Opens in a new tab
२०८३ मंसिर १, सोमबार
११:०६:३५ बिहान
- ADVERTISEMENT -

सञ्चारमन्त्री खरेलद्वारा अनलाइन टिभीलाई नयाँ मूलधार मिडियाको संज्ञा

प्रकाशित मिति: २०८२ कात्तिक १२, बुधबार

192
Shares

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले अनलाइन टिभीलाई नेपालको नयाँ मूलधार मिडियाको रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाएका छन् ।

बुधबार मन्त्रालयमा अनलाइन टिभी पत्रकारहरूसँग भएको छलफलमा मन्त्री खरेलले अनलाइन टिभीको भूमिका अबको सूचनाको मुख्य माध्यमका रूपमा विस्तार भइरहेको बताए। उनले सरकारले अनलाइन सञ्चारमाध्यमलाई जिम्मेवार, व्यवस्थित र सशक्त बनाउन ठोस कदम चाल्न लागेको जानकारी दिए।

मन्त्री खरेलका अनुसार अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रक्रिया सूचना विभागमार्फत नै हुने व्यवस्था मिलाइएको छ। उनले भने, “अनलाइन टिभीहरू जनताको आवाज बोल्ने मुख्य प्लेटफर्म बनेका छन्। त्यसलाई नियमनसंगै सशक्तिकरण गर्न सरकार प्रतिवद्ध छ।”

उनका अनुसार यससम्बन्धी नियमावली मन्त्रिपरिषद्मा पेस भइसकेको छ र केही दिनभित्र राजपत्रमा प्रकाशित भएपछि अनलाइन मिडियाको दर्ता र नवीकरण औपचारिक रूपमा विभागबाटै सुरु हुनेछ।

छलफलका क्रममा अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले अनलाइन टिभीलाई व्यवस्थित गर्न सूचीकरण, पत्रकार प्रशिक्षण, बीमा र प्रोत्साहनका कार्यक्रम ल्याउन आग्रह गरे। उनले डिजिटल साक्षरता राष्ट्रिय अभियान घोषणा गरेर सामाजिक सञ्जालको दुरुपयोग रोक्ने वातावरण बनाउन पनि माग गरे।

भण्डारीले भने, “अनलाइन टिभी अब केवल मनोरञ्जन होइन, जनचेतना र सूचना प्रसारको नयाँ शक्ति बनेका छन्। त्यसैले नीति र संरचनाबाट यस क्षेत्रलाई सम्बोधन गर्न जरुरी छ।”

मन्त्री खरेलले अध्यक्ष भण्डारीले राखेका सुझावहरु मध्य केही न केही तत्कालै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । उनले नयाँ पुस्ताको सञ्चार शक्तिलाई राज्यको सञ्चार नीतिमा प्राथमिकताका रूपमा अघि बढाउने आश्वासन दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -