Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४६:५० बिहान
- ADVERTISEMENT -

तीन जिल्लाको सङ्गमस्थलमा टेलिकमको सेवा

प्रकाशित मिति: २०७८ कात्तिक २२, सोमबार

493
Shares

काठमाडौं, सोमबार, २२ सोमबार २०७८ । बागलुङ, पूर्वी रुकुम र रोल्पाको सङ्गमस्थल तिलाचन धुरीमा नेपाल टेलिकमले सेवा विस्तार गरेको छ । पातीहाल्नेसमेत भनेर चिनिने त्यस उच्च पहाडी भेगमा टेलिकमको मोबाइल र इन्टरनेट सेवा पुगेको हो । यहाँको निसीखोला गाउँपालिका–६ मा २५ मिटर अग्लो बिटियस टावर निर्माण गरी सेवा सञ्चालनमा ल्याइएको टेलिकम बागलुङ कार्यालयका प्रमुख एवं वरिष्ठ इञ्जिनीयर केशव शर्माले जानकारी दिनुभयो ।

टेलिकमले सेवा विस्तार गरेसँगै त्यस क्षेत्रका सर्वसाधारणले मोबाइल र उच्च गतिको फोरजी इन्टरनेट प्रयोग गर्न पाएका छन् । यसअघि त्यहाँ कुनै पनि दूरसञ्चार सेवा पुग्न सकेको थिएन । मध्यपहाडी पुष्पलाल लोकमार्ग भएर पातीहाल्ने हुँदै बागलुङ–रुकुम आउजाउ गर्ने यात्रुसमेत सञ्चारबाट वञ्चित हुनुपर्ने स्थिति रहेको थियो ।

लोकमार्गले छिचोलेपछि तिलाचन धुरी र त्यस आसपासमा बढ्दो पर्यटकीय गतिविधि तथा यात्रुको सुविधालाई हेरेर सेवा विस्तार गरिएको प्रमुख शर्माले बताउनु भयो । त्यहाँ बस्ती भने कम छ । तल्लो भेगका किसान मौसमी रुपमा पशुचौपाया लिएर तिलाचन लेक जाने गर्छन् । पहिले पहिले तीनै जिल्लाका गोठालाको बसोबास क्षेत्रका रुपमा पनि त्यो ठाउँलाई चिनिन्थ्यो ।

“मुख्य गरी राजमार्ग र पर्यटकीय क्षेत्रलाई लक्षित गरी तिलाचन धुरीमा टेलिकमको सेवा विस्तार गरिएको हो, त्यसबाट स्थानीयवासीलाई पनि लाभ मिलेको छ”, प्रमुख शर्माले भन्नुभयो । उहाँले जिल्लाका कुनाकाप्चासम्म टेलिकमको गुणस्तरीय सेवा पुर्याउने अभियानमा आफूहरु लागिपरेको बताउनु भयो ।

पहिलो पटक टेलिकमको सेवा पुगेपछि तिलाचन धुरीको नजिक बसोबास गरिरहेका तीनै जिल्लाका सर्वसाधारण खुसी भएका छन् । भौगोलिक विकटता भए पनि सञ्चार सुविधाले गाउँलेको दैनिकी सहज बनेको छ । लोकमार्गदेखि खच्चरमा उपकरण र सामग्री बोकाएर टेलिकमले तीन हजार ४०० मिटर उचाइको धुरीमा टावरको संरचना खडा गरेको थियो । अहिले दिइएको सेवालाई थप गुणस्तरीय बनाउन पछि उपकरण र प्रविधि थपिने टेलिकमले जनाएको छ ।

विद्युत् सेवा नपुगेकाले सौर्य ऊर्जामार्फत टावर सञ्चालनमा ल्याइएको छ । मोबाइल र इन्टरनेट सुविधाले पर्यटकलाई थप आकर्षित गर्न सकिने पातीहाल्नेका होटल व्यवसायी किस्मत मगरले बताउनु भयो । उहाँले पछिल्लो समय त्यस ठाउँमा घुमफिर, वनभोजलगायत मनोरञ्जनका लागि आउनेको सङ्ख्या बढ्दो छ ।

त्यहाँ रहेका रिगा र तिलाचन तालले पनि पर्यटकीय आकर्षण थपेको छ । मनोरम भू–बनोट, गाउँले जनजीवन, प्राकृतिक सुन्दरता र संस्कृतिले पर्यटकलाई लोभ्याउने गरेको छ । लोकमार्ग कालोपत्र भएपछि पर्यटकको आउजाउसमेत सहज बनेको छ । बागलुङ सदरमुकामदेखि १४२ कि मि मा पातीहाल्ने पर्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -