अमेरिकामा केही साताअघिदेखि हराइरहेकी नेपाली नर्स ममता काफ्लेको हत्या अभियोगमा उनका श्रीमान पक्राउ परेका छन् ।
हत्या अभियोगमा उनका श्रीमान नरेश भट्टलाई अमेरिकाको भर्जिनिया राज्य प्रहरीले गिरफ्तार गरेको हो । घरमा रातभर खानतलासी गरेपछि बिहान नरेशलाई प्रहरीले पक्राउ गरेको अमेरिकास्थित नेपालीभाषी सञ्चार माध्यमहरूले जनाएका छन् ।
उनले नै ममताको हत्या गरेको निष्कर्ष निकाल्दै प्रहरीले नियन्त्रणमा लिएको हो
भर्जिनियाबाट बेपत्ता ममताको अवस्था अहिलेसम्म पनि अज्ञात नै छ । प्रहरीले भने उनका श्रीमान नरेशले नै हत्या गरेर शव लुकाएको अभियोगमा पक्राउ गरेको समाचारमा उल्लेख छ ।
नरेशलाई उनलाई शुक्रबार अदालतमा पेश गर्ने तयारी छ ।
ममताकी एक वर्षीया छोरी पनि छिन । उनलाई डिपार्टमेन्ट अफ सोसल सर्भिसको हेरचाहमा राखिएको छ ।
साउन १६ मा सम्पर्कबिहीन भएकी पत्नीको बारेमा पाँचदिनपछि मात्रै उनले रिर्पाेट गरेका थिए । नरेशले अनुसन्धानमा पनि नसघाएको प्रहरीलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।









































