Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४२:४४ बिहान
- ADVERTISEMENT -

नेपाल टेलिकमको ‘मनसुन अफर २०८२’ सार्वजनिक, फरक क्षमता भएका व्यक्तिलाई लक्षित प्याकेज सहित

प्रकाशित मिति: २०८२ असार २६, बिहीबार

225
Shares

असार २५ – नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको डिजिटल आवश्यकता र सन्तुष्टिलाई प्राथमिकता दिँदै नयाँ ‘मनसुन अफर २०८२’ सार्वजनिक गरेको छ। असार २६ गतेदेखि लागू हुने यस अफरमार्फत कम्पनीले भ्वाइस, डाटा तथा एसएमएस सेवाहरू समेटिएका आकर्षक प्याकेजहरू ल्याउने घोषणा गरेको हो।

समयसँगै बदलिंदो सञ्चार तथा सूचना प्रविधिको महत्वलाई ध्यानमा राख्दै टेलिकमले आफ्ना सेवा प्रयोगकर्ताहरूलाई सुलभ दरमा सुविधा उपलब्ध गराउने उद्देश्य राखेको छ। ‘ग्राहक सेवामा समर्पित’ भन्ने नारालाई आत्मसात गर्दै कम्पनीले विभिन्न माध्यमबाट प्राप्त सुझाव र प्रतिक्रिया, तथा सेवा प्रयोगशैलीको मूल्याङ्कन गरी यो अफर ल्याएको हो।

यस अफर अन्तर्गत शारीरिक तथा मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिहरूका लागि बोनससहितको विशेष प्याकेज प्रदान गरिनेछ। त्यस्तै, ‘सजिलो अनलिमिटेड ६९९’ र ‘७९९’ प्याकेजहरूमा समेत ३० प्रतिशत छुट दिइनेछ।

ग्राहकहरूले आफ्नो मोबाइलबाट *1415# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपमार्फत विभिन्न प्याकेजहरूबारे जानकारी लिन सक्ने र सोही माध्यमबाट खरिद समेत गर्न सक्ने सुविधा प्राप्त हुने कम्पनीले जनाएको छ। अफरसम्बन्धी थप जानकारीका लागि कम्पनीको वेबसाइट www.ntc.net.np हेर्न सकिनेछ।

नेपाल टेलिकमले समयअनुसार नविनतम सेवाहरू प्रदान गर्दै जाने प्रतिबद्धता समेत दोहोर्याएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -