Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५१:१९ दिउँसो
- ADVERTISEMENT -

सांसद मण्डल र केसीको अभिव्यक्तिप्रति शिक्षामन्त्री सुमना श्रेष्ठको आपत्ति

प्रकाशित मिति: २०८१ जेठ ३१, बिहीबार

367
Shares

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सांसद राजेन्द्र केसी र योगेन्द्र मण्डलले बुधबार संसदको रोस्टमबाटै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन्।

नेपाली कांग्रेसका सांसद केसी र स्वतन्त्र सांसद मण्डलले बुधबार रोस्टमबाटै स्त्रीद्वेषी अभिव्यक्ति दिएका थिए।

‘सांसदज्यूहरुका अभिव्यक्तिको भने अब के गर्ने? रेकर्डमै राखेर भावी पुस्तालाई नेपालको इतिहासमा कुन तहसम्म ओर्लिएर स्त्रीद्वेषी हुन सक्छ भन्ने दस्तावेज बनाउने र पदले मात्र कोही माननीय बन्दैन भन्ने उदाहरण दिने वा रेकर्डबाट हटाएर हाम्रो ‘सभ्य’ सदनको ढोँगलाई निरन्तरता दिने,’ उनले प्रश्न सोध्दै भनेकी छिन्।

मन्त्री श्रेष्ठले आफूलाई चित्त नबुझेको कुरा भन्दै गर्दा सम्पूर्ण महिलालाई नै असक्षम र संकिर्ण सोच भएको हुन् भन्ने कुतार्किक अभिव्यक्ति पेश गरेको बताएकी छिन्।

‘हिजो सांसद राजेन्द्र केसीले सदनमा सम्बोधन गर्दा एउटा वाक्यांश प्रयोग गर्नु भएछ– सम्भवतः पुरुष मन्त्री भएको भए यो अवस्था आउँथेन होला। तपाईंले आफ्नो क्षेत्रमात्रै हेर्नुभएको छ,’ मन्त्री श्रेष्ठले भनेकी छन्, ‘आफूलाई चित्त नबुझेको कुरा भन्दै गर्दा सांसद केसीले सम्पूर्ण महिलालाई नै असक्षम र संकिर्ण सोच भएको हुने भन्ने कुतार्किक अभिव्यक्ति दिनुभएको छ।’

अर्का सांसद योगेन्द्र मण्डलले वैवाहिक बलात्कार जस्तो जघन्य अपराधका बारे बोल्दै गर्दा नारीलाई कसैको ‘रहर पूरा गर्ने साधन’को रुपमा चित्रण गरेको मन्त्री श्रेष्ठको ठहर छ। 

समाजका संवेदनशील विषयमा अगुवा भनिएकाबाटै हुने यस्ता गैरजिम्मेवार र हल्का टिप्पणीले समाजलाई कुन दिशामा लैजान्छ भनेर विचार गर्न जरुरी भएको उनले बताएकी छन्। 

‘उहाँहरूको टिप्पणीले मलाई स्तब्ध बनाएको छ। उहाँहरूको कुतर्कप्रति मेरो घोर आपत्ति छ,’ उनले भनेकी छन्, ‘समाजको चेतनास्तर यो अवस्थामा हुनुको केही दोष देशको शिक्षा प्रणालीलाई पनि जान्छ। शिक्षित हुनुको अर्थ कक्षा उत्तीर्ण हुनु, गुणनका तालिका कण्ठ गर्नु र प्रमाणपत्र पाउनु मात्र होइन। शिक्षित हुनुको अर्थ जान्नु पनि हो। सामाजको विविधता र पहिचानको विविधतालाई सम्मान गर्न जान्नु, के बोल्नुहुन्न र कस्तो मान्छे बन्नुहुन्न भनेर जान्नु पनि हो । असल मानिस र जिम्मेवार नागरिक हुनु हो शिक्षित हुनु भनेको।’ 

हिजोका ती अभिव्यक्ति नजान्नुको परिणाम भएको उनले बताएकी छन्। सम्मानित सदनमा सांसद सामुन्ने भएको बजेट छलफलमा निर्धक्कका साथ राख्नु भएको स्त्रीद्वेषी टिप्पणीबाट कुनै पनि व्यक्तिलाई उचित ज्ञान दिनका लागि सम्पूर्ण समाज नै लाग्नुपर्ने पुष्टि भएको उनले बताएकी छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -