- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

काठमाडौंको कपनबाट पेस्तोलसहित १ जना पक्राउ

May 17, 2024
202
Shares
- ADVERTISEMENT -

बूढानिलकण्ठ नगरपालिका–११ कपन पैंयुटारबाट पेस्तोलसहित एक जना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ घर भई पैंयुटार बस्दै आएका २३ वर्षीय अर्जुन दर्नाल छन् । शुक्रबार उनकै डेराबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

उनको कोठाबाट बरामद भएको हतियार घरेलु कटुवा पेस्तोल रहेको खुलेको छ । पक्राउ परेका दर्नालविरुद्ध हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com