अर्घाखाँची, १८ पुस ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा दुर्गाफाटको आमसभालाई सम्बोधन गर्न हेलीकप्टर मार्फत जाने तयारी भएको कांग्रेस अर्घाखाँचीका नेता डा इन्द्रमणि पौडेलले बताए ।
कांग्रेस केन्द्रीय कार्यसमितीको बैठक पुस १९ गते दिउँसो २ बजे बस्ने भएसँगै अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका दुर्गाफाटमा हुने आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न हेलीकप्टर मार्फत ११ बजे दुर्गाफाट पुग्ने कार्यक्रम तय भएको छ ।
आमसभालाई सम्बोधन गर्न कांग्रेस नेताहरु पुष्पा भुसाल, सञ्जय गौतम, गोविन्दराज पोख्रेल लगाएतका नेताहरु दुर्गाफाट जाने कार्यक्रम तय भएको काँग्रेस पाणिनीका सभापति तुल्सिराम पौडेलले बताए ।
- ADVERTISEMENT -
कार्यक्रममा करिब ८ हजार मानिसको जनसहभागिता हुने आयोजकले जनाएको छ ।