काठमाडौँको धुम्बाराहीमा रहेको २९ बर्ष पुरानो यस स्कुल कलेजमा यस वर्षको सरस्वती पूजा भव्यताका साथ सम्पन्न गरेको छ। साथै श्री पन्चमीको पावन अवसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम ११ जना ६५ बर्ष माथिका बुवा आमा लाई खादा तथा मायाको चिनो दिएर सम्मान ग्रयो र थप स्कुलले एक कार्यक्रम गरि यो धार्मिक र शैक्षिक अवसरलाई उल्लासमय तरिकाले मनाएको छ। कार्यक्रममा विद्यार्थी, शिक्षक र अभिभावकहरूले विद्याकी देवी सरस्वतीको पूजा गर्दै ज्ञान र शिक्षा प्राप्ति का लागि आशीर्वाद प्राप्त गरे।

यस अवसरमा नयाँ भर्ना भएका बालबालिकाहरूलाई अक्षरारम्भको कार्यक्रममार्फत शैक्षिक यात्रा आरम्भ गरियो। कार्यक्रमले बच्चाहरूमा शिक्षा र संस्कृतिको महत्त्वको बारेमा सकारात्मक सन्देश पुर्याउने कार्य गरेको छ। नयाँ वर्षको शुभारम्भसँगै सरस्वती पूजाले विद्यार्थिहरूको अध्ययनप्रतिको रुचि र उत्साहलाई थप प्रोत्साहित गरेको देखियो।
यस कार्यक्रमले केवल धार्मिक संस्कारलाई मात्र महत्त्व नदिइ विद्यार्थीहरूको शैक्षिक यात्रा र भविष्यका लागि एक नयाँ दिशा प्रदान गरेको स्कुलका संस्थापक गोपाल बहादुर महतले बताउनुभयाे ।

कार्यक्रम उल्लासमय ढंगले सम्पन्न भएको र विद्यालयका विद्यार्थीहरू, शिक्षक र अभिभावकहरूको सहकार्यले यसलाई स्मरणीय बनाएको थियो। सरस्वती पूजाको यस कार्यक्रमले विद्यालयमा एकजुटता र उत्साहको वातावरण सिर्जना गरेको छ। सरस्वती पुजाको अवसरमा स्कुलमा कतिपय बालबालिकाहरुले अक्षराम्भ गरेका छन्। कार्यक्रममा स्वागत मन्तव्य स्कुल इन्चार्ज सुदर्शन थपलियाले गर्नु भो ।
कार्यक्रममा अथिती कलाकार प्रथम कमेडी चम्पियन बिजेता हिमेश पन्तको विशेष प्रस्तुति दिनु भयो । साथै अन्तर सधानामक नित्य प्रतियोगिता सम्पन्न भयो र कक्षा गत बिद्यार्थीहरुको विभिन्न प्रस्तुति रहेको थियो । सोही दिन अभिभावकको पनि प्रस्तुति रहेको उक्त कार्यक्रममा करिब पाँच सय भन्दा बडीको उपस्तिथि थियोे ।
२० गते सर्सवती पुजाको पुर्ब सन्ध्यामा स्कुलका शिक्षक बिद्यार्थीको सक्रियतामा धुम्बाराही चोक देखि बिशालनगर चोक सम्मको मुल सडकमा बिर्हत सरसफाई कार्यक्रम पनि सप्पन्न गरेको थियोे । यो महीना भरी कुनै पनि कक्षामा नाम दर्ता नि शुल्क रहेको सम्पुर्णमा जनाकारी महत सरले जनाउनु भयो ।









































