सर्वाेच्चद्वारा वर्ल्डलिंकले हालेका आठवटै रिट खारेज, सरकारलाई २ अर्ब कर तिर्नुपर्ने कर छलीकाे आराेप सम्बन्धमा इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकका आठवटै रिट सर्वाेच्च अदालतले खारेज गरेकाे छ । याेसँगै वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानुनी प्रयास असफल भएको छ ।
राज्यलाई २ अर्बभन्दा धेरै कर नतिर्नका लागि वर्ल्डलिंकले आठवटा रिट दायर गरेकाे थियाे ।
आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र डा. नहकुल सुवेदीको संयुक्त इजलासले वल्र्डलिंकको मागदाबी अस्वीकार गर्दै रिट खारेज गरिदिएको हो ।









































