Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०६:३९ बिहान
- ADVERTISEMENT -

नेपालको अर्थ राजनीतिको वास्तविकता: युवराज

प्रकाशित मिति: २०८० वैशाख ३१, आइतबार

902
Shares

काठमाडौं ,बैसाख ३१: राजनीतिक विश्लेषक तथा विकास अध्ययनका अध्यता युवराज बस्ताकोटीले आफ्नो फेसवुक स्टाटस मार्फत नेपालको अन्तर्राष्ट्रिय कनेक्टिङ यथार्थता र नेपाली माइण्ड सेटका बारेमा लामो स्टाटस लेख्दै, राष्ट्र निर्माणका लागि विचार पुर्याउन पर्ने यथार्थता आफ्नो शैलीमा प्रकट गरेका छन्। उनी लेख्छन्,” नेपालको दुर्भाग्य हो,हामीले उच्च ठानेका मानिसहरु हाम्रो राष्ट्रको सुचना विदेशीलाई सप्रेम बेचिरहेका हुन्छन्। 

हामी विश्व व्यापार संगठन ( WTO) को सदस्य हौं,यसले खुला बजार अर्थतन्त्रलाई रोक्न सक्दैन ।

हामी ILO 169 को पक्षधर राष्ट्रको रुपमा हस्ताक्षर गरेका छौं, प्राकृतिक स्रोत माथि स्थानीय आदिवासीको हकलाई सुरक्षित गर्न पर्छ पर्छ।

हामी संयुक्त राष्ट्र संघको सदस्य मात्रै छैनौं ,यसका प्रत्यक घोषणा ( declaration) आँखा बन्द गरेर हस्ताक्षर गरेका छौं, हामी त्यहाँ भन्दा बाहिर जान सक्दैनौं ।

मिलेनियम डेभलपमेन्ट गोल ( MDG) २००१-२०१५ को जसरी समर्थन गर्यौं। यद्यपि त्यसको कार्यान्वयनमा हामीले रिभ्यु गरेनौं ,समय वित्यो।

यून ( UN) को अर्को दिगो विकास लक्ष्य ( SDGs: 2016-2030) मा हामीले प्रतिबद्धता जनाएर हाम्रा प्रत्यक विकास नीति , पञ्च वर्षिय वा छोटा योजना र सर्भेहरुमा यसका १७ बुँदा उल्लेख गर्न छुटाउदैनौं।  EIA/IEE गरेर नै उद्योग ,धन्दा, पुर्वाधार लगायतका काम गर्छौं , यद्यपि यी कागजमा सिमित हुन्। 

अर्कोतर्फ हामी रिंग र‍ोडका रुख ध्वस्त काटेर उजाड बनाउन, विना मापदण्ड देशैभरि स्थानीय वा प्रदेश तह ( जसलाई SDGs कुन चराको नाम हो थाहा ह‍ोस् वा नहोस् ) मार्फत  वालुवा , माटो , ढुङ्गा ,नदिका सामाग्री ठेक्कामा लगाउन छाडेका पनि छैनौं । टोले,पालिका स्तरीय वा जिल्ला स्तरीय छोटे डनका हातमा प्राकृतिक स्रोत सुम्पेकै छौं।

हाम्र‍ो देशको पहलमा सन १९८५ मा गठन भई क्षेत्रीय मित्रता कायम गर्दै आएको सार्क ( SAARC) झण्डै १ दशक देखि गुमनाम छ ,त्यसलाई उठाउने वा खारेज गर्ने पहल गर्न हामीले हैसियत देखाउन सकेका पनि छैनौं ।

हामीले उद्योग , इन्धन वा कुनै पनि विष्फोटक पदार्थको उच्च प्रयोग गरेर कार्वन उत्सर्जन गरेका छैनौं । हामीले  झण्डै ३७.५% जमिन जंगल अझै  राखेका छौं , पानीको मात्रा राम्रो छ र अौधोगिक र आणविक देशले गरेका कार्वन उत्सर्जनको  नकारात्मक प्रभावका लागि अल्प विकसित देशले पाउने भनेर घोषणा गरिएको क्षतिपूर्ति रकम पनि दावि गर्ने हैसियत हाम्रा नेताले बनाउन सक्दैनन् ।

फलाना देश र अन्तर्राष्ट्रिय संस्था वा व्यक्तिको नाम भजाएर शक्ति अभ्यास गर्ने ज‍‍ो कोहि गैह्र नेपाली वा नेपालीलाई सिंह दरवारमा पहुँच रहन्छन् तर देशका कुनाबाट चप्पल वा खालि खुट्टा , फाटेका टोपी , झुत्रो दौरा लगाएर आएका नेपालीलाई ,त्यो सिंह दरवार पहुँचमा आउन सकेन।

विदेशी विश्वविद्यालयका एक डिग्रीले बढे बढे नियुक्ति पाउँछन्, त्रिभुवन विविको स्तरीय नतिजाले निवेदन दिने अवसर पाउन मुस्किल बनाईन्छ,यद्यपि यहाँ पढाउने नाममा करोडौं लिन पनि छाडिदैन। कुलपति बनेर गाउन लगाएर फोटो सेसन गराउन पनि छाडिदैन।

जनताका लागि हाम्रा कर्मचारी नियम कानुनका पत्र पल्टाउछन्, विचौलिया दलालका लागि जुस ,कफि सहित सशुल्क सेवा प्रवाह गरि दिन्छन् ।

मत दिने  जनतालाई नमस्कार नफर्काउने नेता कमिसन र घुसका ऐजेण्डसँग २४ घण्टा सम्पर्कमा रहन्छन्।

टाठा बाठाका घर घर मा काम गर्न जाने सुरक्षा निकाय , सर्वसाधारणका अगाडि बुड बजारेर वा आँखा तरेर तर्साउछन्।

एक चीन नीतिमा हामी छौं,भनेर आश्वस्त पार्ने कोसिस त गर्छौं ,फेरि डाँडा डाँडामा चर्च,गुम्वा,विहार कसरी ,किन,कहाँ ? सोच्दैनौं।

सेता सर्टहरु अँग्रेजी लवजमा नेपाली विश्वविद्यालयका उत्पादन माथि किन आक्रमण भईरहेका छन्,हामी बुझ्ने प्रयास पनि गर्दैनौं ।

देशभर २५० भन्दा बढि INGO ले नेपाली सरकार चलाईरहेका छन् कि नेपाल सरकारले तिनिहरुलाई चलाईरहेका छन्,हामीले बुझ्ने क्षमता कति राख्छौं ?

प्रश्नमा सिमित छ।

हामी नेपालीले खोजेको के हो ? साँस्कृतिक संरक्षण कि साँस्कृतिक बिघटन ? राष्ट्रिय एकता कि राष्ट्रिय बैचारिक बिभाजन ?? देशको सार्वभौमिकता कि कोलोनाईजेसन ?? हामीले बुझेर बोल्छौं वा बोल्नका लागि बोल्छौं?

 भ्रष्टाचारको बिरोध एकातिर गर्छौं ,अर्कोतिर हामी टोल टोलमा पैसा ( hook & crook ) खोज्छौं? 

परिवर्तन खोज्छौं वा दिवालियापन ?

हामी न्याय,संस्कृति र राष्ट्रिय पहिचानको संरक्षण सहितको सकारात्मक न्यायिक परिवर्तन खोजिरहेका छौं  कि ईगो (  Ego) साँधेर देखाउन चाहन्छौं ?

छिमेकी भारतसँग हामीले चाहेर नचाहेर छोरी वेटीको सम्बन्ध छ, बुझ्ने कोसिस गर्दैनौं । हामीलाई असजिलो भएको छ भने छिमेकी मित्रको हैसियतमा कुरा गर्न सक्दैनौं ,जनतामा एकआपसमा नकारात्मक सोच्ने बनाई दिन्छौं ,सरकारमा बस्नेले मित्रतामा बिश्वास जगाउन कुटनैतिक सफलता पाउन सक्दैनन् ।

विश्व शक्ति बन्दै गएको अमेरिकासँग खुलेर यो यो मात्रै सहयोग लिन्छौं ,तिमी यति सहयोग गर, यस्तो सम्बन्ध राखौं, भन्न सक्दैनौं , जनतालाई विभाजित पार्ने कमजोर कुटनैतिक देखाएर छताछुल्ल बनाउँछौं। उसको चासोलाई हामी नेपालको असंलग्न नीतिमा रहेर नै सम्बोधन गर्न हामी सक्षम छौं,भनेर विश्वास दिलाउन सक्दैनौं । हामी विश्वका प्रत्येक शक्तिशाली राष्ट्र सरह कुटनैतिक मर्यादामा रहेर प्रत्येक देशको सार्वभौमिकताको सम्मान हाम्रो कारणले घट्न दिंदैनौं, भनेर आफ्नो स्तरीय छवि बनाउन खोज्दनौं।

समस्या कोसँग छ ? समस्या के हो ? कारण के हुन् ? समाधान के हो ???

हामीले बुझ्ने प्रयास गरिरहेका छौं कि धेरै बुझेर अगाडि बढि सकेका छौं?”

- ADVERTISEMENT -

सम्बंधित समचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -