Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
४:१३:२२ बिहान
- ADVERTISEMENT -

अबको अजयबाबुको राजनीतिक यात्रा

प्रकाशित मिति: २०७८ पुस ५, सोमबार

634
Shares

काठमाडौं, सोमबार, ५ पौष २०७८ । नेपाली कांग्रेसका युवा नेता अजयबाबु शिवाकोटी १४ औं महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनी पहिलो पाइलामै सफलता हासिल गर्न सफल भएका हुन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका महासचिव शिवाकोटी पहिलो पटकको उम्मेदवारीमै केन्द्रीय सदस्यजस्तो गरिमामय पदमा निर्वाचित हुन सफल भएका हुन् ।

यो जित उनको मात्र नभएर प्रेस युनियनको पनि हो । किनकि उनले अब नीतिगत रुपमै प्रेसको महत्व पार्टीलाई बुझाउन सक्नेछन् र प्रेस स्वतन्त्रताका लागि थप सशक्त भूमिका खेल्न सक्नेछन् । उनले कांग्रेसको राजनीतिमा हात हाल्नुपूर्व पूर्णरुपले सम्हालेको पेशा पत्रकारिता हो । पत्रकारिता क्षेत्रमा चर्चित र सनसनीपूर्ण अनुहारमा उनी पर्छन् ।

उनले गरेका रिपोर्टिङबाट समाजमा ब्याप्त विकृति र विसंगति रोक्न गरेको प्रयास अतुलनीय छ। ठूलाठालुले गरेका गल्ती ढाकछोप गर्ने तीतो यथार्थ समाजमा ब्याप्त भइरहँदा उनले गरेको रिपोर्टिङबाट तत्कालीन सभामुख कृष्णबहादुर महराको पद गुमेको थियो । त्यस्तै एमालेका नेता गोकुल बास्कोटा संचार मन्त्री रहेका बेलामा शिवाकोटीले ७० करोड भ्रष्टाचारको काण्ड सार्वजनिक गरेपछि बास्कोटाले पनि पद छाड्नु परेको थियो ।

उनी चुनौतीपूर्ण पत्रकारिता निडरपूर्वक गर्ने पत्रकारमा पर्छन् । उनै शिवाकोटी हाम्राकुरा डटकमका संस्थापक प्रधानसम्पादक हुन् । उनी पूर्णकालीन राजनीतिमा आएपछि पत्रकारिताको रिपोर्टिङबाट विश्राम लिने बताइसकेका छन् । हुन पनि पत्रकारले राजनीति गर्नुहुन्न भन्नेमा उनी सचेत छन् ।

त्यसैले पनि राजनीतिक कार्यकर्ता भइसकेपछि उनी पत्रकारिताको रिपोर्टिङमा देखिने छैनन् । उनी दोलखा जिल्लाबाट महाधिवेशन प्रतिनिधि भएर १४ औं महाधिवेशनमा सहभागी भएका थिए । उनले पत्रकारिताको रिपोर्टिङ्गबाट विश्राम लिए पनि नीतिगत रुपमा भने झन् सशक्त भएर लाग्ने प्रेरणा मिलेको छ ।

किनकि उनीसँग भएको क्षमता भनेकै पत्रकारिता हो र पत्रकारिताकै माध्यमबाट उनी कांग्रेसको नीतिनिर्माण तहमा पुगेका छन् । उनी प्रेस स्वतन्त्रताका लागि सडकमा धेरै पटक लडे । पक्राउ परे । प्रेस स्वतन्त्रता र कलमको महत्व उनले अब थप सशक्त भएर पार्टीभित्र फैलाउनु पर्नेछ ।

उनले मतदानको दिन गत मंसिर २७ गते महाधिवेशन प्रतिनिधिहरुलाई आफ्नो पत्रकारिताको सबैभन्दा सशक्त कलम उपहारका रुपमा दिँदै कलमको सही उपयोग गर्न आग्रह गरेका थिए ।

जसरी कलम पत्रकारको हतियार हो त्यसरी नै कलमले निष्पक्ष र निडर भएर मतदान गर्न पनि उर्जा दिने उनको जिकिर थियो । शिवाकोटीले मतदातासँग कलमको तागत सम्झाउँदै मत दिएर माया गर्न आग्रह गरेका थिए ।

नभन्दै मतदाताको माया उनले पाएका छन् । अब उनले पाएको मायालाई शक्तिमा बदलेर युवा सोचलाई पार्टी रुपान्तरणमा लगाउनु पर्नेछ । त्यसो त जित लगत्तै धन्यवाद सन्देश जारी गर्दै उनले भनेका छन्, ‘परिवर्तित समयाकुकूल परिवर्तनका लागि नेपाली कांग्रेसले लिएको रूपान्तरणको लक्ष्य पूरा गर्न तपाईले दिनुभएको अमूल्य मतप्रति हार्दिक आभार प्रकट गर्दछु । अग्रजहरूको सम्मान, नयाँ पुस्तालाई प्रोत्साहनसहित कांग्रेसलाई अझ सुदृढ, गतिशील र समावेशी बनाउन तत्पर रहने छु ।’

दुई दशक बढी समय सक्रिय पत्रकारितामा बिताएका उनी २०६२–०६३ को जनआन्दोलनका क्रममा आन्दोलनको दृश्य सबैभन्दा पहिले कैद गर्न पुग्ने पत्रकारका रुपमा चिनिन्थे । त्यतिमात्र हैन लोकतन्त्रका लागि र प्रेस स्वतन्त्रताका लागि घन्किने नाराहरुमा उनको स्वर चर्को बनेर दरबारसम्म पुग्न खोज्थ्यो ।

तिनै सशक्त आवाजका धनी शिवाकोटी पछिल्लो समय कृष्णबहादुर महरा र गोकुल बाँस्कोटाको विषयको समाचार ब्रेक गरेपछि चर्चामा रहँदै आएका छन् । जुनसुकै माध्यमबाट भए पनि देश विकासका लागि समाजसेवामा अग्रसर भइरहने प्रण गरेका शिवाकोटीले पत्रकारिताको सक्रिय जीवनबाट अलग भएर राजनीतिमा होमिए पनि आफू संचार उद्यमीका रुपमा भने रहिरहने बताएका छन् । हाम्रा कुराको साथमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.98
150.58
EUR
European Euro
1
165.11
165.77
GBP
UK Pound Sterling
1
197.78
198.57
CHF
Swiss Franc
1
178.47
179.19
AUD
Australian Dollar
1
101.27
101.68
CAD
Canadian Dollar
1
104.99
105.41
SGD
Singapore Dollar
1
116.34
116.81
JPY
Japanese Yen
10
9.40
9.44
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
39.96
40.12
QAR
Qatari Riyal
1
41.15
41.31
THB
Thai Baht
1
4.42
4.44
AED
UAE Dirham
1
40.84
41.00
MYR
Malaysian Ringgit
1
36.63
36.77
KRW
South Korean Won
100
11.24
11.28
SEK
Swedish Kroner
1
14.88
14.94
DKK
Danish Kroner
1
22.09
22.17
HKD
Hong Kong Dollar
1
19.12
19.19
KWD
Kuwaity Dinar
1
485.69
487.63
BHD
Bahrain Dinar
1
397.61
399.20
OMR
Omani Rial
1
389.54
391.10
- ADVERTISEMENT -