- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

‘निर्वाचनमा सबै सधैँ सँगै’

February 19, 2022
434
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, शनिबार, ७ फागुन २०७८ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण मतदातालाई शुभकामना दिदैँ आगामी स्थानीय तह निर्वाचनमा स्वतः स्फूर्त सक्रिय एवं उत्साहजनक रूपमा सहभागी हुन आह्वान गर्नुभएको छ ।

स्थानीय तहको निर्वाचन तीव्र तयारीकै बीचमा यसपटक निर्वाचन दिवस’ मनाइँदैछ । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते शुक्रबारका दिन एकै चरणमा हुने गरी घोषणा भइसकेको छ । विसं २०७३ देखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो ।

आयोगसँग निर्वाचन व्यवस्थापनका साढे छ दशकभन्दा लामो सफल प्रेरणादायी अनुभव र गौरवमय इतिहास छ । मुलुकको स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, जनतामा नीहित सार्वभौमसत्ता, बालिग मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको संवैधानिक जिम्मेवारी आयोगले प्राप्त गरेको छ ।

आयोगले निष्पक्षता, स्वतन्त्रता, व्यावसायिकता र विश्वसनियता प्रत्याभूतिसहित निर्वाचन व्यवस्थापन गर्दै आएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, जनतामा निहित सार्वभौमसत्ता आवधिक निर्वाचन, बालिग मताधिकार र जनताको प्रतिस्पर्धात्म बहुदलीय शासन प्रणालीको जगमा निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी आयोगले कुशलतापूर्वक सम्पादन गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

नेपालमा संविधान जारी भएपछि विसं २०७४ मा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका सदस्यको निर्वाचन तथा यसपछि सम्पन्न भएका उपनिर्वाचन र राष्ट्रिय सदस्य निर्वाचनबान देशभर करिब ४१ हजार ७०० जनप्रनिधिति शासकीय प्रणालीमा सहभागी हुन सफल भएका छन् । निर्वाचन प्रतिनिधि छान्ने प्रकृया मात्र नभई जनतालाई शक्तिशाली बनाउने लोकतन्त्रको मेरुदण्ड पनि हो ।

प्रमुख निर्वाचन आयुक्त, दिनेशकुमार थपलियाले दिनु भएको शुभकामना सन्देश

छैठौं निर्वाचन दिवस, २०७८
शुभकामना मन्तब्य

वि.सं. २०१५ साल फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई वालिग नेपालीहरुले आप्mनो मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको रुपमा स्मरण गर्दै “निर्वाचनमा सबै सँधै सँगै” भन्ने मूलनाराका साथ हामी छैठौं निर्वाचन दिवस २०७८ उल्लासमय वातावरणमा मनाउन गई रहेका छौं । निर्वाचन दिवसको यस गौरवमय र पावन अवसरमा म आयोगलाई अगाडि बढ्न निरन्तर सहयोग, योगदान र प्रेरणा प्रदान गर्नुहुने अग्रजहरुको सम्मान एवम् प्रशंसा गर्दै सम्पूर्ण नेपाली मतदाताहरुलाई हार्दिक शुभकामना दिन चाहन्छु । साथै, आगामी २०७९ वैशाख ३० गते शुक्रवारका दिन एकै चरणमा सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आम मतदाताहरुको स्वतःस्पूmर्त, सक्रिय एवम् उत्साहजनक सहभागिताको निम्ति हार्दिक आव्हान गर्दछु ।

आजको विन्दुबाट पछाडि फर्केर हेर्दा निर्वाचन आयोगसँग निर्वाचन व्यवस्थापनको साढे छ दशक लामो सफल र प्रेरणादायी अनुभव एवम् गौरवमय इतिहास छ । स्थापनाकालदेखि नै निष्पक्षता, स्वतन्त्रता, व्यावसायिकता र विश्वसनीयताको प्रत्याभूति सहित निर्वाचन व्यवस्थापनको दायित्व निर्वाह गर्दै आएकोे आयोगले संघीय लोकतान्त्रिक गणतन्त्र, जनतामा निहित सार्वभौमसत्ता, आवधिक निर्वाचन, वालिग मताधिकार र जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीको जगमा निर्वाचनको संचालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्दै आएको कुरा विदितै छ ।

नेपालको संविधान जारी भएपछि वि.सं. २०७४ सालमा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्यको निर्वाचन तथा यसपछि सम्पन्न उपनिर्वाचन र राष्ट्रियसभा सदस्यको निर्वाचनबाट देशभर करिब ४१ हजार ७ सय जनप्रतिनिधि शासकीय प्रणालीमा सहभागी हुन पाउनु यसको ज्वलन्त उदाहरण हो । यसबाट संघीयताको प्रत्यक्ष कार्यान्वयन प्रारम्भ भई संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने तथा विधिको शासन सुदृढ बनाउने अवसर प्राप्त भएको तथा नेपालमा शान्ति, स्थीरता, समृद्धि र सुशासनको जग मजबुद हुन पुगेको हामीले महसुस गरेका छौं ।

निर्वाचन वालिग मताधिकारका आधारमा प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई जनतालाई शक्तिशाली बनाउने लोकतन्त्रको मेरुदण्ड पनि भएकोले यसलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार र सिद्धान्तबाट निर्देशित एवम् परिचालित हुने वातावरण बनाइनु पर्दछ । यसका निम्ति खर्चिलो र भड्किलो बन्दै गएको निर्वाचन खर्चलाई नैतिकता र इमान्दारिताको अभ्यास, स्वनियन्त्रण पद्धतिको अनुसरण र सामाजिक सचेतनाको प्रयासबाट निस्तेज गर्ने विषयमा साझा संकल्प र इमान्दार प्रयत्न आवश्यक पर्दछ । आगामी निर्वाचनमा हाम्रा सबै प्रयासहरु यसैतर्फ केन्द्रित गरी स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनको हाम्रो संकल्प पूरा होस् भन्ने हाम्रो दृढ धारणा रहेको छ ।

सम्वत् २०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुको पदावधि नेपालको संविधानको धारा २१५ को उपधारा (६), धारा २१६ को उपधारा (६), धारा २२० को उपधारा (५) तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ र दफा ५५ बमोजिम २०७९ जेठ ५ मा समाप्त हुने भएकोले सो अगावै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु नेपाल सरकार तथा निर्वाचन आयोगको संवैधानिक एवम् कानूनी दायित्व भएको हुँदा आयोगको परामर्शमा सम्वत् २०७९ वैशाख ३० गते शुक्रवारका दिन स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्नेगरी नेपाल सरकारबाट निर्वाचन मिति तोकिएको छ ।

निर्वाचनलाई व्यवस्थित ढंगले सम्पन्न गर्न आयोगले मौजुदा नीतिगत, कानूनी र संस्थागत व्यवस्थाको उपयोग गर्दै आवश्यक तयारीका कार्यहरु प्रभावकारी ढंगले सम्पादन गर्दै आइरहेको छ । यसै सिलसिलामा आयोगबाट मतदाता नामावली अद्यावधिक, निर्वाचन सम्बन्धी योजना, कार्यविधि, निर्देशिका र मापदण्डहरुको तयारी, निर्वाचन सामग्री तथा वित्तीय व्यवस्थापनको कार्य र मतदाता शिक्षा एवम् प्रचार प्रसार कार्य योजना आदि तयार गरिनुका साथै मतदाताको सहभागिता र सहज पहुँचको निम्ति स्वीकृत मापदण्ड अनुसार पायक पर्ने सुरक्षित, व्यवस्थित र न्यूनतम पूर्वाधारयुक्त मतदानस्थलहरु निर्धारण भै सकेका छन् ।

गुणस्तरीय, त्रुटिरहित एवम् अद्यावधिक मतदाता नामावली निर्वाचनको पूर्व शर्त भएकोले निर्वाचनमा कोही पनि छुट्नु हुँदैन भन्ने मान्यताका साथ मतदाता नामावली संकलन विशेष कार्यक्रम सम्पन्न गर्नुका साथै जो जहाँ छ त्यहीबाट मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने व्यवस्था गरी जिल्ला बाहिरका मतदाता दर्तालाई निरन्तरता दिइएको छ । नेपालको संविधानले व्यवस्था गरे अनुसार १८ वर्ष उमेर पूरा गरेका वालिग नेपाली नागरिकहरुको मताधिकार सुनिश्चत गर्न मतदाता नामावली सम्बन्धी ऐन बमोजिम नाम संकलन तथा दर्ता भई निर्वाचनको अघिल्लो दिन २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा गरेका सबै मतदातालाई मतदानको अधिकार प्रदान गरिएको छ । निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पूरा हुने वालिग मतदाताले निर्वाचनमा मत दिन पाउने ऋगत या म्बतभ सम्बन्धी नयाँ व्यवस्था र मतदाता नामावली दर्ता तथा संकलन कार्यमा भएको सहजताका कारण २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्तिम मतदाता नामावलीमा कायम भएका १,४०,७२,४२४ मतदाता भन्दा आगामी निर्वाचनमा करिब १ करोड ७९ लाख मतदाता कायम भई थप करिब ३८ लाख मतदाताले मताधिकार प्रयोग गर्न पाउने अवस्था सृजना भएको छ ।

निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनको सिलसिलामा गर्नुपर्ने सुधारका क्षेत्र पहिल्याई मौजुदा निर्वाचन कानूनहरुमा संशोधन गरी एकीकृत निर्वाचन कानूनको तर्जुमा गर्ने कार्य समेत अगाडि बढाइएको छ । निर्वाचनमा विद्युतीय मेशीनको प्रयोग गर्ने विषय र राजनीतिक दलहरुको दर्ता अभिलेख र नियमनमा पद्धतिगत सुधार गर्ने कार्यहरुको प्रारम्भ भइसकेको छ । निर्वाचनमा आचार संहिताको व्यवहारिक र भरपर्दो अनुगमन प्रणालीको संस्थागत प्रवन्ध मिलाइएको छ । लोकतन्त्रको सबलता, आम नागरिकको सहभागिताबाट मापन हुन्छ र निर्वाचनको सफलता निर्वाचन शिक्षाको व्यापकताले निर्धारण गर्दछ भन्ने कुरालाई हृदयङ्गम गरी आयोगले विभिन्न नीतिगत व्यवस्था गरेको हुँदा सोको कार्यान्वयमा “निर्वाचन आयोगको नेतृत्व सबै सरोकारवालाको दायित्व” भन्ने मूल मन्त्रलाई आत्मसात गरी निर्वाचनमा सहभागिता जनाई दिनुहुन सम्पूर्ण सरोकारवालाहरुमा म हार्दिक आग्रह गर्दछु ।

निर्वाचन प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आपूmले रोजेको जनप्रतिनिधि मार्फत् शासन संचालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने हुँदा आगामी २०७९ वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा सम्पूर्ण मतदाता तथा आम संचार माध्यम लगायत सम्वद्ध सरोकारवालाहरुको सहयोग र सहभागिताका लागि अनुरोध गर्दै छैठौं निर्वाचन दिवस, २०७८ सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष र परोक्षरुपमा हौसला र प्रेरणा प्रदान गर्नु हुने सबै प्रति आभार प्रकट गर्दछु ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com