- ADVERTISEMENT -

हिमाली जिल्ला सोलुखुम्बुमा अप्टिकल फाइबर

October 29, 2021
538
Shares
- ADVERTISEMENT -

सोलुखुम्बु, १२ कात्तिक २०७८ । हिमाली जिल्ला सोलुखुम्बुमा अप्टिकल फाइबर जोडेको छ ।

जिल्लामै पहिलो पटक अप्टिकल फाइबर लिंक जोडिएपछि यहाँ सेवाको गुणस्तर बढेको टेलिकमले जनाएको छ । समुद्री सतहबाट ३ हजार मिटर उचाइमा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर स्टेशनमा बिहीबार १० जीबीपीएस क्षमताको फाइबर लिंक जोडिएको हो ।

- ADVERTISEMENT -

Advertisement

रेडियो लिंकको सीमित क्षमताले गर्दा विगत लामो समयदेखि यहाँ टेलिकमको सेवा गुणस्तरीय हुन सकेको थिएन । नयाँ अप्टिकल फाइबर लिंक सञ्चालनमा अप्रत्यासित समस्या भएमा रेडियो लिंकलाई तुरुन्तै प्रयोग गर्न सकिने भएकाले सेवा नियमित हुने टेलिकमले जनाएको छ ।

पत्ताले रिपिटरलाई फाइबरबाट लिंक गरिसकेपछि सगरमाथा आधार शिविर, खुम्जुङ, नाम्चे, लुक्ला, सल्लेरी, फाप्लु लगायत उच्च हिमाली क्षेत्र र सोलुखुम्बु जिल्लाको सम्पूर्ण टेलिफोन, इन्टरनेट तथा फोरजी सेवाहरुको गुणस्तर बढ्ने टेलिकमको दावी छ । यो लिंकबाट ओखलढुंगा तथा खोटाङ जिल्लाका टावरहरुको मोबाइल ट्राफिक आदान प्रदान गर्न सहज हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -