Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५६:३५ दिउँसो
- ADVERTISEMENT -

विद्यार्थीको अराजकता निर्देशकको कुर्सी रुखमा

प्रकाशित मिति: २०८१ जेठ ३०, बुधबार

275
Shares

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस मोरङ विराटनगर विशेष शैक्षिक कार्यव्रmम अन्तर्गत व्यवस्थापन सङ्काय निर्देशक डा. मोहन सुवेदीको कुर्सी विद्यार्थीले रुखमा झुन्ड्याएका छन् । 

पुस्तक तथा पिउने पानीको प्रबन्ध मिलाउन नसकेको आरोपमा सुवेदीको कुर्सी मङ्गलबार रुखमा झुन्ड्याइएको हो । सुवेदी कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्कीको आर्थिक सल्लाहकारमा नियुक्त हुनुभएको छ ।

मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त हुनु अगावै निमित्त निर्देशक डा. शिवचन्द्र चौधरीलाई दिइसक्नुभएका सुवेदीको कार्यकक्षमा केही दिनअगाडि नै तालाबन्दी गरिएको थियो । तालाबन्दी गरिएका कारण निर्देशकको नेमप्लेट यथावत् थियो । 

विद्यार्थीले मङ्गलबार कार्यकक्षको ताला खोलेर नेमप्लेटसहित कुर्सी रुखमा झुन्ड्याएको घटना प्राज्ञिक मर्यादाविपरीत भएको क्याम्पस प्रमुख डा. रामवतार शरणले बताउनुभयो । क्याम्पस प्राज्ञिक केन्द्र भएकाले टिठलाग्दा घटना हुनु दुःखद भएको प्रमुख शरणको भनाइ छ । 

क्याम्पसको विशेष शैक्षिक कार्यव्रmम अन्तर्गत व्यवस्थापन सङ्कायको निर्देशक सुवेदी अहिले कार्यरत हुनुहुन्न तर पनि विद्यार्थीले राजनीतिक पूर्वाग्रह राखेर यस्तो काम गरेको आशङ्का गरिएको छ । सुवेदीले यसमा विद्यार्थी मात्रै नभई प्राज्ञिक वर्गको समेत उक्साहट भएको हुन सक्ने आशङ्का गर्नुभयो । उहाँले राजीनामा दिएर आइसकेको व्यक्तिको कुर्सी रुखमा झुन्ड्याउँदा स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीको स्तर मापन हुने बताउनुभयो । 

पुस्तक, पिउने पानीलगायत क्याम्पसमा आवश्यक पर्ने व्यवस्थापन मिलाउन नसकेको आरोप लगाउँदै निर्देशकको कुर्सी रुखमा झुन्ड्याइरहँदा काठमाडौँमा क्याम्पस प्रमुखले पुस्तक ‘लोड’ गरिसकेको बताउनुभयो । क्याम्पस प्रमुख शरणले भन्नुभयो, “उहाँ मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त भएपछि निमित्त दिइसक्नुभएको थियो । निमित्त दिइसकेपछि यस्तो कार्यले प्राज्ञिक थलोको मर्यादा त गिराउँछ । म काठमाडौँमा आएर विद्यार्थीको माग अनुसार पुस्तकको व्यवस्थापन गरेर लोड गरिसकेको छु, उहाँ (सुवेदी) कै पालामा पहल भएको हो । नियमिततर्फका पढाइ गत २३ गतेदेखि बन्द छन् । विशेष शैक्षिक कार्यव्रmम र आन्तरिकतर्फका कार्य सञ्चालनमा रहेका छन् ।” 

अनावश्यक विवादमा पार्ने गरी कुर्सी रुखमा झुन्ड्याएर विद्यार्थीले आफ्नै स्तर कमजोर बनाएको घटनामा विद्यार्थी विभाजित देखिएका छन् । आइतबार मात्रै मोरङ क्याम्पसका विद्यार्थीले प्रदेश योजना आयोग उपाध्यक्षको गाडीमा आगजनी गरेका थिए । त्यही दिन पाञ्चालीस्थित होटल कञ्चनजङ्घाबाहिर पार्किङमा राखिएका विद्युत् प्राधिकरणका पाँच वटा गाडी तोडफोड गरिदिएका थिए ।  क्याम्पस प्रमुख शरणले क्याम्पसमा नराम्रोसँग राजनीति जकडिएकाले यस्तो समस्या बारम्बार दोहोरिने गरेको बताउनुभयो । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -