दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले फोल्ड तथा फ्लिप फोन अर्थात् स्मार्ट औँठी लञ्च गर्ने भएको छ ।
कम्पनीले यसको आधिकारिक मिति भने घोषणा गरिसकेको छैन, तथापि यससँग सम्बन्धित विभिन्न खुलासा युक्त समाचारहरू अन्तर्राष्ट्रिय मिडियाहरूमा आइरहेका छन् ।
रिपोर्टहरूलाई आधार मान्ने हो भने कम्पनीले जुलाईको सुरुवातमा फोल्डबेल फोन लञ्च गर्ने छ । यो औँठी प्लेटिनम चाँदी, सिरेमिक कालो, र सुन रंगमा बन्ने छ ।
पछिल्लो पटक सामसुङको उक्त विशेष सार्वजनिक करण समारोह Samsung Galaxy Unpacked Event सँग सम्बन्धित केही नयाँ विवरणहरू सार्वजनिक भएका छन् । जस अनुसार जुलाइमा कम्पनीले Galaxy Z Fold 6 तथा Galaxy Z Flip 6 सँगै Galaxy Ring नामबाट स्मार्ट औँठी सार्वजनिक गर्दैछ
- ADVERTISEMENT -
यस स्मार्ट औँठीको मूल्य ३०० देखि ३५० डलरसम्म पर्नेछ । यसको सिधा प्रतिस्पर्धा फिनिस कम्पनी औराको Oura Ring सँग हुनेछ ।
औराको स्मार्ट औँठीको मूल्य २९९ डलरदेखि ५४९ डलरसम्म रहेको छ । भने यो औँठीको मासिक सब्सक्रिप्सन शुल्क वार्षिक ७१.८८ डलर छ ।
यसमा स्वास्थ्य तथा तन्दुरुस्ती ट्रयाकिङ फिचर हुने बताइएको छ । यद्यपि सामसुङको ग्यालेक्सी रिंगको बारेमा विस्तृत विवरण भने आइसकेको छैन ।
यो औँठीमा Spo2, मुटुको गति, निद्रालगायतका फिचर्स हुनेछन् साथै यसमा ब्लुटुथ ५.४ कनेक्टिभिटी हुनेछ।
समाचार श्रोत : अन्तर्राष्ट्रिय मिडियाको सहयोगमा