खुलाइएको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -