Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०२:२९ दिउँसो
- ADVERTISEMENT -

निजगढमा क्षयरोगका नयाँ बिरामी

प्रकाशित मिति: २०८० माघ ७, आइतबार

198
Shares

बारा। बाराको निजगढ नगरपालिकामा क्षयरोगका नयाँ बिरामी पहिचान भएका छन्।

क्षयरोग मुक्त नेपाल घोषणा अभियानअन्तर्गत निजगढ नगरपालिकाको स्वास्थ्य शाखाले गरेको क्षयरोग स्क्रिनिङ क्याम्पमा ४ सय ८७ जनाको परिक्षण गर्दा १८ जनामा क्षयरोग देखा परेको हो।

लामो समयदेखि लगातार खोकी लाग्ने, साँझपख हल्का ज्वरो र पसिना आउने, खानामा अरुची हुने, शरीरको तौल घटने, छाती दुख्ने र सास फेर्न गाहे हुुने तथा खकारमा रगत देखापर्ने जस्ता समस्या देखिएकाहरुको छातीको एक्स्रे सहित स्क्रिनिङ्ग गरेर रोगको निदान र उपचार गर्न बुधवार निजगढ नगरपालिकाको वडा नम्बर २ सिंगौलमा संचालन गरिएको क्याम्पमा २ जना क्षयरोगका नयाँ बिरामी पहिचान भएका थिए।

यस्तै बिहीवार वडा नम्बर ११ को रतनपुरमा १० जना र शुक्रवार वडा नम्बर ७ को योजना टोलमा ६ जना नयाँ बिरामी पहिचान भएको छ । नयाँ पहिचान भएका क्षयरोगका बिरामीहरुको उपचार समेत सुरु गरिएको निजगढ नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

यस्तै क्षयरोग स्क्रिनिङ्ग क्याम्पमा ४० जनामा क्षयरोग शंकास्पद रहेका छन्। उनीहरुमा उच्च शंकास्पद औषधि प्रतिरोधी क्षयरोग हुन सक्ने आशंकाले थप परीक्षणका निम्ती जीन एस्पट परिक्षण गराउन पुनः खकार नमुना संकलन गरिएको छ।

क्षयरोग छ महिना नियमित औषधि सेवन गरे क्षयरोग निको हुन्छ। क्षयरोग पहिचानका लागि कार्यालयले बेला–बेलामा खकार परीक्षण गर्ने गरेको छ। अशिक्षा, अज्ञानता र भौगोलिक कारणले क्षयरोगी उपचारको पहुँचमा आउन नसकेको निजगढ नगरपालिका स्वास्थ्य शाखाका मणिश्वर घिमिरेले बताए।

“क्षयरोगी पहिचान गरी उपचारको पहुँचमा ल्याउनुपर्ने विद्यमान चुनौती छ”, स्वास्थ्य शाखाका घिमिरेले भने, “समाजले हेलाको भावनाले हेर्ने गलत मानसिकताका कारण पनि क्षयरोगी बिरामीहरु रोग लुकाएर बस्न बाध्य छन्।”

सन् २०५० सम्म नेपाल क्षयरोग विहीन बनाउने लक्ष्य छ । यसका लागि क्षयरोगका बिरामी पहिचान गरी उपचार गर्नुपर्ने छ। “उपचारमा नरहेको एक क्षयरोगीले औषतमा दश देखि १५ स्वस्थ्य व्यक्तिलाई रोग सार्न सक्छ”, नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रमेश लामाले भने, “क्षयरोग विहीन नेपाल बनाउनलाई पनि नयाँ क्षयरोगीको पहिचान आवश्यक छ।”

क्षयरोगका शंकास्पद बिरामीहरुको पहिचान गर्न निजगढ नगरपालिकाले विषेशज्ञ सहित स्वास्थ्यकर्मीहरुको टोलीव्दारा तिनदिन उपचार सेवा क्याम्प संचलन गरेको थियो।

नेपालमा ८० हजार क्षयरोगी छन्। वार्षिक पाँच हजारदेखि छ हजार ५०० सम्म क्षयरोगका कारणबाट मृत्यु हुने गरेको छ। ४४ हजार नयाँ बिरामी थपिने गरेकामा ३४ हजार बिरामी उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्ने गरेका छन्। १५ देखि ४९ वर्ष उमेर समूहका व्यक्ति क्षयरोगबाट सङ्क्रमित हुने गरेको तथ्यांक छ ।

- ADVERTISEMENT -

सम्बंधित समचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -